back

नेप्से लगातार दोस्रो दिन ओरालो, कारोबार रकममा पनि गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज लगातार दोस्रो दिन ओरालो लागेको छ । सोमबारदेखि शुरु घटेको नेप्से मंगलबार पनि घटेको छ । मंगलबार नेप्से परिसूचक सँगै कारोबार रकममा पनि कमी आएको छ ।
मंगलबार नेप्से परिसूचक ११.६८ अंकले २७७१.१५ अंकमा बन्द भएको छ । साढे २८ सय पुगेको नेप्से २७ सयभन्दा तल झरेको हो । मंगलबार दिनभरिमा २१६ कम्पनीको १ करोड ९७ लाख ८१ हजार कित्ता सेयर ९८ हजार ६०७ पटक किनबेच हुँदा ८ अर्ब ५९ करोड ८१ लाख ६० हजार रुपैयाँको कारोबार भएको छ ।
मंगलबार २ वटा समूहबाहेक अन्य सबै समूहमा राताम्य छाएको छ ।
यस अघि दुई दिन अघि आइतबार १७ अर्ब २ करोड रुपैयाँको कारोबार भएर नयाँ रेकर्ड बनाएको थियो । मंगलबार घटेर दुई दिनमा साढे ८ अर्ब रुपैयाँको कारोबार कम भएको हो ।

मंगलबारट्रेडिङ समूह ६५.३० अंक, माइक्रोफाइनान्स २५.२४ अंक, इन्भेष्टमेन्ट समूह ०.८८ अंक, म्यानुफ्क्ट्रचरीङ एण्ड प्रो।समूह ३९.०१ अंक, हाइड्रो पावर समूह २९.०७ अंक, निर्जीवन बीमा समूह १४२।६४ अंक, होटल तथा पर्यटन समूह ८७.५० अंक, बैंकिङ समूह ९.८९४ अंक, र जीवन बीमा समूह १५४.५७ अंकले घटेको छ ।

अन्य समूह १४.७१ अंक, डेभलपमेन्ट बैंंक समूह ७.५८ अंक, म्युचुअल फण्ड समूह ०.०१ अंक र फाइनान्स समूह २.४७ अंकले बढेको छ ।

२०७८ जेठ १८ गते प्रकाशित


योजना आयोग र राष्ट्र  बैङ्क गर्भनर बिच छलफल: मौद्रिक नीति र वित्त नीतिको सामञ्जस्यता  सम्बन्धमा कुराकानी

योजना आयोग र राष्ट्र बैङ्क गर्भनर बिच छलफल: मौद्रिक नीति र वित्त नीतिको सामञ्जस्यता सम्बन्धमा कुराकानी

वि.सं.२०८२ असार २३ सोमवार १६:१६

काठमाडौँ । राष्ट्रिय योजना आयोग र राष्ट्र बैङ्कका गभर्नर बिच...

दरमखोला हाईड्रो पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

दरमखोला हाईड्रो पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८२ असार २३ सोमवार ११:०८

काठमाडौं । दरमखोला हाईड्रो इनर्जी लिमिटेडको आईपीओमा आवेदन दिने आज...

कारोबार घटेपनि २७ सय बिन्दु माथी पुग्यो नेप्से

कारोबार घटेपनि २७ सय बिन्दु माथी पुग्यो नेप्से

वि.सं.२०८२ असार १९ बिहीवार १५:३५

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिवार अघिल्लो दिनको तुलनामा...

स्वस्तिक लघुवित्तको आईपीओ असार २७ गतेदेखि निष्कासन हुने

स्वस्तिक लघुवित्तको आईपीओ असार २७ गतेदेखि निष्कासन हुने

वि.सं.२०८२ असार १९ बिहीवार १५:१७

काठमाण्डौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले असार २७ गतेदेखि...

बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार: अर्थमन्त्री पौडेल

बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार: अर्थमन्त्री पौडेल

वि.सं.२०८२ असार १८ बुधवार १७:०४

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकतन्त्र र गणतन्त्रको...

नेप्से परिसुचक निरन्तर वृद्धि, कारोबार रकम पनि बढ्यो

नेप्से परिसुचक निरन्तर वृद्धि, कारोबार रकम पनि बढ्यो

वि.सं.२०८२ असार १७ मंगलवार १५:५३

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार पनि नेप्से परिसुचकमा...