आईतबार सुनको मूल्यमा गिरावट, हेर्नुस् आजको बजारभाउ
वि.सं.२०७८ जेठ ३० आइतवार
काठमाडौँ । साताको पहिलो दिन आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आव सुन प्रतितोला ६ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छपावाला सुन घटेर ९३ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँमा झरेको हो।
गत शुक्रबार सुनको भाउ तोलामा ६०० रुपैयाँले उकालो लागेको थियो। यो दिन फाइन गोल्ड ९४ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार रुपैयाँमा कायम भएको थियो।
त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । मूल्य स्थिर रहेसँगै शुक्रबार कायम भएको १ हजार ३७० रुपैयाँ नै कारोबार भईरहेको छ । गत शुक्रबार तोलामा ५ रुपैयाँ घटेर चाँदी १ हजार ३७० रुपैयाँमा नै किनबेच भएको थियो।
२०७८ जेठ ३० गते प्रकाशित
प्रकाशित समय : ०७:३६ बजे





















