back
nactional

यि हुन् विश्वभरी सबैभन्दा धेरै सैन्य खर्च गर्ने ५ देश

काठमाडौं । संसारभरी सैन्य खर्च पहिलो पटक दुई ट्रिलियन डलरभन्दा बढी पुगेको छ । यो जानकारी सिपरी अर्थात् स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युटले आफ्नो रिपोर्टमा दिएको छ ।

सन् २०२१ मा जुन पाँच देशले सैन्य क्षेत्रमा सबैभन्दा बढी खर्च गरेका छन्, ती हुन् अमेरिका, चीन, भारत, बेलायत र रुस ।

सिपरीका अनुसार यी पाँच देशको सैन्य क्षेत्रमा खर्च पूरा विश्वको खर्चको ६२ प्रतिशत थियो ।

सिपरीको रिपोर्ट अनुसार सन् २०२१ मा भारतको सैन्य खर्च ७६.६ अर्ब डलर थियो । सन् २०२० को तुलनामा यसमा ०.९ को बढोत्तरी थियो जबकी सन् २०१२ को तुलनामा सैन्य खर्चमा ३३ प्रतिशतको वृद्धि थियो । रिपोर्टका अनुसार घरेलु हतियार उद्योगलाई बलियो बनाउनका लागि भारतको सैन्य बजेटको ६४ प्रतिशत घरेलु स्तरमा बनेको हतियार खरिद गर्नका लागि थियो ।

सिपरीका अनुसार अमेरिकाको सैन्य खर्चमा सन् २०२० को तुलनामा १.४ प्रतिशतको गिरावट आएको छ । सन् २०२१ मा अमेरिकाले आफ्नो सैन्य खर्चको २४ प्रतिशत सैनिक अनुसन्धान र विकासमा लगाइयो । चीनबारे रिपोर्टमा दिएको जानकारी अनुसार उसले सन् २०२१ मा आफ्नो सैन्य बजेटमा ४.७ प्रतिशतको बढोत्तरी गर्यो ।

सिपरीका अनुसार चीनको सैन्य खर्च २७ वर्षदेखि लगातार बढिरहेको छ । रिपोर्टका अनुसार युक्रेनसँग आफ्नो सम्भावित युद्धलाई मध्यनजर गर्दै रुसले सन् २०२१ मा पनि आफ्नो सैन्य खर्च बढायो । सन् २०२० को तुलनामा रुसले आफ्नो सैन्य खर्च २.९ प्रतिशत बढायो ।
Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

रुपन्देहीमा एक वर्षमा २४ हजारभन्दा बढी राहदानी आवेदन, राजस्व झन्डै साढे ९ करोड

रुपन्देहीमा एक वर्षमा २४ हजारभन्दा बढी राहदानी आवेदन, राजस्व झन्डै साढे ९ करोड

वि.सं.२०८३ भदौ ४ बिहीवार १३:५६

भैरहवा । रुपन्देहीमा राहदानी बनाउने नागरिकको संख्या उल्लेख्य रहेको देखिएको...

अनुदान र सहुलियतपूर्ण ऋण एउटै डालोमा राख्न मिल्दैन : अर्थमन्त्री वाग्ले

अनुदान र सहुलियतपूर्ण ऋण एउटै डालोमा राख्न मिल्दैन : अर्थमन्त्री वाग्ले

वि.सं.२०८३ भदौ ४ बिहीवार १३:५२

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपालमा आउने वैदेशिक सहायता, अनुदान...

इन्टरनेट सेवा प्रदायकको २ अर्ब ९४ करोड राजस्व विवादमा सर्वोच्चद्वारा मूल मिसिल झिकाउने आदेश

इन्टरनेट सेवा प्रदायकको २ अर्ब ९४ करोड राजस्व विवादमा सर्वोच्चद्वारा मूल मिसिल झिकाउने आदेश

वि.सं.२०८३ भदौ २ मंगलवार १७:४४

काठमाडौं ।  इन्टरनेट सेवा प्रदायकबाट उठाउनुपर्ने दूरसञ्चार सेवा दस्तुरसम्बन्धी ठूलो...

सिँचाइका ६ राष्ट्रिय गौरवका आयोजनाको नयाँ डेडलाइन: महाकाली २०९१/९२ सम्म सकिने

सिँचाइका ६ राष्ट्रिय गौरवका आयोजनाको नयाँ डेडलाइन: महाकाली २०९१/९२ सम्म सकिने

वि.सं.२०८३ भदौ २ मंगलवार १६:५१

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका...

नेपालको अटोमोबाईल क्षेत्रलाई ‘मेक इन नेपाल’ बाट ‘मेड इन नेपाल’मा लैजान सकिन्छः सौरभ ज्योती

नेपालको अटोमोबाईल क्षेत्रलाई ‘मेक इन नेपाल’ बाट ‘मेड इन नेपाल’मा लैजान सकिन्छः सौरभ ज्योती

वि.सं.२०८३ भदौ १ सोमवार ०७:४४

काठमाडौँ। नेपालमा तीव्र गतिमा अघि बढिरहेको अटोमोबाइल एसेम्ब्ली उद्योगलाई अब...

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

वि.सं.२०८३ साउन २५ सोमवार १६:२८

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको आर्थिक रूपान्तरणका लागि...