सरकारले कुलमान घिसिङलाई विद्युत प्राधिकरणबाट हटायो : हितेन्द्रदेव शाक्य नियुक्त
वि.सं.२०८१ चैत ११ सोमवार
काठमाडौँ। सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेको छ। मन्त्रिपरिषदको सोमबार बसेको बैठकले कुलमानलाई पदबाट हटाउने निर्णय गरेको हाे।
यसअघि मन्त्रिपरिषद् बैठकले कुलमानमाथि चारबुँदे आरोप लगाउँदै ३ दिनभित्र सफाइ पेस गर्न भनेको थियो ।
मूल्य बढाएर भारतसँग विद्युत् खरिद सम्झौता गरेको, कार्यसम्पादन मूल्यांकनका लागि समयमा विवरण नबुझाएको, त्यसमा शून्य अंक पाएको र प्राधिकरणको नाफा ‘फेक’ देखाएर प्रचार गरेको आरोप कुलमानमाथि लगाइएको थियो ।
कुलमानले सरकारले सोधेको चारबुँदे स्पष्टीकरणका विषयमा ७ वटा बुँदामा स्पष्टीकरण दिएका थिए । कुलमानले मन्त्रिपरिषद्ले मागेको स्पष्टीकरण आफूविरुद्ध कुनै पनि कारबाही हुन नपर्ने जिकिर गर्दै स्पष्टीकरण बुझाएका थिए ।
प्रकाशित समय : २२:२१ बजे





















