back
skip this gaugauma singhadarbar

सामाजिक सुरक्षा कोषको विरुद्धमा नबिल बैंकमा पनि सुरु भयो आन्दोलन

काठमाडौँ । सामाजिक सुरक्षा कोष विरुद्धमा नविल बैंकका कर्मचारीहरुपनि आन्दोलनमा आएका छन् । कोष विरुद्ध एक पछि अर्काे गर्दै बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु आन्दोलनमा आउने क्रममा नविल बैंकका कर्मचारी पनि आन्दोलनमा होमिएका हुन् ।

सरकारले निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाहरुलाई जबर्जस्ती कोषमा आबद्व गराउन लागेपछि विरोधमा विभिन्न कार्यक्रमको आयोजना गर्दै आन्दोलन गरेका हुन् ।

मंगलबार माछापुच्छ्रे बैंकका कर्मचारीहरुले कोषको विरुद्धमा आन्दोलन सुरु गरेसँगै बुधबार नबिल बैंकका कर्मचारीले पनि हातेमालो गर्दै कोष विरुद्ध आन्दोलन सुरु गरेका हुन् । विरोधको श्रृंखला एकपछि अर्को बैंकमा क्रमिक सुरु भएको छ ।

बुधबार नबिल बैंकका कर्मचारीहरु आफ्नो मागहरू पूरा नगरिकन अनिवार्य रुपमा सामाजिक सुरक्षा कोष कार्यान्वयनमा ल्याउन खोजिएको भन्दै आन्दोलनमा उत्रिएका हुन् ।

बुधबार बिहानै कार्यालय परिसरमा बैंकका सबै कर्मचारीहरु भेला भएर कोष कार्यान्वयनको क्रममा आफ्ना मागहरु पूरा गराउनका लागि नबिल बैंकका कर्मचारीहरुले विरोध कार्यक्रमहरु आयोजना गरेका हुन् ।

सरकारले घोषणा गरेको सामाजिक सुरक्षा कोषमा सहभागि हुँदा खाइपाई आएको रकम घट्ने भन्दै अधिकांश बैंकका कर्मचारीले विरोध गरेका छन् ।

दोहोरो कर, सरकारी कर्मचारी र निजी क्षेत्रका कर्मचारीबीच असमान व्यवहार र नीति, कोषमा जम्मा भएको रकम प्राप्त गर्न ६० वर्षको उमेर पुग्नुपर्ने, र श्रीमान र श्रीमती दुबैजना जागिरे भएको अवस्थामा एउटाले मात्र उपदान वा पेन्सन पाउने लगायतका व्यवस्थाहरुको विरोध गर्दै उनीहरु एकताबद्ध भई आन्दोलनमा उत्रिएका हुन् ।

सरकारले असार मसान्तभित्र सबै बैंक तथा वित्तीय संस्थाहरुलाई अनिवार्य कोषमा सूचीकृत हुन पत्राचार गरेपछि कोषमा आबद्ध हुने व्यवस्था ऐच्छिक बनाउनुपर्ने लगायतका १५ बुँदा माग राखेर यसअघि नै २९ बैंक तथा वित्तीय संस्थाका कर्मचारी संगठनहरुले कोषको विरुद्धमा उत्रने चेतावनी दिएका थिए ।

नेपाल राष्ट्र बैंक र सरकार नियन्त्रित नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका कर्मचारीलाई सरकारले तोके बमोजिम हुने व्यवस्थाका कारण ती बैंकका कर्मचारी युनियनले हालसम्म कोषको विरोध गरेका छैनन् ।

२०७८ असार १६ गते प्रकाशित

gaugauma singhadarbar

सेयर धितोमा डेढ खर्ब कर्जा प्रवाह, लगानीकर्ताले कुन बैंक तथा वित्त कम्पनीबाट कति लिए ऋण ?(लिस्टसहित)

सेयर धितोमा डेढ खर्ब कर्जा प्रवाह, लगानीकर्ताले कुन बैंक तथा वित्त कम्पनीबाट कति लिए ऋण ?(लिस्टसहित)

वि.सं.२०८२ मंसिर २७ शनिवार १८:०७

काठमाडौं । सेयर धितोमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने...

बैंकहरुको मुद्दती निक्षेपमा ६ अर्ब ६० करोड लगानी गर्दै राष्ट्र बैंक

बैंकहरुको मुद्दती निक्षेपमा ६ अर्ब ६० करोड लगानी गर्दै राष्ट्र बैंक

वि.सं.२०८२ मंसिर २६ शुक्रवार १३:३३

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दती निक्षेपमा ६ अर्ब...

अर्थमन्त्री खनालसँग अध्यक्ष श्रेष्ठले गरे ‘एनआरएन डेभलपमेन्ट फन्ड’ सञ्चालनबारे छलफल

अर्थमन्त्री खनालसँग अध्यक्ष श्रेष्ठले गरे ‘एनआरएन डेभलपमेन्ट फन्ड’ सञ्चालनबारे छलफल

वि.सं.२०८२ मंसिर २६ शुक्रवार ०९:४७

काठमाडौं । गैरआवासीय नेपाली संघका अध्यक्ष महेशकुमार श्रेष्ठले अर्थमन्त्री रामेश्वर...

राष्ट्र बैंकद्वारा एआई मार्गदर्शन जारी, पुस १५ गतेभित्र सुझाव पेश गर्न आग्रह

राष्ट्र बैंकद्वारा एआई मार्गदर्शन जारी, पुस १५ गतेभित्र सुझाव पेश गर्न आग्रह

वि.सं.२०८२ मंसिर २२ सोमवार १०:२७

काठमाडौं । नेपाल राष्ट्र बैंकले कृत्रिम बौद्धिकता ‘आर्टिफिसियल इन्टेलिजेन्स गाइडलाइन्स’...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको ठहर : धमाधम तानिदै विशिष्ट व्यक्तिहरु

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको ठहर : धमाधम तानिदै विशिष्ट व्यक्तिहरु

वि.सं.२०८२ मंसिर २१ आइतवार १६:५३

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा...

सरकारले निजी क्षेत्रलाई सँगै नलगे अर्थतन्त्रले गति समात्दैन: अध्यक्ष ढकाल

सरकारले निजी क्षेत्रलाई सँगै नलगे अर्थतन्त्रले गति समात्दैन: अध्यक्ष ढकाल

वि.सं.२०८२ मंसिर २१ आइतवार ११:४०

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले...