back
skip this gaugauma singhadarbar

केही विदेशी लगानीकर्ताहरू ‘पर्ख र हेर’को अवस्थामा रहेपनि हात झिक्छौँ भनेका छैनन् सीईओ अध्यक्ष

काठमाडौं । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशिल ज्ञवालीले केही विदेशी लगानीकर्ताहरू ‘पर्ख र हेर’को अवस्थामा रहेपछि हात झिक्छौँ नभनेको बताएका छन् । नेपालमा लगानी गर्नका लागि लगानीकर्ताहरू उत्साहित रहेको उनले बताए ।

आइतबार नाफिजको साधारण सभामा बोल्दै सीईओ ज्ञवालीले भने, ‘१७ सय अर्ब बराबरका प्रोजेक्ट पाइपलाइनमा रहेका छन् । केही लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा छन् । तर, हालसम्म लगानी गर्न चाहेका लगानीहरूले हात झिक्छौँ भनेका छैनन् । बरु उनीहरूले नेपालमा लगानीको वातावरण राम्रो बन्दै गएकाले अब तीव्र गतिमा काम गर्नका लागि उत्साहित रहेका छन् ।’
अहिले गेमि चेन्जिङ प्रोजेक्टहरू पाइपलाइनका रहेकाले ती प्रोजेक्टहरू फाइनल हुन लागेको समेत उनले जानकारी दिए ।

उनका अनुसार लगानी बोर्डमा विज्ञहरूलाई सदस्यकोरुपमा राख्ने तयारी थालिएको छ । बोर्डमा विज्ञ आवश्यक रहेकाले उनीहरूलाई सदस्यकारुपमा बोर्डमा ल्याउनुपर्ने आवश्यक रहेकाले छ ।
‘लगानी बोर्ड रिर्फमको प्रक्रियामा छ । लगानी बोर्डमा विज्ञहरूलाई सदस्यकोरुपमा राख्ने तयारी भइरहेको छ । नेपालमा लगानी बढाउनका लागि अफठ्यारोमा परेको विषयहरूलाई सम्बोधन गर्दै सहज वातावरण बनाउन बोर्ड तयार छ’, उनले भने ।

लगानीकर्ताहरूमा ढुक्क भएर लगानी गर्न आग्रह गर्नुपर्ने आवश्यक रहेको उनले बताए । सीईओ ज्ञवालीले भने, ‘जेनजी आन्दोलनपछि लगानीकर्ताहरूले नेपालको अवस्थामा चासो बढाएका छन् । अब लगानीमा लगानी बढाउनका लागि लगानीकर्ताहरूमा ढुक्क बनाउनु पर्छ । उनीहरू लगानी गर्न ढुक्क भएनन् भने उनीहरूमा लगानी गर्ने कन्फिडेन्स आउँदैन ।’

पछिल्लो समयमा निजी क्षेत्र, लगानीकर्ता र सरकारबीच लगानीको वातावरण बढाउनका लागि बोर्डले काम गरिरहेको उनले जानकारी दिए । यसका लागि अर्थमन्त्रीसहित निजी क्षेत्र र जेनजी आन्दोलनमा प्रत्यक्ष प्रभाव परेकोहरुबारे बसेर छलफल गर्दा हामी उठ्नै पर्छ र यसको विकल्प छैन भन्ने निष्कर्ष निकालिएको उनले बताए ।

लगानीकर्ताहरूले जुन जुन सर्त राखेर नेपाल आउने तयारी गरेका छन् उनीहरूको लागि सम्झौतामै भोलीका दिनमा परिवर्तन नहुने ढुक्क हुने विश्वास दिलाउने तयारी रहेको छ । उनीहरूले जुन टर्म अफ कन्डिसनमा लगानी गरेका छन् त्यो पछि परिवर्तन नहुने गरी सम्झौता गर्ने तयारी रहेको उनले जानकारी दिए ।

निजी क्षेत्रले नेपालका लगानीको वातावरण बनाउनका लागि कानुनी विषय र अप्ठ्यारो पाटाहरूलाई सहज बनाउनु पर्ने माग राखेका उनले बताए ।

उनका अनुसार सरकारले कुन कुन प्रोजेक्ट गर्ने र निजी क्षेत्रले कुन कुन गर्ने भन्नेबारे स्पष्ट पार्नका लागि समिति बनाएर काम गर्नेगरि बोर्ड अगाडी बढेको छ । प्रतिस्पर्धाको फ्रेमवर्कभन्दा बाहिर रहेर कुनै पनि प्रोजेक्ट नदिने अप्रोच बोर्डले अगाडी बढाएको सीईओ ज्ञवालीले जानकारी दिए ।

gaugauma singhadarbar

काठमाडौंमा विद्युतीय तार भूमिगत गर्ने काम अघि बढ्ने

काठमाडौंमा विद्युतीय तार भूमिगत गर्ने काम अघि बढ्ने

वि.सं.२०८२ मंसिर २१ आइतवार १७:२७

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्रको विद्युतीय तार भूमिगत गर्ने काम...

रियल–इस्टेट क्षेत्रमा सरकारको नियमन आवश्यक : महासंघ

रियल–इस्टेट क्षेत्रमा सरकारको नियमन आवश्यक : महासंघ

वि.सं.२०८२ मंसिर २१ आइतवार १७:१५

काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघले रियल–इस्टेट तथा...

‘अर्थतन्त्रको मुहान भनेको निजी क्षेत्र हो, मुहान सुदृढ नभई आर्थिक गतिविधि विस्तार हुन सक्दैन’

‘अर्थतन्त्रको मुहान भनेको निजी क्षेत्र हो, मुहान सुदृढ नभई आर्थिक गतिविधि विस्तार हुन सक्दैन’

वि.सं.२०८२ मंसिर २१ आइतवार ११:२६

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेस अग्रवालले निजी...

बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा

बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा

वि.सं.२०८२ मंसिर २१ आइतवार ११:१९

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा...

सुख्खाग्रस्त गाउँमा हरियाली : शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत

सुख्खाग्रस्त गाउँमा हरियाली : शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत

वि.सं.२०८२ मंसिर २१ आइतवार ११:१४

रामेछाप । मन्थली नगरपालिका–७ भटौलीका ४० वर्षीय दिलबहादुर अछामीलाई धेरैले...

आज सुनको मूल्य घट्दा चाँदीको मूल्य भने बढ्यो

आज सुनको मूल्य घट्दा चाँदीको मूल्य भने बढ्यो

वि.सं.२०८२ मंसिर २१ आइतवार ११:०७

काठमाडौं ।  आज नेपाली बजारमा सुनको मूल्य सामान्यरुपमा घटेको छ...