back
skip this gaugauma singhadarbar

सारथी केबल इन्डष्ट्रिजको व्यापार ४१ प्रतिशतले बढ्यो

काठमाडौं । सारथी केबल इन्डष्ट्रिजको व्यापार ४१ प्रतिशतले बढेको छ । कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा ४१ प्रतिशतले बढेको हो ।

कम्पनीले सन् २०२४ मा ३८ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०२५ मा ५४ करोड २० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ मा ५१ करोड रुपैयाँ, सन् २०२२ मा ६५ करोड ३० लाख रुपैयाँ र सन् २०२१ मा ७५ करोड रुपैयाँको व्यापार गरेको थियो ।कम्पनीको व्यापार बढे पनि पछिल्लो तीन वर्षदेखि खुद नाफा भने १ प्रतिशतभन्दा कम रहेको रेटिङमा उल्लेख छ ।

सन् २००५ मा स्थापना भएको कम्पनीले अल्मोनियम र कपर तार र केबल उत्पादन गर्दै आएको छ । कम्पनीले वार्षिक १५ सय ४८ मेट्रिक टन अल्मोनियमजन्य सामग्री र ११ सय ६१ मेट्रिक टन कपरजन्य सामग्री वस्तु उत्पादन गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ ।

अंकित भुसालको ९९.७६ प्रतिशत स्वामित्व रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ८० करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ४९ करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि ३१ करोड रुपैयाँको रेटिङ गराएको हो । भुसाल ग्रुपद्वारा सञ्चालित कम्पनीमा तीन जना बोर्ड सदस्य छन् । कम्पनीले हाउस वायरिङ केबल र पावर केबल उत्पादन गर्दै आएको छ । कम्पनीले उत्पादन गरेको सामग्री आवासीय तथा व्यवसायिक सेग्मेन्टमा उच्च प्रयोग हुँदै आएको छ ।

gaugauma singhadarbar

काठमाडौंमा विद्युतीय तार भूमिगत गर्ने काम अघि बढ्ने

काठमाडौंमा विद्युतीय तार भूमिगत गर्ने काम अघि बढ्ने

वि.सं.२०८२ मंसिर २१ आइतवार १७:२७

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्रको विद्युतीय तार भूमिगत गर्ने काम...

रियल–इस्टेट क्षेत्रमा सरकारको नियमन आवश्यक : महासंघ

रियल–इस्टेट क्षेत्रमा सरकारको नियमन आवश्यक : महासंघ

वि.सं.२०८२ मंसिर २१ आइतवार १७:१५

काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघले रियल–इस्टेट तथा...

केही विदेशी लगानीकर्ताहरू ‘पर्ख र हेर’को अवस्थामा रहेपनि हात झिक्छौँ भनेका छैनन् सीईओ अध्यक्ष

केही विदेशी लगानीकर्ताहरू ‘पर्ख र हेर’को अवस्थामा रहेपनि हात झिक्छौँ भनेका छैनन् सीईओ अध्यक्ष

वि.सं.२०८२ मंसिर २१ आइतवार ११:३०

काठमाडौं । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशिल ज्ञवालीले...

‘अर्थतन्त्रको मुहान भनेको निजी क्षेत्र हो, मुहान सुदृढ नभई आर्थिक गतिविधि विस्तार हुन सक्दैन’

‘अर्थतन्त्रको मुहान भनेको निजी क्षेत्र हो, मुहान सुदृढ नभई आर्थिक गतिविधि विस्तार हुन सक्दैन’

वि.सं.२०८२ मंसिर २१ आइतवार ११:२६

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेस अग्रवालले निजी...

बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा

बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा

वि.सं.२०८२ मंसिर २१ आइतवार ११:१९

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा...

सुख्खाग्रस्त गाउँमा हरियाली : शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत

सुख्खाग्रस्त गाउँमा हरियाली : शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत

वि.सं.२०८२ मंसिर २१ आइतवार ११:१४

रामेछाप । मन्थली नगरपालिका–७ भटौलीका ४० वर्षीय दिलबहादुर अछामीलाई धेरैले...