back

नेपाल रेडक्रसलाई अक्सिजन कन्सन्ट्रेटर सहयोग

काठमाडौँ । रेडक्रस तथा रेडक्रिसेण्ट सोसाइटीहरुको अन्तरराष्ट्रिय महासङ्घले नेपाल रेडक्रस सोसाइटीलाई एकसय ‘अक्सिजन कन्सन्ट्रेटर र स्पेयर पार्टस’ सहयोग गरेको छ । महासङ्घको एसिया प्यासेफिक कार्यालय क्वालालाम्पुरका पहलमा ती स्वास्थ्य सामग्री प्राप्त भएको जनाइएको छ । महासङ्घका नेपाल प्रमुख अजमत उल्लाले सोसाइटीका अध्यक्ष डा नेत्र तिम्सिनालाई ती सामग्री हस्तन्तरण गरेका हुन्।

महासङ्घका नेपाल प्रमुख उल्लाले व्यक्तिगत सुरक्षा सामाग्री लगायत कोभिड–१९ प्रतिकार्यका लागि अन्य सहयोग निरन्तर रहने जानकारी दिदै महामारीको रोकथाम तथा प्रतिकार्यका लागि नेरेसोका स्वयंसेवक तथा कर्मचारीले महत्वपूर्ण काम गरिरहेको जानकारी दिए ।

सोसाइटीका अध्यक्ष डा नेत्रप्रसाद तिम्सिनाले कोरोना सङ्क्रमण दर बढी भएका ग्रामीण तथा पहाडी क्षेत्रमा हस्तान्तरित सामग्री प्रदान गरिने बताए । महामन्त्री पिताम्बर अर्यालले महामारीका समयमा अक्सिजन कै अभावमा कोभिडका बिरामीले ज्यान गुमाउनु पर्ने अवस्थाको कमी गर्न साझेदार निकायको सहयोग ज्यादै नै प्रशंसनीय रहेको छ बताए । उनले विपद पूर्वतयारी र पुनर्लाभको क्षेत्रमा नेपाल रेडक्रसले प्रभावकारी सेवा पु¥याउँदै आएको र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका समन्वयमा अक्सिजन प्लान्ट नभएका अस्पतालमा कन्सन्ट्रेटर र स्पेयर पार्टस वितरण गरिने जानकारी दिए ।

सोसाइटीका कार्यकारी निर्देशक उमेशप्रसाद ढकालले देशको सबैभन्दा ठूलो मानवीय सञ्जाल भएको संस्था नेपाल रेडक्रसले कोभिड महामारीको शुरुआती अवस्थादेखि नै आफ्ना स्वयंसेवक तथा कर्मचारीका सहयोगमा रोकथाम तथा प्रतिकार्य सञ्चालनगर्दै आएको बताए । सो अक्सिजन कन्सन्ट्रेट दश लिटरका रहेका जनाइएको छ । यसले अक्सिन प्लाण्ट नभएका अस्पतालमा कोरोनाका बिरामीलाई उपचार गर्न सहयोग गर्ने बताइएको छ ।

२०७८ असार १० गते प्रकाशित

nactional life
Corporatebazar 11 Anniversary

१४ जिल्लामा राहदानी घर घरमै वितरण, सवारी लाइसेन्स पनि घरमै पुर्याइने

१४ जिल्लामा राहदानी घर घरमै वितरण, सवारी लाइसेन्स पनि घरमै पुर्याइने

वि.सं.२०८३ वैशाख १५ मंगलवार १९:४७

काठमाडौं । सरकारले सुरु गरेको घरदैलोमै राहदानी वितरण सेवा हालसम्म...

नेपाललाई नै ‘ग्लोबल एजुकेसन हब’ बनाऔँ : मन्त्री शिशिर खनाल

नेपाललाई नै ‘ग्लोबल एजुकेसन हब’ बनाऔँ : मन्त्री शिशिर खनाल

वि.सं.२०८३ वैशाख १५ मंगलवार १५:१८

काठमाडौं । परराष्ट्र मन्त्री शिशिर खनालले विद्यार्थी विदेश पलायनलाई ‘ब्रेन...

पूर्वाधार आयोजनाहरूको कार्यान्वयनमा गम्भीर समस्या देखिएको छ : सदस्य सचिव पन्थ

पूर्वाधार आयोजनाहरूको कार्यान्वयनमा गम्भीर समस्या देखिएको छ : सदस्य सचिव पन्थ

वि.सं.२०८३ वैशाख १५ मंगलवार १५:१२

काठमाडौं । राष्ट्रिय योजना आयोगका सदस्य सचिव रविलाल पन्थले पूर्वाधार...

विशेष विश्लेषण: नीतिगत भ्रष्टाचार र आसेपासे पुँजीवादको जालोमा अर्थतन्त्र, संरचनात्मक सुधारको विकल्प छैन

विशेष विश्लेषण: नीतिगत भ्रष्टाचार र आसेपासे पुँजीवादको जालोमा अर्थतन्त्र, संरचनात्मक सुधारको विकल्प छैन

वि.सं.२०८३ वैशाख १५ मंगलवार १४:५७

काठमाडौँ । मुलुकको अर्थतन्त्र केवल बाह्य दबाबले मात्र होइन, भित्रैदेखि...

आर्थिक वर्ष २०८२/८३ मा नेपालको अर्थतन्त्र ६६ खर्ब पुग्ने अनुमान, आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने

आर्थिक वर्ष २०८२/८३ मा नेपालको अर्थतन्त्र ६६ खर्ब पुग्ने अनुमान, आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने

वि.सं.२०८३ वैशाख १५ मंगलवार १३:४२

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक अनुमानअनुसार आर्थिक...

लाटोकोसेरो संरक्षणका लागि दाङमा पहिलोपटक उत्सव, अवैध व्यापार रोक्न जनचेतना अभियान

लाटोकोसेरो संरक्षणका लागि दाङमा पहिलोपटक उत्सव, अवैध व्यापार रोक्न जनचेतना अभियान

वि.सं.२०८३ वैशाख १५ मंगलवार १०:४३

काठमाडौं । सङ्कटापन्न अवस्थामा पुग्दै गएको लाटोकोसेरो संरक्षण गर्ने उद्देश्यले...