back
himalayan life

नेपाली युवाहरु विश्व मञ्चको नेतृत्वदाही तहमा पुगेको देख्न चाहन्छु : मन्त्री सिंह

काठमाडौं । उपप्रधान एंव सहरी विकासमन्त्री प्रकाशमान सिंहले युवाहरु प्राविधिक, आर्थिक, राजनीतिक, पर्यावरणिय तथा सांस्कृतिक क्षेत्रमा नेतृत्वदाही तहमा पुगेको देख्न चाहेको बताएका छन्।

बुधबार काठमाडौंमा आयोजित नमुना संयुक्त राष्ट्रसंघीय अभ्यास कार्यक्रममा बोल्दै उनले युवा सहभागितालाई विश्वले निकै महत्व दिएको भन्दै नेपाली युवाहरु पनि विश्व मञ्चको नेतृत्वदाही तहमा पुगेको देख्न चाहेको बताए ।

उनले भने, ‘यो युवाहरुको देश हो । युवाले नै बनाउनुपर्छ, त्यसैले युवासँग सिर्जनाको मुहान छ । सहाशिला पनि युवा नै हुन्छन् त्यसैले युवा सहभागितालाई विश्वले निकै महत्व दिएको पाइन्छ । हामी हाम्रा युवाहरु विश्व मञ्चमा प्राविधिक, आर्थिक, राजनीतिक, पर्यावरणिय तथा सांस्कृतिक क्षेत्रमा नेतृत्वदाही तहमा पुगेको देख्न चाहान्छौँ । यसको लागि युवाहरुको विकासको लागि अनुकुल वातावरण निर्माण गरि नीति निर्माणदेखि कार्यान्वयन तहसम्म संलग्न गराउने उद्देश्यले राष्ट्रिय युवा परिषद् स्थापना भएको छ र युवा केन्द्रीत कार्यक्रमहरु पनि सञ्चालन हुँदै आएको छ ।’

यस्तै, उनले हातहतियारको प्रयोग लगायतका सवालहरुमा युवा वर्गलाई सचेत गराउनुको साथै समस्या समाधानको लागि युवाबीच छलफल अन्तरक्रिया गर्न यो कार्यक्रम महत्वपूर्ण हुने विश्वास लिएको बताए ।

सोही कार्यक्रममा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले उर्जाशिल युवा समुहलाई सकारात्मक भावनाका साथ राष्ट्र निर्माणमा लाग्नको लागि प्रेरणा र प्रोत्साहन गर्ने दायित्व सबैको भएको बताए ।

उनले भने, ‘मुलुकको विकासमा युवा बलको भूमिका सधैँ महत्वपूर्ण र निर्णायक रही आएको छ । अहिले नेपालको कुल जनसंख्यामा १६ देखि ४० वर्ष उमेर समुहका युवाहरुको अनुपातमा ४२ प्रतिशतभन्दा बढि रहेको छ । यो उर्जाशिल समुहलाई सकारात्मक भावनाका साथ राष्ट्र निर्माणमा लाग्नको लागि प्रेरणा र प्रोत्साहन गर्ने दायित्व हामी सबैको हो । युवा वर्गको आकांक्षा पूरा गर्न खेलकुद मन्त्रालय अन्तरगत राष्ट्रि युवा परिषद्को स्थापना भएको हो ।’

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बौद्धस्थित भाटभटेनी सुपरस्टोर पुनः सञ्चालनमा

बौद्धस्थित भाटभटेनी सुपरस्टोर पुनः सञ्चालनमा

वि.सं.२०८३ असार १० बुधवार १३:४८

काठमाडौं । काठमाडौंको बौद्धस्थित भाटभटेनी सुपरस्टोर आज(वुधबार) देखि पुनः सञ्चालनमा...

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

वि.सं.२०८३ असार १० बुधवार १२:१९

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य घटेको छ...

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

वि.सं.२०८३ असार ९ मंगलवार ११:२०

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य घटेको छ...

दक्षिणढोकामा स्वागत ट्रेडिङ ग्रुपको नयाँ बहु–ब्रान्ड शोरूम संचालनमा

दक्षिणढोकामा स्वागत ट्रेडिङ ग्रुपको नयाँ बहु–ब्रान्ड शोरूम संचालनमा

वि.सं.२०८३ असार ८ सोमवार १९:१७

काठमाडौं । स्वागत ट्रेडिङ ग्रुपले काठमाडौंको गोकर्णेश्वर नगरपालिका–७, दक्षिणढोकामा आफ्नो...

नेपालमै पहिलोपटक न्यूरोडको पाकोमा खुल्यो अत्याधुनिक रिपेयरीङ सेन्टर

नेपालमै पहिलोपटक न्यूरोडको पाकोमा खुल्यो अत्याधुनिक रिपेयरीङ सेन्टर

वि.सं.२०८३ असार ८ सोमवार ११:४५

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?

वि.सं.२०८३ असार ८ सोमवार ११:४४

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्य बढेको छ...