अरुण भ्याली हाइड्रोपावरको लिलामी सेयर बाँडफाँड

वि.सं.२०८१ जेठ २ बुधवार

काठमाडौं । अरुण भ्याली हाइड्रोपावरको लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड भएको छ । कम्पनीले सर्वसाधारण समूहको १९ लाख ९२ हजार ६५७ कित्ता सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको थियो ।
सोही लिलामी सेयर जेठ २ गते बाँडफाँड गरिएको हो । जसमा न्यूनतम १४३ रुपैयाँ ५० पैसा (कट आफ प्राइस) कबोल गरेर बोलपत्र पेश गर्ने आवेदकले सेयर पाएका छन् ।
यसअघि कम्पनीले गत फागुन १७ देखि चैत ७ गतेसम्म शतप्रतिशत हकप्रद बिक्री खुला गरेको थियो ।
कम्पनीले लिलामी सेयर भर्दा बाँडफाँटमा नपरेको रकम भोली बिहीबार आर्थत जेठ ३ गतेबाट फिर्ता दिन सुरु गर्ने जानकारी दिएको छ ।

प्रकाशित समय : १०:४७ बजे