back

नेपाल पेमेन्ट सोलुसन्स र बैंक अफ काठमाण्डूबीच डिजिटल इकोसिस्टम विस्तारका लागि सम्झौता

काठमाडौँ। नेपाल पेमेन्ट सोलुसन्स प्रालिले आफ्नोे डिजिटल इकोसिस्टम विस्तार गर्दै बैंक अफ काठमाण्डूसँग सहकार्यका लागि सम्झौता गरेको छ।

नेपाल पेमेन्ट सोलुसन्स तर्फबाट सीएक्सओ प्रताप श्रेष्ठ र बिजनेस डेभलपमेन्ट मेनेजर सिमन श्रेष्ठ तथा बैंक अफ काठमाण्डूका तर्फबाट हेड–कार्ड एन्ड टेक–बेस्ड सर्भिस अपरेसन्स अमर राजभन्डारी र अफिसर–कार्ड एन्ड टेक–बेस्ड सर्भिस अपरेसन्स डिलन शाक्यले आ–आफ्ना संस्थाको प्रतिनिधित्व गर्दै सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

यस सम्झौताअनुसार अब बैंक अफ काठमाण्डूसँग आबद्ध ग्राहकले नेपाल पेमेन्ट सोलुसन्सको फन्ड ट्रान्सफर, लिंक अकाउन्ट, लोड वालेटजस्ता सम्पुर्ण सेवाहरु उपयोग गर्न पाउनेछन्।

नेपाल पेमेन्ट सोलुसन्सले यी सेवा डिजिटल वालेट, रेमिट्यान्स कम्पनीहरुमार्फत उपलब्ध गराएको छ।

नेपाल पेमेन्ट सोलुसन्स एक भुक्तानी प्रणाली एग्रीगेटर हो। जसले विशेष गरी बैंक तथा वित्तीय संस्थाहरु, पीएसपीहरु, रेमिट्यान्स कम्पनीहरु र व्यावसायिक क्षेत्रहरुमा केन्द्रित रहेर काम गर्ने गर्दछ ।

नेपाल पेमेन्ट सोलुसन्सले अधिकांश क, ख र ग वर्गका बैंक तथा अन्य वित्तीय संस्थाहरुसँग सहकार्य गरी काम गरिरहेको छ।

समग्रमा नेपाल पेमेन्ट सोलुसन्स एउटा फिन्टेक क्षेत्रमा नाम बनाइसकेको बलियो कम्पनी हो, जसले ३० भन्दा बढी बैंक, २० भन्दा बढी वालेट तथा १० भन्दा बढी रेमिट्यान्स कम्पनीहरुलाई जोड्दै अघि बढिरहेको छ।

२०७८ असोज ८ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नीतिगत सुधारको माग गर्दै श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउन बन्द 

नीतिगत सुधारको माग गर्दै श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउन बन्द 

वि.सं.२०८३ साउन २२ शुक्रवार २०:१२

काठमाडौंं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रमा...

सार्वजनिक सडक विधेयकबारे ट्रक व्यवसायी : पाँच लाख जरिवाना संशोधन गर्न माग

सार्वजनिक सडक विधेयकबारे ट्रक व्यवसायी : पाँच लाख जरिवाना संशोधन गर्न माग

वि.सं.२०८३ साउन २२ शुक्रवार १३:४०

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले प्रतिनिधिसभामा प्रस्तुत ‘सार्वजनिक...

सांसद यादवको प्रश्न : ढल्केबरको ट्रमा सेन्टर योजना कहाँ हरायो ? 

सांसद यादवको प्रश्न : ढल्केबरको ट्रमा सेन्टर योजना कहाँ हरायो ? 

वि.सं.२०८३ साउन २२ शुक्रवार १३:३७

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा.चन्द्रमोहन यादवले मधेश प्रदेशको धनुषास्थित...

कोइराला निवास पुनर्निर्माण तथा मर्मत सम्हारका लागि सरकारी बजेट अस्वीकार

कोइराला निवास पुनर्निर्माण तथा मर्मत सम्हारका लागि सरकारी बजेट अस्वीकार

वि.सं.२०८३ साउन २२ शुक्रवार १३:००

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले २०८२ भाद्र २४...

युरोपमा आप्रवासी संकट : स्यूटाका स्थानीय दबाबमा 

युरोपमा आप्रवासी संकट : स्यूटाका स्थानीय दबाबमा 

वि.सं.२०८३ साउन २२ शुक्रवार १२:५७

एजेन्सी । स्पेनको स्युटामा रोजगारी र नयाँ जीवनको खोजीमा पुगेका...

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

वि.सं.२०८३ साउन २२ शुक्रवार १०:५९

काठमाडौं। आन्तरिक राजस्व विभागले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत...