back

सिद्धबाबामा सुरुङमार्ग बनाउन ठेक्का आह्वान

काठमाडौँ । सिद्धार्थ राजमार्ग अन्तर्गत रुपन्देही र पाल्पाको सीमा सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माणको लागि ठेक्का आह्वान गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच वर्षभित्र काम सम्पन्न गर्ने गरी ठेक्का आह्वान गरेको हो ।

ठेक्काको लागि जेठको २४ गतेसम्म निवेदन दिन सकिनेछ ।

मार्ग दुई लेनमा बन्ने सुरुङको लम्बाइ ११ सय २७ मिटर हुनेछ । यस्तै सुरुङभित्र कुनै समस्या भएमा बाहिरी सडकसँग लिङ्क गर्नको लागि तीन वटा सहायक सुरुङ हुनेछन् । सहायक सुरुङ डेढदेखि दुई सय मिटरसम्म लामा हुनेछन् ।

सिद्धबाबाको सुरुङमार्ग ११ सय २७ मिटर लामो हुने भए पनि त्यहाँ संरक्षण र पहिरो रोकथामको लागि धेरै काम गर्नुपर्ने भएकाले २८ सय मिटर क्षेत्रमा काम गर्नुपर्ने देखिएको सडक विभागका उपमहानिर्देशक शिवप्रसाद नेपालले जानकारी दिए।

सिद्धबाबा क्षेत्रमा निक्कै अप्ठ्यारो पहाड भएकाले सुरुङ निर्माणसँगै पहिरो रोकथाम र संरक्षणको काम पनि उत्तिकै चुनौतीपूर्ण रहेको नेपालको भनाइ छ ।

सिद्धबाबामा सुरुङमार्ग निर्माणको लागि अर्थ मन्त्रालयले गएको वर्ष नै १० अर्ब रुपैयाँको स्रोत सुनिश्चितता गरेको थियो ।

२०७८ जेठ ९ गते प्रकाशित


योजना आयोग र राष्ट्र  बैङ्क गर्भनर बिच छलफल: मौद्रिक नीति र वित्त नीतिको सामञ्जस्यता  सम्बन्धमा कुराकानी

योजना आयोग र राष्ट्र बैङ्क गर्भनर बिच छलफल: मौद्रिक नीति र वित्त नीतिको सामञ्जस्यता सम्बन्धमा कुराकानी

वि.सं.२०८२ असार २३ सोमवार १६:१६

काठमाडौँ । राष्ट्रिय योजना आयोग र राष्ट्र बैङ्कका गभर्नर बिच...

बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार: अर्थमन्त्री पौडेल

बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार: अर्थमन्त्री पौडेल

वि.सं.२०८२ असार १८ बुधवार १७:०४

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकतन्त्र र गणतन्त्रको...

२०३० सम्ममा पाँच लाख हरित रोजगारी सिर्जना गर्ने लक्ष्य छ ः उपाध्यक्ष अधिकारी 

२०३० सम्ममा पाँच लाख हरित रोजगारी सिर्जना गर्ने लक्ष्य छ ः उपाध्यक्ष अधिकारी 

वि.सं.२०८२ असार १६ सोमवार १५:३३

काठमाडौँ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले प्रकृतिमा आधारित...

विदेशी लगानीकर्ताले खाता खोल्न पाउने ,१० लाख डलरसम्म विदेशमा लगानी गर्न सक्ने गरी केन्द्रीय बैंकले गर्यो विनियमावली संशोधन

विदेशी लगानीकर्ताले खाता खोल्न पाउने ,१० लाख डलरसम्म विदेशमा लगानी गर्न सक्ने गरी केन्द्रीय बैंकले गर्यो विनियमावली संशोधन

वि.सं.२०८२ असार ५ बिहीवार १९:५८

काठमाडाैं । नेपाल राष्ट्र बैंकले विदेशमा लगानी गर्न पाउने गरी...

नेपालको स्तरोन्नती प्रक्रियाले अन्तर्राष्ट्रिय सहकार्य, व्यापार, र लगानीका नयाँ अवसरहरू खोल्नेछ  : उपाध्यक्ष अधिकारी 

नेपालको स्तरोन्नती प्रक्रियाले अन्तर्राष्ट्रिय सहकार्य, व्यापार, र लगानीका नयाँ अवसरहरू खोल्नेछ  : उपाध्यक्ष अधिकारी 

वि.सं.२०८२ असार ५ बिहीवार १५:४५

काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.शिवराज अधिकारीले नेपालको विकासिल मुलुकमा...

‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि समझदारी पत्रमा हस्ताक्षर

‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि समझदारी पत्रमा हस्ताक्षर

वि.सं.२०८२ असार ३ मंगलवार १९:२३

काठमाडौं । ‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि नेपाल...