आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र पीक मिबिच बीमासेवा सम्बन्धि सम्झौता

वि.सं.२०७८ कात्तिक २३ मंगलवार

काठमाडौँ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र पीक मिबिच दुर्घटना बीमासेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र पिक मीका अध्यक्ष प्रसन्न अधिकारीले हस्ताक्षर गरेका हुन् ।
यस सम्झौता पश्चात पिक मीका चालक र प्रयोग गर्ने सबै ग्राहकहरुको अक्षेरुपीएक लाख)सम्मको दुर्घटना बीमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट हुनेछ ।
सम्झौता पत्रमा हस्ताक्षर पश्चात पिक मीका अध्यक्ष प्रसन्न अधिकारीले आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट पिक मीका चालक तथा ग्राहकको बीमागराउन पाएकोमा खुशी व्यक्त गर्दै कम्पनीको तर्फबाट चालक तथा पिकमीका ग्राहकले ride sharing, food delivery, logistic support, mart एउटै एप बाट गर्ने व्यवस्था रहेको रसो एप Playstore तथा App Store बाट डाउनलोड गर्नसकिने व्यहोरा जानकारी गराए ।
आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले पिक मीका चालक र ग्राहक महानुभावहरुलाई कम्पनीसँग बीमा गर्ने अवसर प्रदान गरेकोमा पिकमीका अध्यक्षल लगायत टिमलाई धन्यवाद दिँदै पिकमी प्रयोग गर्ने चालक र सबै ग्राहकहरुलाई दुर्घटना बीमागर्न पाएकोमा खुशी व्यक्त गरे ।
उक्त अवसरमा श्रेष्ठले कम्पनीले आवश्यक पर्ने सबै किसिमको निर्जीवन बीमा सेवा सहज रुपमाप्रदान गर्ने व्यहोरा जानकारी गराउँदै ढुक्क भएर बीमासेवा लिन पनि सबैमा आग्रह गरे ।

प्रकाशित समय : १०:१० बजे