सुनको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
वि.सं.२०७८ असोज १९ मंगलवार
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ । सोमबार स्थीर रहेको सुनको मूल्य आज भने प्रतितोला पाँच सय रुपैयाँले बढेको हो ।
महासंघका अनुसार मंगलबारका लागि छापावाला सुनको भाउ तोलामा ९० हजार ३०० रुपैयाँ, तेजावी सुनको भाउ ८९ हजार ८५० रुपैयाँ र चाँदीको भाउ प्रतितोला १ हजार १६० रुपैयाँ कायम भएको छ ।
सोमबार छापावाला सुन तोलाको ८९ हजार ८०० रुपैयाँ तथा तेजावी सुन ८९ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार सुनको मूल्य बढेपनि चाँदी स्थीर रहेको महासंघले जनाएको छ ।
२०७८ असोज १९ गते प्रकाशित
प्रकाशित समय : ११:४६ बजे






















