back
himalayan life

लगभग ८ महिनादेखि मर्जरको पक्रियामा रहेको कम्पनी मूल्य चलखेलको लिस्टमा कसरी?

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले आज ५१ वटा सूचिकृत कम्पनीहरुलाई शेयरमा कर्नरिङ, सर्कुलर ट्रेडिङ जस्ता चलखेलका उपकरण प्रयोग भएको भन्दै नाम नै किटान गरी सार्वजनीक गरेपछि सेयर बजारसँग सँबन्धित व्यत्ति तथा निकायहरुलाई निकै नै तताएको छ । पहिलो कुरा त बोर्डले यसरी नाम नै किटान गरेर एक्कासी सार्वजनिक नगर्नु पर्ने भन्ने लागनीकर्ता देखि अर्थमन्त्रालयसम्मको राय आएको छ भने अर्काेतर्फ बोर्डले महिनौँ देखि कारोबारमा नै नआएको कम्पनीको नाप लिस्टमा राखेपछि बोर्ड नै शंकका घेरमा धकेलिएको छ ।

बोर्डले निकालेको सूचीको ३६ औं स्थानमा रहेको घोडीघोडा लघुवित्तको शेयर कारोबार लगभग ८ महिनादेखि कारोबार रोक्का छ । कम्पनीको कारोबार २०७७ कात्तिक तेस्रो सातादेखि मर्जरका कारण स्थगित गरिएको रहेको छ ।
युनिक नेपाल लघुवित्तसँग मर्जरमा जाने सम्झौता भएसँगै नेपाल स्टक एक्सचेञ्जले २०७७ कात्तिक २३ गतेदेखि लघुवित्तको शेयर कारोबार रोक्का गरेको थियो । तर पछिल्ला दिनहरुमा कम्पनीको मूल्यमा चलखेल गर्ने कप्पनीको नाममा यो कम्पनी तानियसँगै बोर्डको निणर्य झने लज्जासपद बन्न पुग्यो ।

बोर्डले सार्वजनिक गरेको सूचीमा २०७३ साल साउन १२ गतेको शेयर मूल्य, प्रतिशेयर आम्दानी, मूल्य आम्दानी अनुपात र प्रतिशेयर नेटवर्थलाई आधार मानि २०७७ साल बैशाख ३० र २०७८ साल जेठ ३१ गतेको विबरणसँग तुलना गरिएको छ ।

२०७८ असार १ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

वि.सं.२०८३ असार १८ बिहीवार ०८:५०

काठमाडौं । हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औँ बैठकले नेपालमा...

आजको लागि विदेशी मुद्राको विनिमय दर कति ?

आजको लागि विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८३ असार १८ बिहीवार ०८:४७

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको...

जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउँदै मन्त्री चौधरी

जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउँदै मन्त्री चौधरी

वि.सं.२०८३ असार १७ बुधवार १९:४७

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय...

आलुको परिकारमा साङ्ला भेटिएपछि अदोरा  होल्डिङलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना

आलुको परिकारमा साङ्ला भेटिएपछि अदोरा  होल्डिङलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना

वि.सं.२०८३ असार १७ बुधवार १९:११

काठमाडौं । ललितपुर महानगरपालिका–३, झम्सिखेलस्थित अदोरा होल्डिङमा आलुको परिकारमा साङ्ला भेटिएको...

राष्ट्र बैंकले ‘वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण’ गर्ने, ७७ वटै जिल्लामा नमुना संकलन गरिने

राष्ट्र बैंकले ‘वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण’ गर्ने, ७७ वटै जिल्लामा नमुना संकलन गरिने

वि.सं.२०८३ असार १७ बुधवार १८:४९

काठमाडौं । नेपाल राष्ट्र बैंकले मुलुकभरका वित्तीय सेवाको अवस्था मापन...

सभामुख अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूतबीच शिष्टाचार भेटवार्ता

सभामुख अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूतबीच शिष्टाचार भेटवार्ता

वि.सं.२०८३ असार १७ बुधवार १८:३५

काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग नेपालका लागि साउदी...