back

कर्णालीमा सुन अभाव, १६ करोडको कारोबार रोकियो

काठमाडौँ । कर्णालीमा सुनको अभाव हुँदै गएको छ । राज्यबाटै हुने सुनको असमान वितरणका कारण कर्णालीमा सुन अभाव हुँदै गएको हो । प्रदेशमा मागअनुसारको सुन आपूर्ति गर्न नसकिएको सुनचाँदी व्यवसायी सङ्घ कर्णाली प्रदेशले बताएको छ ।

यो बन्दाबन्दीको समयमा यहाँका सुनचाँदी व्यवसायी झनै ठूलो मर्कामा परेको सङ्घका कर्णाली प्रदेश अध्यक्ष जनक सुनारले जानकारी दिए । “दुई महिनाको बन्दले एकातिर व्यवसाय पूर्णरूपमा बन्द छ भने अर्कोतिर नेपाल राष्ट्र बैंकबाट उपलब्ध हुने सुन समानुपातिक ढङ्गले वितरण हुँदैन”, उनले भने, “यसले गर्दा यो दुई महिनको अवधिमा रु १६ करोडको कारोबार हुन सकेन ।”

अध्यक्ष सुनारका अनुसार नेपाल राष्ट्र बैंकले नेपाल सुनचाँदी व्यवसायी महासङ्घलाई दैनिक २० केजी सुन उपलब्ध गराउँदै आएकामा रत्न आभूषण तथा पत्थर व्यवसायी महासङ्घलाई ४० प्रतिशत र सुनचाँदी व्यवसायी महासङ्घलाई ६० प्रतिशत छुट्याउने गरिएको छ र सुनचाँदी व्यवसायी महासङ्घले सुनचाँदी वितरण कार्यविधि, २०६८ का आधारमा त्यो ६० प्रतिशतलाई १०० प्रतिशत मानेर ६० प्रतिशत उपत्यका र ४० प्रतिशत बाहिर जिल्लामा पठाउँछ ।

चालिस प्रतिशत सुन उपत्यकाबाहिरका महासङ्घ आबद्ध ४०–४५ जिल्लाका व्यवसायी सङ्घलाई पठाउँदा मागअनुसारको पूर्ति हुन नसकेको अध्यक्ष सुनारले बताउए। उनले भने, “कर्णालीमा करिब १० केजी सुन आवश्यक पर्दछ, तर मासिक एकदेखि तीन केजी सुन आउने गरेको छ । यसले सुन वितरण प्रणालीमा विभेदीकरण बढ्दै गएको छ । यो अवस्था हटाउन सातै प्रदेशस्थित सङ्घका अध्यक्षहरुले स्थायी लेखा नम्बर ९प्यान० का आधारमा सुन वितरण माग राख्दै आएका छौँ ।”

सरकारले महासङ्घलाई दैनिक ४०÷५० केजी सुन उपलब्ध गराउनुपर्नेमा जोड दिनुपर्ने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “हामीले लुटिने, मारिने असुरक्षाका बीचबाट अहिलेसम्म काठमाडौँ पुगेर सुन ल्याउनुपर्ने बाध्यता छ तर अब नेपाल राष्ट्र बैंकको कार्यालय कर्णालीमा स्थापना भइसकेकाले यहीँबाट सुन वितरणको व्यवस्थापन मिलाउन आग्रह गर्दछौँ ।”

सुन व्यवसायीलाई रु ५० लाख घाटा

कर्णालीका सुनचाँदी व्यवसायीलाई यो दुई महिनाको अवधिमा रु ५० लाख बराबरको घाटा भएको छ । निषेधाज्ञालेभने । “कर्णाली प्रदेशभरिमा ६०० सुन व्यवसायी छन् । एक जना व्यवसायीसँग दुई÷तीन कालिगडले काम गर्छन् । ती सबैको व्यवसाय बन्द हुँदा यो दुई महिनाको अन्तरालमा करिब एक हजार ५०० कालिगडको जागिर खोसिएको छ भने सुन व्यवसायीले पनि लाखौँको घाटा बेहोर्नुपरेको छ”, उनले भने । काँचो सुन नहुँदा धेरै कालिगड बेरोजगार रहेको उनको भनाइ छ ।

उहाँले कर्णालीमा मासिक १० केजी सुन आउन सके करिब चार हजारलाई रोजगार दिन सकिने दाबी गरे। यद्यपि पहुँचका आधारमा सुन वितरण हुने परम्पराले कर्णालीमा सुन अभाव हुँदै गएकाले तत्काल सबै व्यवसायीलाई प्यानका आधारमा सुन वितरण गर्न सङ्घ, कर्णाली प्रदेशले सरकारसँग माग गरेको छ ।

२०७८ असार १५ गते प्रकाशित

nactional life
Corporatebazar 11 Anniversary

पूर्वाधार आयोजनाहरूको कार्यान्वयनमा गम्भीर समस्या देखिएको छ : सदस्य सचिव पन्थ

पूर्वाधार आयोजनाहरूको कार्यान्वयनमा गम्भीर समस्या देखिएको छ : सदस्य सचिव पन्थ

वि.सं.२०८३ वैशाख १५ मंगलवार १५:१२

काठमाडौं । राष्ट्रिय योजना आयोगका सदस्य सचिव रविलाल पन्थले पूर्वाधार...

विशेष विश्लेषण: नीतिगत भ्रष्टाचार र आसेपासे पुँजीवादको जालोमा अर्थतन्त्र, संरचनात्मक सुधारको विकल्प छैन

विशेष विश्लेषण: नीतिगत भ्रष्टाचार र आसेपासे पुँजीवादको जालोमा अर्थतन्त्र, संरचनात्मक सुधारको विकल्प छैन

वि.सं.२०८३ वैशाख १५ मंगलवार १४:५७

काठमाडौँ । मुलुकको अर्थतन्त्र केवल बाह्य दबाबले मात्र होइन, भित्रैदेखि...

आर्थिक वर्ष २०८२/८३ मा नेपालको अर्थतन्त्र ६६ खर्ब पुग्ने अनुमान, आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने

आर्थिक वर्ष २०८२/८३ मा नेपालको अर्थतन्त्र ६६ खर्ब पुग्ने अनुमान, आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने

वि.सं.२०८३ वैशाख १५ मंगलवार १३:४२

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक अनुमानअनुसार आर्थिक...

बजेट कार्यान्वयनमा गम्भीर चुनौती : ऋणात्मक सञ्चित कोष र बढ्दो बेरुजुले अर्थतन्त्र संकटोन्मुख

बजेट कार्यान्वयनमा गम्भीर चुनौती : ऋणात्मक सञ्चित कोष र बढ्दो बेरुजुले अर्थतन्त्र संकटोन्मुख

वि.सं.२०८३ वैशाख १५ मंगलवार १०:२९

काठमाडौं । नेपाल सरकारको बजेट विनियोजन यथार्थपरक हुन नसक्दा र...

लगानी बोर्डको एकल बिन्दु सेवा केन्द्र: लगानीकर्ताका लागि खुसीको खबर!

लगानी बोर्डको एकल बिन्दु सेवा केन्द्र: लगानीकर्ताका लागि खुसीको खबर!

वि.सं.२०८३ वैशाख १४ सोमवार १८:२५

काठमाडौं । लगानी बोर्ड नेपालले एकल बिन्दु सेवा केन्द्र सञ्चालनमा...

‘रेमिट्यान्सको टेको र ऊर्जाको आशा’ : डा. वाग्लेको श्वेतपत्रले देखाएको अर्थतन्त्रको ऐना

‘रेमिट्यान्सको टेको र ऊर्जाको आशा’ : डा. वाग्लेको श्वेतपत्रले देखाएको अर्थतन्त्रको ऐना

वि.सं.२०८३ वैशाख १४ सोमवार १८:१२

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८२/८३ को आर्थिक समीक्षा र...