back

उद्योगीले निवेदन दिएको ९० दिनभित्र डेडिकेटेड र ट्रंकलाइनको विवाद समाधान गर्छौं : विद्युत नियमन आयोग

हामी चाहिँ ९० दिनभित्र दुधको दुध पानीको पानी छुट्याइदिन्छौं, हाम्रो निर्णय चित्त बुझेन भने अदालत जानुहोस् भन्छौँ ।’

काठमाडौं । विद्युत नियमन आयोगले उद्योगीले निवेदन दिएको ९० दिनभित्र डेडिकेटेड र ट्रंकलाइनको विवाद फरफारक गर्ने बताएको छ । इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) कार्यसमितिसँगको भेटवार्ताका क्रममा आयोगका अध्यक्ष डा. रामप्रसाद धितालले उद्योगीले प्रक्रियासम्मत ढंगले निवेदन दिएको तीन महिनाभित्र विवाद टुंग्याइदिने बताएका हुन् ।

‘एकातिर उद्योगीहरु बाहिर–बाहिर घुमिरहेका छन्, यहाँ आएका छैनन्,’ उनले भने, ‘अर्कोतिर विगतमा आयोगमा बस्नेहरु पनि विवादित भइन्छ कि भनेर डराए, अहिले नयाँ टिम आएको छ, हामी चाहिँ ९० दिनभित्र दुधको दुध पानीको पानी छुट्याइदिन्छौं, हाम्रो निर्णय चित्त बुझेन भने अदालत जानुहोस् भन्छौँ ।’

आयोगले गरेको निर्णय चित्त बुझेन भने मन्त्रालय या मन्त्रिपरिषद होइन, अदालत जानुपर्ने डा. धितालले स्पष्ट पारे । निवेदन प्राप्त भएको ९० दिनभित्र किनारा लगाउन सकिने भने मेरो कुर्सीको के काम ? भन्दै उनले आफैंलाई प्रश्न गरे ।

‘डेडिकेटेड र ट्रंकलाइनको विवाद नियमन आयोगले नै समाधान गर्नुपर्ने हो । त्यसलाई समाधान गर्ने जिम्मेवारी हाम्रै हो । तर, विगतमा हामीले गर्न सकेनौँ । विगतमा यसमा आयोग चुकेकै हो,’ अध्यक्ष धितालले भने, ‘जिम्मेवारी लिएर बसिएको छ र कानुनले अधिकार दिएको छ भने विवादमा परिन्छ कि भनेर पन्छिनु हुँदैन ।’

समयमा बिलिङ नभएको विषयमा प्रश्न उठ्न सक्ने भए पनि प्रयोग गरेको बिजुलीको बिल सबैले तिर्नुपर्ने उनले स्पष्ट पारे । आयोगले यसप्रकारका विवाद निरुपणका निर्देशिक जारी नै गरेको छ । निर्देशिकामा विवादित रकमको ५ प्रतिशत शुल्क तिरेर आयोगमा निवेदन दिन सकिने व्यवस्था छ ।
आयोगले ‘९० दिनभित्र विवाद समाधान गर्छौं’ भनिरहँदा अहिलेसम्म कुनै पनि उद्योगी ‘म अन्यायमा परेँ’ वा ‘मलाई न्याय चाहियो’ भनेर निवेदन दिन गएका छैनन् । ‘यसमा हामीले पनि म्यासेज पु¥याउने नसकेको हुनसक्छ,’ धितालले भने ।

nactional life
Corporatebazar 11 Anniversary

श्रमिकलाई घडेरी किन्न १ करोड ५० लाखसम्म ऋण, ब्याजदर ६ प्रतिशत मात्रै

श्रमिकलाई घडेरी किन्न १ करोड ५० लाखसम्म ऋण, ब्याजदर ६ प्रतिशत मात्रै

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १७:२२

काठमाडौं । सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकहरूका लागि खुसीको खबर...

खाना पकाउने ग्यास १५० रूपैयाँले बढ्दा पेट्रोल र डिजेलको मूल्य कति?

खाना पकाउने ग्यास १५० रूपैयाँले बढ्दा पेट्रोल र डिजेलको मूल्य कति?

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:५९

काठमाडौं । नेपाल आयल निगमले इन्धनको नयाँ मूल्य समायोजन गरेको...

बढ्यो सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२४

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज (शुक्रबार) ३ हजार...

रामेछाप जोड्ने तीन वटा पक्की पुलको एकैसाथ टेण्डर खुल्यो

रामेछाप जोड्ने तीन वटा पक्की पुलको एकैसाथ टेण्डर खुल्यो

वि.सं.२०८३ वैशाख १७ बिहीवार १२:५७

रामेछाप । रामेछाप जोड्ने ३ वटा पक्की पुलको एकै पटक...

सुनचान्दीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचान्दीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८३ वैशाख १७ बिहीवार ११:०४

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:३०

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...