back

विद्युतीय कारोबारमा हुने ठगीबाट कसरी जोगिने ?

यस्ता छन् ७ टिप्स

काठमाडौं । विद्युतीय माध्यमबाट ठगीका घटना बढेको भन्दै सचेत रहन नेपाल राष्ट्र बैंकले आग्रह गरेको छ । विद्युतीय कारोबारमा आकर्षण बढेसँगै ठगीका घटनाहरु पनि केही बढेको राष्ट्र बैंकले बताएको छ ।

ग्राहकहरुालई आपराधिक समूहले ठगी गरेको धेरै उजुरी परेको भन्दै अपरचित व्यक्तिहरुबाट सजग रहन राष्ट्र बैंकले आग्रह गरेको छ । सामाजिक सञ्जालमार्फत चिनजानका मान्छेको नाममा रकम माग गर्ने, बैंकबाट फोन गरेको भन्दै इन्टरनेट तथा मोवाइल बैंकिङको युजर नेम तथा पासवर्ड माग्ने, चिठ्ठा परेको भन्दै रकम माग्ने गरेर ठगी भइरहेको राष्ट्र बैंकले बताएको छ ।

१. सामाजिक सञ्जालमार्फत चिनजानका मान्छेको नाममा रकम माग गर्ने, बैंकबाट फोन गरेको भन्दै इन्टरनेट अथवा मोवाइल बैंकिङको युजरनेम तथा पासवर्ड माग्ने, नक्कली वेबसाइट बनाई ग्राहकका गोप्य सूचनाहरू लिने, ठूलो रकमको चिठ्ठा परेकोभनी लोभ देखाई उक्त चिठ्ठा रकम हस्तान्तरण गर्ने बहानामा रकम माग गर्ने, अत्यधिक नाफाको लोभ देखाई गैरकानुनी घोषणा गरिएका उपकरणमा लगानी गर्न उत्प्रेरित गर्ने लगायतका ठगी भइरहेको जानकारीमा आएकोले विद्युतीय कारोबार गर्दा यसप्रकारको ठगीबाट बच्न विशेष ध्यान दिनुजरुरी देखिन्छ ।

२. अपरिचित व्यक्तिलाई कुनै पनि माध्यमबाट आफ्नो गोप्य पासवर्ड, ओटिपी वा अन्य कुनै पनि संवेदनशील जानकारी दिनुहुँदैन । मोबाइल तथा अन्य डिभाइस एवम् एपका पासवर्डहरू बेलाबेलामा परिवर्तन गर्नुपर्दछ । यस्ता पासवर्ड गोप्य तरिकाले सुरक्षित राख्नुपर्दछ ।

३. सामाजिक सञ्जाल वा कुनै विद्युतीय माध्यमबाट म्यासेज पठाई रकम पठाउन आग्रह गरेमा रकम पठाउनुअघि सोही व्यक्तिले रकम माग गरे नगरेको ब्यहोरा अन्य माध्यमबाट यकीन गरेर मात्र रकम पठाउनु पर्दछ ।

४. अनावश्यक तथा अनधिकृत एप आफ्नो मोबाइल फोन वा अन्य डिभाइसमा डाउनलोड गर्नु हुँदैन । यसरी अनधिकृत ब्एए डाउनलोड गर्दा आफ्ना सबै संवेदनशील सूचनाहरू आपराधिक समूहले पत्ता लगाउन सक्छन् ।

५. कसैले रकम भुक्तानी गर्ने बहानामा बारकोड अथवा क्यूआर कोड पठाएको अथवा एपको पासवर्ड आवश्यक छ भनेर म्यासेज गरेको कार्यलाई शङ्कास्पद रुपमा लिनुपर्दछ । रकम भुक्तानी लिन वा पैसा प्राप्त गर्न कुनै पनि बारकोड, क्यूआर कोड अथवा पासवर्ड पठाउन आवश्यक छैन ।

६. कुनै पनि वेबसाइट मार्फत विद्युतीय कारोबार गर्नुअघि सम्बन्धित संस्थाको आधिकारिक वेबसाइट हो/होइन यकीन गरेर मात्र कारोबार गर्नुपर्दछ । कुनै पनि वेबसाइटको ठेगाना ‘https://’ बाट सुरु भएको छ भने सुरक्षित, भरपर्दो वा विश्वसनीय छ भन्ने बुझिने भएकोले वेबसाइटको ठेगाना ‘https://’ बाट सुरु भए नभएको यकीन गर्नुपर्दछ ।

७. विद्युतीय कारोबार गर्दा आफू ठगिएको शङ्का लागेमा अथवा कुनै गुनासो रहेमा आफूले कारोबार गर्ने गरेको बैंक तथा वित्तीय संस्था एवम् नेपाल राष्ट्र बैंकको गुनसो सुनुवाइसम्बन्धी पोर्टल https://gunaso.nrb.org.np मा गुनासो वा उजुरी दर्ता गर्न सकिनेछ ।


विद्युत नियमन आयोग र इमानबीच सहकार्यका विषयमा छलफल

विद्युत नियमन आयोग र इमानबीच सहकार्यका विषयमा छलफल

वि.सं.२०८२ जेठ १ बिहीवार १३:२७

काठमाडौं । ऊर्जा क्षेत्रको नियमनकारी निकाय र इकोनोमिक मिडिया एसोसिएसन...

बोर्डका आयोजनाहरु सार्वजानिक, निजी र साझेदारी मार्फत सञ्चालन हुने निर्णय : ज्ञवाली

बोर्डका आयोजनाहरु सार्वजानिक, निजी र साझेदारी मार्फत सञ्चालन हुने निर्णय : ज्ञवाली

वि.सं.२०८२ जेठ १ बिहीवार ११:१२

काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बोर्डका...

सुनको मूल्यमा गिरावट, कतिमा झर्यो मूल्य ?

सुनको मूल्यमा गिरावट, कतिमा झर्यो मूल्य ?

वि.सं.२०८२ जेठ १ बिहीवार ११:०८

काठमाडौं । आज जेठ १ गते, बिहीबार, नेपाली बजारमा सुनको...

महालेखा परीक्षक कार्यालयको वार्षिक प्रतिवेदन सार्वजनिक, कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख (पूर्णपाठ)

महालेखा परीक्षक कार्यालयको वार्षिक प्रतिवेदन सार्वजनिक, कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख (पूर्णपाठ)

वि.सं.२०८२ वैशाख ३१ बुधवार १६:०९

काठमाडौं । महालेखा परीक्षकले सार्वजनिक गरेको लेखा परीक्षण प्रतिवेदन अनुसार...

निलमलाई गर्भनर नियुक्त गरी ५२ प्रतिशत महिलामाथि न्याय गर्नुहोस्

निलमलाई गर्भनर नियुक्त गरी ५२ प्रतिशत महिलामाथि न्याय गर्नुहोस्

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:५३

काठमाडौं । सांसद रोशन कार्कीले राष्ट्र बैंकको गर्भनर पद लिलामीका...

राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषको १० करोड ८० लाख ब्याजमा लगानी गर्ने

राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषको १० करोड ८० लाख ब्याजमा लगानी गर्ने

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:३६

काठमाडौं । नेपाल राष्ट्र बैंकले अवकाश कोष अन्तर्गतको कर्मचारी सुरक्षण...