यूनाइटेड इन्स्योरेन्सको २६ औं वार्षिक साधारण सभा सम्पन्न
वि.सं.२०७७ फागुन १२ बुधवार
कर्पोरेट बजार – यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) को २६ औं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ ।
सभामा संचालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५/०७६ को लेखापरीक्षण प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०७६ साल आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रबाह विवरण तथा सोसंग सम्बन्धित अनुसूचिहरु पारित गरिएको छ ।
आर्थिक वर्ष २०७६/०७७ का लागी बाह्य लेखा परिक्षक मदन निरौला एण्ड कं चार्टर्ड एकाउण्टेण्ट्लाई नियुक्त गरिएको छ ।
कम्पनीको विशेष प्रस्ताव अन्तर्गत बीमा समितिको स्वीकृति बमोजिम संस्थापक समूह र सर्व–साधारण समूहको शेयर स्वामित्व संरचना परिवर्तन गरी प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न संचालक समितिलाई अख्तियारी दिने निर्णय सर्वसहमतिले पारित गरिएको छ ।
प्रकाशित समय : ०५:०६ बजे