back

पहिरोबाट मृत्यु भएका परिवारलाई अटोमोटिभ ब्यवसायी एसोसियसनको सहयोग

काठमाडौँ । नेपाल अटोमोटिभ ब्यवसायी एसोसियसनले काभ्रेमा पहिरोबाट ज्यान गुमाएहरुको परिवारलाई आर्थिक सहयोग गरेको छ ।

काभ्रेको नमोबुद्ध नगरपालिका र तेमाल गाउँपालिकामा ज्यान गुमाएका परिवारलाई जम्मा २ लाख माथीको सहयोग गरिएको हो । नमोबुद्ध नगरपालिका वडा नम्बर ५ का शम्भु बिकको नाममा १ लाख १ हजार रुपैंयाको चेक हस्तान्तरण गरियो । केहीसमय अघि शम्भु बिकको बुबा र आमा दुबैको मध्यरातमा आएको पहिरोबाट पुरिएर ज्यान गएको थियो ।

यस्तै तेमाल गाउँपालिकामा एकै परिवारका दुईजनाले ज्यान गुमाएका थिए । उनीहरुको परिवारलाई पनि १ लाख १ हजार रुपैंयाको चेक हस्तान्तरण गरियो । उक्त चेक तेमाल गाउँपालिकाका अध्यक्ष चन्द्र बहादुर तामाङको रोहवरमा नेपाल अटोमोटिभ ब्यवसायी एसोसियनका वरिष्ठ उपाध्यक्ष कुमार चिमोरिया लगायतको टिमबाट मृतकको परिवारलाई हस्तान्तरण गरियो ।

सहयोग हस्तान्तरण कार्यक्रममा नेपाल अटोमोटिभ ब्यवसायी एसोसियसनका सचिव नेत्र कटुवाल, ब्यवसायी नारायण देवकोटा, लक्ष्मण बन्जाडा, अमन लामा, राजनीतिज्ञ सत्मान लामासँगै कलाकार सुरेश थापा (दर्शने)को उपस्थिती थियो ।

नेपाल अटोमोटिभ ब्यवसायी एसोसियसनका वरिष्ठ उपाध्यक्ष चिमोरियाको जन्मदिनको अवसर पारेर सहयोग हस्तान्तरण गरिएको हो । चिमोरियाले मृतकको परिवारमा सानो मलम भएपनि लगाउने कोशिस गरेको जानकारी दिए । उनले आगामी दिनमा पनि एसोसियसनबाट सहयोग गर्ने प्रतिबद्धता जनाए ।


जेष्ठ नागरिकलाई न्यानो कम्बल वितरण

जेष्ठ नागरिकलाई न्यानो कम्बल वितरण

वि.सं.२०८१ माघ १२ शनिवार २१:३४

दोलखा । दोलखाको मेलुङ गाँउपालिका वडा नम्बर– २ ले पालिकाको...

सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु : शिघ्र विकास र सुशासनका लागि सरकार तल्लीन छ , प्रधानमन्त्री ओली

सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु : शिघ्र विकास र सुशासनका लागि सरकार तल्लीन छ , प्रधानमन्त्री ओली

वि.सं.२०८१ माघ ११ शुक्रवार १६:२४

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भर्चुअल माध्यमको उपस्थितिमा सिद्धबाबा...

हामीले देश भित्र भविश्य खोज्नेहरुको लागि काम गर्न थालेका छौ : अर्थमन्त्री पौडेल

हामीले देश भित्र भविश्य खोज्नेहरुको लागि काम गर्न थालेका छौ : अर्थमन्त्री पौडेल

वि.सं.२०८१ माघ १० बिहीवार १८:१२

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सरकार कुनै औषत काम गरेर...

‘समृद्ध नेपाल, सुखी नेपाली’ को आधारशिलामा तयार भयो : उपाध्यक्ष अधिकारी

‘समृद्ध नेपाल, सुखी नेपाली’ को आधारशिलामा तयार भयो : उपाध्यक्ष अधिकारी

वि.सं.२०८१ माघ १० बिहीवार १८:०४

काठमाडौं । योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीले १६ औं राष्ट्रिय...

राज्यले उद्योगको संरक्षण गर्नुपर्छ तर सरकारले अध्यादेश ल्याएर कालोबजारी गर्ने छुट दियो : अध्यक्ष सिंह

राज्यले उद्योगको संरक्षण गर्नुपर्छ तर सरकारले अध्यादेश ल्याएर कालोबजारी गर्ने छुट दियो : अध्यक्ष सिंह

वि.सं.२०८१ माघ ९ बुधवार १४:५६

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिहंले सरकारले...

स्थानीय जनता र पालिकाबीच द्वन्द्व: नहर मासेर ढल निर्माण गर्न खोज्दा दुई दिनदेखि तनावग्रस्त

स्थानीय जनता र पालिकाबीच द्वन्द्व: नहर मासेर ढल निर्माण गर्न खोज्दा दुई दिनदेखि तनावग्रस्त

वि.सं.२०८१ माघ ९ बुधवार १४:०२

सिरहा । लहान नगरपालिकाले खुट्टी खोलाको पुरानो नहर मासेर ढल...