भाटभटेनीका अध्यक्ष गुरुङले गरे बाढी पीडितलाई १ करोड ११ लाख सहयोग घोषणा
वि.सं.२०८१ असोज १४ सोमवार
काठमाडौं । भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष मीनबहादुर गुरुङले बाढी पीडितका लागि १ करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोगको घोषणा गरेका छन् ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत उक्त सहयोग बाढी पीडितको उद्धार र राहतका लागि प्रदान गर्न लागेको बताएका छन् ।
उनले पछिल्लो अविरल वर्षामा हजारौँ नागरिक विस्थापित हुने अवस्था आएको भन्दै सरकारी राहत कोषमा सहयोग जम्मा गर्न लागेको बताए ।‘अहिले बाढी पीडितका लागि एक करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोगको घोषणा गरेको छु, उनले भने ।’
प्रकाशित समय : १५:४१ बजे