back

राष्ट्र बैंकको मौद्रिक नीतिको संशोधित व्यवस्थाले बजारलाई के असर गर्छ ? पढ्नुस् ! मनोज ज्ञवालीको समीक्षा

काठमाडौं। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समीक्षामार्फत् अघि सारेका व्यवस्थालाई मंगलवारबाट कार्यान्वयनमा ल्याएको छ  एकीकृत निर्देशिकाको संशोधन गरेसँगै यो व्यवस्था कार्यान्वयनमा आएको हो । यसमा भएका केही मूलभूत परिवर्तन के हुन् र त्यसले बजारलाई के असर पार्छ भन्ने धेरैको चासोको विषय बनेको छ ।हेरौ नबील बैंकका उपमहाप्रबन्धक मनोज ज्ञवालीको समीक्षामा।

यस्ता छन् मुख्य  व्यबस्था

१. अक्सिजन प्लान्टको लागी आधार दरमा कर्जा दिनुपर्ने ।

२. विद्युतीय परियोजनाको व्यवसायिक उत्पादनमा ढिलाइ भए आयोजनाले लिएको ऋणको ब्याज पूँजीकरण गर्न सकिने ।

३. मानव सेवा आश्रम र राष्ट्रिय आविष्कार केन्द्रजस्ता संस्थालाई दिएको रकम संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)मा गणना हुने ।

४. कोभिड को कारणले भएको निषेधाज्ञा अवधि भर र त्यसपछिको ७ दिनसम्म बैंकले ऋणिसँग हर्जनालगायत कुनै थप रकम असुल्न नपाउने ।

५.बाणिज्य बैकहरु एक आपसमा मर्जर या प्राप्तिमा जांदा दिइने छुटको लागी मर्जर/प्राप्तिको समय सिमा २०७८ असार बाट २०७९ असार सम्म सारियो ।

६. बैक तथा बित्तीय संस्थाहरुले १ बर्ष भन्दा कम अवधिको लागी शेयर बजार मार्फत शेयर खरिद बिक्री गर्न रोक । लघुबित्तको साधारण शेयर खरिदमा प्रतिबन्ध । यसअघि किनेको सेयर आउँदो पुससम्म बिक्री गरिसक्नु पर्ने ।

७. शेयर धितो कर्जाको लागी १८० दिनको औषत मुल्यलाई सन्दर्भ मान्नुपर्ने । यसअघि १२० दिनको औसत मूल्यको हिसाब गर्न पाइने व्यवस्था थियो ।

८. निषेधाज्ञा सकिएको १ महिनासम्म ऋण असुली प्रक्रियामा धितो लिलामी गर्न नपाइने ।

९. निषेधाज्ञाको समयमै ग्राहकले ब्याज र किस्ता भुक्तानी गरेमा बैक तथा बित्तीय संस्थाको सञ्चालक समितिले औपचारिक निणर्य गरेर छुट दिन सक्ने ।

१०. ग्राहक पहिचान फारम डिजीटल माध्यमबाट भरेर निष्क्रिय खातालाई पुनः सञ्चालनको ब्यबस्था गर्ने ।

११. निक्षेप तथा कर्जाको व्याजदर परिवर्तन गर्दा ग्राहकलाई विद्युतीय माध्यममार्फत तत्काल जानकारी गराउनुपर्छ पर्ने ।

बजारमा के कस्तो असर पार्छ ?

१. कर्जाका ग्राहकलाई ब्याज तथा किस्ता चुक्ता गर्ने समयावधिमा राहत मिल्ने छ । तर यसले बैंक तथा वित्तीय संस्थाको खराब कर्जा बढ्ने जोखिम हुन्छ ।

२. हरेक पटक ब्याज परिवर्तन गर्दा बैंकका लाखौं रुपैयाँ एसएमएस खर्चमा सकिने छ यसले एसएमएस सेवा प्रदायक कम्पनीको आम्दानीमा आकर्षक बढोत्तरी हुने छ । ३ करोड ६४ लाख निक्षेप खाता र १६ लाख ८० हजार ऋण खातामा एक पटक ब्याजदर परिवर्तन हुँदा बैक तथा वित्तीय संस्थालाई झण्डै ३ करोड रुपैयाँ एसएमएसमा खर्च हुने छ ।

हरेक तीन महिनामा ब्याजदर परिमार्जन गर्न सकिने राष्ट्र बैंकको नियम अनुसार गर्ने हो भने सबै बैंक तथा वित्तीय संस्थाले वर्षको १२ करोड रुपैयाँ यसमा खर्च गर्नुपर्ने हुन्छ । यद्यपि, एसएमएस बैंकिङको नाममा बैंकहरुले ठूलो शुल्क ग्राहकसँग पनि लिइरहेका छन् ।

३. शेयर बजारमा अब बंैक तथा बित्तीय संस्थाको थप लगानी नहुने भएको छ । बैक तथा बित्तीय संस्थाले अरु बैक तथा बित्तीय संस्थाको शेयरमा लगानी गर्न नपाउने हुन्छ ।

जलविद्युत्, बीमा र अन्य क्षेत्रका अधिकांश कम्पनीको लाभांश प्रतिफल २ प्रतिशतभन्दा कम छ । बजारमा एक बर्षको जोखिम लिएर ट्रेजरी बिल्सभन्दा सस्तो प्रतिफल दर भएको सेयरमा कुनै बैंक तथा बित्तीय संस्थाले पैसा हाल्दैन । केही संस्थाको सट्टेबाजी आम्दानी बन्द हुने भएको छ ।बैंकर मनोज ज्ञवाली फेसबुकबाट साभार

२०७८ जेठ १० गते प्रकाशित।


विद्युतीय कारोबारमा हुने ठगीबाट कसरी जोगिने ?

विद्युतीय कारोबारमा हुने ठगीबाट कसरी जोगिने ?

वि.सं.२०८१ असोज २७ आइतवार १०:१२

काठमाडौं । विद्युतीय माध्यमबाट ठगीका घटना बढेको भन्दै सचेत रहन...

बैंकिङ कारोबार गर्दाका फाइदाहरु के के छन् ?

बैंकिङ कारोबार गर्दाका फाइदाहरु के के छन् ?

वि.सं.२०८१ असोज २५ शुक्रवार १०:०८

काठमाडौं । बैंक भनेको वित्तीय कारोवार गर्ने इजाजतपत्रप्राप्त संस्था हो...

बचत कसरी गर्ने ? (महत्वपूर्ण टिप्सहरु)

बचत कसरी गर्ने ? (महत्वपूर्ण टिप्सहरु)

वि.सं.२०८१ असोज २३ बुधवार १०:३२

काठमाडौं । कुनै चिज बस्तुमा गरिने खर्च कटौती गरेर सञ्चित...

बाल अस्पताललाई सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको २५ लाख सहयोग

बाल अस्पताललाई सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको २५ लाख सहयोग

वि.सं.२०८१ असोज २३ बुधवार १०:०१

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले बाल अस्पताललाई २५ लाख रुपैयाँ...

प्रदेश र शाखा कार्यालयमा पनि सूचना अधिकारी तोक्न नेपाल राष्ट्र बैंकको निर्देशन 

प्रदेश र शाखा कार्यालयमा पनि सूचना अधिकारी तोक्न नेपाल राष्ट्र बैंकको निर्देशन 

वि.सं.२०८१ असोज २३ बुधवार ०९:५०

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई आफ्नो...

सानिमा जीआइसी इन्सुरेन्सको ११ लाख कित्ता संस्थापक शेयर लिलामी खुल्यो

सानिमा जीआइसी इन्सुरेन्सको ११ लाख कित्ता संस्थापक शेयर लिलामी खुल्यो

वि.सं.२०८१ असोज २३ बुधवार ०९:४०

काठमाडौं । सानिमा जीआइसी इन्सुरेन्सले  ११ लाख ३ हजार ४०५...