back

सामुदायिक वन महासङ्घको बैठक तुलसीपुरमा

दाङ । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालको राष्ट्रिय कार्यसमितिको छैटौँ बैठक तुलसीपुर उपमहानगरपालिकामा हुने भएको छ । विश्वव्यापीरूपमा पैmलिएको कोरोना महामारीका कारण आठ महिनापछि भौतिक उपस्थितिमा आजदेखि यही असोज १० गतेसम्म तुलसीपुरमा महासङ्घको बैठक हुने भएको हो ।

बैठकमा विगत लामो समयदेखि वन हेरालाका रूपमा रहेका समुदायिक वनका उपभोक्ताको अधिकारलाई सुनिश्चित गर्दै वनलाई आयआर्जनसँग जोड्ने ठोस लक्ष्यका साथ २५ वर्षे रणनीति तयार गरिने महासङ्घका केन्द्रीय अध्यक्ष भारती पाठकले बताइन् ।

उहाँका अनुसार बैठकले साङ्गठनिक तथा आर्थिक प्रतिवेदन, सवालगत छलफल, आगामी कार्ययोजना, कोरोनाका कारण ज्यान गुमाउनुभएकी महासङ्घ सचिवालय सदस्य सविना राई महिला सशक्तीकरण पुरस्कार कोष स्थापना गर्ने कार्यक्रम रहेको छ ।

बैठकको पहिलो दिन आज स्थानीय महासङ्घसहित सरोकारवालाको सहभागितामा सामुदायिक वन अधिकार सम्मेलनको आयोजना गरिने भएको स्थानीय महासङ्घका अध्यक्ष चन्द्रबहादुर ओलीले जानकारी दिए ।

बैठकमा महासङ्घका केन्द्रीय पदाधिकारीसहित स्थायी समिति सदस्य, केन्द्रीय सदस्य र महासङ्घका सात प्रदेशका अध्यक्ष गरी कूल ९५ जनाको सहभागिता रहने छ । बैठकका अधिकांश सहभागी तुलसीपुर आइसकेको महासङ्घका सचिव ठाकुर भण्डारीले जानकारी दिए ।

२०७८ असोज ८ गते प्रकाशित


योजना आयोग र राष्ट्र  बैङ्क गर्भनर बिच छलफल: मौद्रिक नीति र वित्त नीतिको सामञ्जस्यता  सम्बन्धमा कुराकानी

योजना आयोग र राष्ट्र बैङ्क गर्भनर बिच छलफल: मौद्रिक नीति र वित्त नीतिको सामञ्जस्यता सम्बन्धमा कुराकानी

वि.सं.२०८२ असार २३ सोमवार १६:१६

काठमाडौँ । राष्ट्रिय योजना आयोग र राष्ट्र बैङ्कका गभर्नर बिच...

बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार: अर्थमन्त्री पौडेल

बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार: अर्थमन्त्री पौडेल

वि.सं.२०८२ असार १८ बुधवार १७:०४

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकतन्त्र र गणतन्त्रको...

२०३० सम्ममा पाँच लाख हरित रोजगारी सिर्जना गर्ने लक्ष्य छ ः उपाध्यक्ष अधिकारी 

२०३० सम्ममा पाँच लाख हरित रोजगारी सिर्जना गर्ने लक्ष्य छ ः उपाध्यक्ष अधिकारी 

वि.सं.२०८२ असार १६ सोमवार १५:३३

काठमाडौँ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले प्रकृतिमा आधारित...

विदेशी लगानीकर्ताले खाता खोल्न पाउने ,१० लाख डलरसम्म विदेशमा लगानी गर्न सक्ने गरी केन्द्रीय बैंकले गर्यो विनियमावली संशोधन

विदेशी लगानीकर्ताले खाता खोल्न पाउने ,१० लाख डलरसम्म विदेशमा लगानी गर्न सक्ने गरी केन्द्रीय बैंकले गर्यो विनियमावली संशोधन

वि.सं.२०८२ असार ५ बिहीवार १९:५८

काठमाडाैं । नेपाल राष्ट्र बैंकले विदेशमा लगानी गर्न पाउने गरी...

नेपालको स्तरोन्नती प्रक्रियाले अन्तर्राष्ट्रिय सहकार्य, व्यापार, र लगानीका नयाँ अवसरहरू खोल्नेछ  : उपाध्यक्ष अधिकारी 

नेपालको स्तरोन्नती प्रक्रियाले अन्तर्राष्ट्रिय सहकार्य, व्यापार, र लगानीका नयाँ अवसरहरू खोल्नेछ  : उपाध्यक्ष अधिकारी 

वि.सं.२०८२ असार ५ बिहीवार १५:४५

काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.शिवराज अधिकारीले नेपालको विकासिल मुलुकमा...

‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि समझदारी पत्रमा हस्ताक्षर

‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि समझदारी पत्रमा हस्ताक्षर

वि.सं.२०८२ असार ३ मंगलवार १९:२३

काठमाडौं । ‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि नेपाल...