back

इसेवाको चाडपर्व लक्षित अफर, आकर्षक पुरस्कारका साथै बैंकमा निःशुल्क रकम ट्रान्सफर

काठमाडौँ। नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले नेपालीको महान चाड दसैँ र तिहारलाई लक्षित गर्दै विभिन्न किसिमका योजना सार्बजनिक गरेको छ।

योजनाअनुसार इसेवामार्फत घटस्थापना देखि १० दिनसम्म कुनै पनि बैंकमा निःशुल्क रकम ट्रान्सफर गर्न सकिनेछ। यस्तै बम्पर उपहारमा १०० मा स्कुटर योजनामा एकजना भाग्शाली विजेताले स्कुटर जित्न सकिनेछ। स्कुटर नपाउने व्यक्तिको रकम टपअपद्वारा फिर्ता गरिनेछ।

यस्तै साप्ताहिक रुपमा एकजना भाग्यशाली विजेताले आकर्षक उपहार प्राप्त गर्नेछन्। सेन्ड मनी दसैँ क्याम्पेनमा ५०० जनाले ५०० र सेन्ड मनी तिहार योजनामा पनि ५०० जनाले नै ५०० डिजिटल दक्षिणा प्राप्त गर्नेछन्। यस्तै फ्ल्यास अफरअन्तर्गत मोबाइल रिचार्जमा १० प्रतिशत अथवा ५० सम्मको क्यासब्याक पाउन सकिनेछ। यो योजना ४ अक्टोबरदेखि १३ अक्टोबरसम्म लागू हुनेछ।

यस्तै एयरलाइन्स योजनामा दैनिक ३ जनाले रिटर्न टिकट प्राप्त गर्नेछन् भने एकजना भाग्यशाली विजेताले स्कुटर जित्न सक्नेछन्। यो योजना २८ सेप्टेम्बरदेखि १२ अक्टोबरसम्म लागू हु्नेछ।

मोबाइल तथा इन्टरनेटका माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा हाल प्रत्यक्ष रुपमा खाता खोल्नेको संख्या करिब ५० लाख रहेको छ। यसैगरी अप्रत्यक्ष रुपमा करिब १ करोड ६० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन्।

हाल इसेवाका देशभर करिब १ लाख ४० हजार एजेन्ट (इसेवा जोन तथा प्वइन्ट) रहेका छन्। हाल इसेवामा मर्चेन्टको संख्या ३ लाख नाघिसकेका छन्।

इसेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल, कलेजलगायतका शुल्क भुक्तानी गर्न सकिन्छ।

इसेवामा हाल ५० वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन्। यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ।

२०७८ असोज १८ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अटोमोबाइल केवल व्यापार होइन पूर्ण इकोसिस्टम हो : नाइमा अध्यक्ष ऋतु सिंह वैद्य

अटोमोबाइल केवल व्यापार होइन पूर्ण इकोसिस्टम हो : नाइमा अध्यक्ष ऋतु सिंह वैद्य

वि.सं.२०८३ साउन २२ शुक्रवार ११:१२

काठमाडौं। पछिल्ला केही वर्षयता विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ को गम्भीर...

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

वि.सं.२०८३ साउन २२ शुक्रवार १०:५९

काठमाडौं। आन्तरिक राजस्व विभागले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:५६

काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालनका...

सीएफमोटो २५० डुअलमा अब ५ वर्ष वारेन्टी, यस्ता छन् नाइमा अफर

सीएफमोटो २५० डुअलमा अब ५ वर्ष वारेन्टी, यस्ता छन् नाइमा अफर

वि.सं.२०८३ साउन २१ बिहीवार २१:०१

काठमाडौं–सीएफमोटो मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले सीएफमोटो...

नेपालमा अब स्मार्ट सिटी इलेक्ट्रिक कार ‘भिअटो होनरी बोमा ईभी’ सार्वजनिक

नेपालमा अब स्मार्ट सिटी इलेक्ट्रिक कार ‘भिअटो होनरी बोमा ईभी’ सार्वजनिक

वि.सं.२०८३ साउन २१ बिहीवार २०:५८

काठमाडौं । एप्पल, एचपी, डाइसन तथा डेल लगायत विभिन्न अन्तर्राष्ट्रिय...

नयाँ टाटा पन्च ईभी नेपाल आइपुग्यो, नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक हुने

नयाँ टाटा पन्च ईभी नेपाल आइपुग्यो, नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक हुने

वि.सं.२०८३ साउन २१ बिहीवार २०:५४

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...