आँबुखैरेनी–पोखरा सडकको लागि ७ अर्ब २७ करोड बजेट विनियोजन
वि.सं.२०७८ जेठ १५ शनिवार
पोखरा । पृथ्वी राजमार्गको नागढुंगा–मुग्लिन र आँबुखैरेनी–पोखरा सडकखण्डको लागिबजेट विनियोजन गरिएको छ । सडकखण्डको स्तरोन्नति तथा विस्तार गर्न सरकारले बजेट विनियोजन गरेको हो ।
पृथ्वी राजमार्गको नागढुंगा–मुग्लिन खण्डको स्तरोन्नति र आँबुखैरेनी–पोखरा खण्ड चार लेनको बनाउने योजनालाई सरकारले आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरेको हो । आँबुखैरेनी–पोखरा सडकका लागि बोलपत्र आह्वान भएर ठेकेदार छनौट पनि भइसकेको छ । यो सडक डेडिकेटेड चार लेनको बनाइँदैछ ।
सरकारले यसका लागि ७ अर्ब २७ करोड रुपैयाँ विनियोजन गरेको छ । गण्डकी प्रदेशकै र देशकै प्रतिक्षित आयोजनाअन्तर्गत पृथ्वी राजमार्गका स्तरोन्नति तथा विस्तारले पोखरा–काठमाडौंलाई सहज र छोटो दूरीमा जोड्नेछ ।
२०७८ जेठ १५ गते प्रकाशित
प्रकाशित समय : १२:४१ बजे