back

नीति तथा कार्यक्रममा शहरी विकास मन्त्रालयका के के विषय प्राथमितामा परे ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार आव ०८२/८३ काे नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएकाे छ । संघीय संसद भवनमा प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त सभालाई सम्बोधन गर्दै उहाँले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएकाे हाे ।

नीति तथा कार्यक्रममा शहरी विकासका विभिन्न विषय समेटिएका छन् । उपप्रधानमन्त्रीसहित शहरी विकास मन्त्रालय सम्हालेपछि प्रकाशमान सिंहले काठमाडौं उपत्यकालाई सफा शहरका रूपमा विकास गर्ने, शहरीकरण व्यवस्थित रूपमा अघि बढाउने, उपत्यकाका नदी स्वच्छ बनाउने, पूर्वाधार विकासमा तीन तहकाे सरकारकाे समन्वय राम्राे बनाउने लगायतका विषयलाई प्राथमिकतामा राख्दै आएकाे थिया । ती विषय नीति तथा कार्यक्रममा समावेश भएका छन् ।

नीति तथा कार्यक्रममा शहरी विकास मन्त्रालयका यी विषय –
-काठमाडौं उपत्यकालाई व्यवस्थित र स्वच्छ वातावरणयुक्त स्थान बनाउन नदी संरक्षण र पर्यावरणीय सुधारकाे काम गरिने ।
आपतकालिन आवास तथा आवासविहिन परिवारका लागि आवास निर्माण कार्यलाई निरन्तरता दिने।

-कमजाेर र अव्यवस्थित शहरि क्षेत्रकाे एकीकृत विकास गरिने
-भृकुटीमण्डपलाई अन्तरास्ट्रिय स्तरकाे सभा हल, मनाेरञ्जन पार्क का रूपमा विकास गर्ने ।
शहरी पूर्वाधारका लागि थप पूँजी परिचालन गर्न नगर विकास काेषलाई पुनर्संरचना गर्दै यसकाे स्वामित्व संघ, प्रदेश, स्थानीय तह र वित्तिय संस्थाहरूकाेबिचमा वितरण गरिनेछ ।

-आवास कम्पनीमार्फत व्यवस्थित आवास तथा जग्गा विकास कार्यक्रम अघि बढाउने
संघ प्रदेेश र स्थानीय तहकाे सहकार्यमा स्थानीय तहकाे केन्द्रलाई राष्ट्रिय र प्रादेशिक तहकाे सडक सञ्जालसँग जाेडी अन्तर आवद्धता कायम गर्ने

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

वि.सं.२०८३ साउन १७ आइतवार ११:५१

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य घटेको छ...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ साउन १७ आइतवार ०८:३५

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...

आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८३ साउन १७ आइतवार ०८:३३

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर...

खल्तीबाट डिम्याट–मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

खल्तीबाट डिम्याट–मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

वि.सं.२०८३ साउन १५ शुक्रवार १८:५८

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले डिम्याट तथा मेरोशेयर...

उद्योग विभाग पूर्ण रूपमा ‘पेपरलेस’ बन्दै: साउन १८ देखि भौतिक रूपमा आवेदन नलिइने

उद्योग विभाग पूर्ण रूपमा ‘पेपरलेस’ बन्दै: साउन १८ देखि भौतिक रूपमा आवेदन नलिइने

वि.सं.२०८३ साउन १५ शुक्रवार १३:२२

काठमाडौँ। नेपालमा उद्योग-व्यवसाय सञ्चालनलाई थप सहज, पारदर्शी र झन्झटमुक्त बनाउने...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ साउन १५ शुक्रवार ०९:४४

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...