back

जारी निषेधाज्ञामा थप गरियो समायावधि र कडाई, खाद्यान्न र तरकारी पसल पनि बन्द

काठमाडौं । काठमाडौं उपत्यकामा जारी शिषेधाज्ञा थप एकसाता लम्बिएको छ । उपत्यकामा तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको आज बसेको बैठकले थप एकसाता निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

अबको निषेधाज्ञामा थप कडाई गरिने जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । उनले खाद्यान्न र तरकारी पसल पनि एक साता ठप्प गर्ने निर्णय भएको बताएका छन् ।

‘‘उपत्यकावासीले एक हप्ताका लागि खाद्यान्नको जोहो गरिसकेका होलान् । नगर्नेहरूका लागि अझै दुई दिन समय पनि छ । त्यस्तै तरकारीको पसल पनि खोल्न पाइनेछैन,” प्रजिअ पराजुलीले भने, ‘खाद्यान्न पसल र तरकारी पसल सबै एकसाता बन्द गरेर संक्रमण रोकिने आकलन गरेका छौँ । त्यसैले कडाइकासाथ सबै अत्यावश्यक खाद्यन्न तथा तरकारी पसल सबै बन्द हुनेछन् ।”
सागसब्जी दुध माछामासुका पसल भने बिहान ९ बजेसम्म खोल्न दिइने छ ।

प्रजिअ पराजुलीले एकसाताको निषेधाज्ञामा खाद्यान्न पसल र तरकारी पसल सबै बन्द गरेर छिट्टै काठमाडौं उपत्यकावासीलाई सहज जीवनशैलीमा फर्काउन यस्तो निर्णय गरेको जानकारी दिए । यसबाहेक सवारी साधनको हकमा पनि कडाइ गरिनेछ । बैंक वित्तीय संस्थाको हकमा पनि थप कडाइ गरिनेछ ।

काठमाडौं उपत्यकामा थपिएको निषेधाज्ञा जेठ १३ गते सकिँदैछ ।

२०७८ जेठ ११ गते प्रकाशित


रवि लामिछानेको संसद पद निलम्बन फुकुवा गर्न आग्रह

रवि लामिछानेको संसद पद निलम्बन फुकुवा गर्न आग्रह

वि.सं.२०८१ माघ २४ बिहीवार १७:५५

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले...

भारत तथा तेस्रो मुलुकमा हुँदै आएको निर्यात व्यापारमा गिरावट

भारत तथा तेस्रो मुलुकमा हुँदै आएको निर्यात व्यापारमा गिरावट

वि.सं.२०८१ माघ २४ बिहीवार १७:४३

हेटौँडा । मकवानपुर जिल्लाबाट भारत तथा तेस्रो मुलुकमा हुँदै आएको...

जनताका जिउधनमा हान्ने र सहकारीको पैसा तान्नेहरुबीच तालमेल मिलेको छ : सांसद पन्त

जनताका जिउधनमा हान्ने र सहकारीको पैसा तान्नेहरुबीच तालमेल मिलेको छ : सांसद पन्त

वि.सं.२०८१ माघ २४ बिहीवार १७:३०

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले जनयुद्धको बेलामा नेपाली...

सुरक्षित कोष नहुँदा स्वास्थ्य बीमा व्यवस्थित हुन सकेन : मन्त्री पौडेल

सुरक्षित कोष नहुँदा स्वास्थ्य बीमा व्यवस्थित हुन सकेन : मन्त्री पौडेल

वि.सं.२०८१ माघ २४ बिहीवार १७:२०

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सुरक्षित कोष...

नेहा र सत्यन्द्रको विषयमा गृहमन्त्रीको स्पष्टीकरण दिँदै भने– मेरो आदर्शप्रति प्रश्न उठाइयो

नेहा र सत्यन्द्रको विषयमा गृहमन्त्रीको स्पष्टीकरण दिँदै भने– मेरो आदर्शप्रति प्रश्न उठाइयो

वि.सं.२०८१ माघ २४ बिहीवार १७:०६

काठमाडौं । गृहमन्त्री रमेश लेखकले जातिय विभेद र छुवाछुतको विरुद्धमा...

बहुमतको दुरुपयोग गरेर माफियालाई देश बेच्न खोजे प्रतिरोध गर्छौं : प्रचण्ड

बहुमतको दुरुपयोग गरेर माफियालाई देश बेच्न खोजे प्रतिरोध गर्छौं : प्रचण्ड

वि.सं.२०८१ माघ २४ बिहीवार १६:३४

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका...