back
Naima

प्रजनन स्वास्थ्य अधिकार संशोधन विधेयक संसदमा लगिने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारी ऐन, २०७५ को संशोधन विधेयक संसदमा लैजाने प्रतिबद्धता जनाएका छन् ।
मंगलबार प्रजनन स्वास्थ्य अधिकार कार्य समूह (आरएचआरडब्लुजी) ले मन्त्री पौडेलको ध्यानाकर्षण गराउँदा उक्त प्रतिबद्धता जनाएका हुन् ।

प्रजनन स्वास्थ्य अधिकार कार्य समुहको सचिवालय महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) समेतले ध्यानाकर्षण पत्र बुझाएको हो । मन्त्री पौडेलले छिटो भन्दा छिटो सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को संशोधन विधेयकलाई संसदमा लैजाने प्रतिवद्धता जनाए ।
मन्त्री पौडेलले यो संशोधन विधेयक संसदमा लैजानका लागि आवश्यक तयारी गर्न मातहतका निकायलाई निर्देशनसमेत दिएका छन् ।

विभिन्न अन्तर्राष्ट्रिय महासन्धि समितिले दिएका निष्कर्ष र सुझाव,सर्वोच्च अदालतमा भएको आदेश तथा व्याख्याको पालना र संघीय संसद, प्रतिनिधि सभा, कानून, न्याय तथा मानव अधिकार समितिको निर्देशनको कार्यान्वयनका लागि र ऐनमा भएको वाधा अड्चन फुकाउनका लागि ऐन संशोध अनिवार्य भएको छ ।

यसका लागि सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधनका लागि पहल गर्न मन्त्रीलाई बुझाइएको ध्यानाकर्षणमा उल्लेख छ ।अछाममा १३ बर्षकी बालिकामाथि जवरजस्ती करणीबाट २९ हप्ताको गर्भलाई सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को दफा १५ मा भएको २८ हप्तासम्म गर्भ अवधि सम्बन्धी व्यवस्थाको कारण ति बालिकाले गर्भपतन गर्न नपाएको वारेमा उपस्थित प्रतिनिधिहरुले जानकारी दिनुका साथै गर्भपतन सेवालाई निरअपराधिकरण गर्नको लागि विशेष पहल गर्न अनुरोध गरिएको थियो ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

एनसेल शेयर खरिद-बिक्री प्रकरण: छानबिन समितिको प्रतिवेदनले देखायो ९५% अस्वाभाविक अवमूल्यन र कर छलीको खेल

एनसेल शेयर खरिद-बिक्री प्रकरण: छानबिन समितिको प्रतिवेदनले देखायो ९५% अस्वाभाविक अवमूल्यन र कर छलीको खेल

वि.सं.२०८३ साउन २७ बुधवार १९:३३

काठमाडौं । नेपालको दूरसञ्चार क्षेत्रको सबैभन्दा ठूलो निजी सेवा प्रदायक...

यातायात सुधार सरकारको प्राथमिकतामा छ, प्रविधि र सुरक्षामा जोड दिन्छौं : अनुकूल निधि

यातायात सुधार सरकारको प्राथमिकतामा छ, प्रविधि र सुरक्षामा जोड दिन्छौं : अनुकूल निधि

वि.सं.२०८३ साउन २७ बुधवार १८:५४

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयका विज्ञ सल्लाहकार एवं ट्राफिक तथा...

एनसेलद्वारा ‘एनसेल बिजनेस क्लाउडसुइट’ सेवा सुरु: देशभित्रै डेटा होस्टिङ र नेपाली मुद्रामै भुक्तानीको सुविधा

एनसेलद्वारा ‘एनसेल बिजनेस क्लाउडसुइट’ सेवा सुरु: देशभित्रै डेटा होस्टिङ र नेपाली मुद्रामै भुक्तानीको सुविधा

वि.सं.२०८३ साउन २७ बुधवार ११:३४

काठमाडौँ। निजी क्षेत्रको अग्रणी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले नेपाली...

सरकार र निजी क्षेत्रबीच अविश्वासको वातावरण अन्त्य हुनुपर्छ : नाइमा अध्यक्ष ऋतु सिंह वैद्य

सरकार र निजी क्षेत्रबीच अविश्वासको वातावरण अन्त्य हुनुपर्छ : नाइमा अध्यक्ष ऋतु सिंह वैद्य

वि.सं.२०८३ साउन २६ मंगलवार १९:१३

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)की अध्यक्ष...

विश्वकै उच्च करको बोझमा नेपाली अटोमोबाइल क्षेत्र : अञ्जन श्रेष्ठ

विश्वकै उच्च करको बोझमा नेपाली अटोमोबाइल क्षेत्र : अञ्जन श्रेष्ठ

वि.सं.२०८३ साउन २६ मंगलवार १८:४१

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले विश्वकै...

मोबिलिटी क्षेत्र आर्थिक विकासको इन्जिन हो : अध्यक्ष कमलेश अग्रवाल

मोबिलिटी क्षेत्र आर्थिक विकासको इन्जिन हो : अध्यक्ष कमलेश अग्रवाल

वि.सं.२०८३ साउन २६ मंगलवार १८:२९

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले मोबिलिटी...