back

‘कृषि पर्यटन उद्योग व्यापार, संमृद्धिको मुख्य आधार’ भन्दै चन्द्रपुर महोत्सव सुरु

nactional life

रौतहट । रौतहटको चन्द्रनिगाहपुरमा प्रादेशिक औद्योगिक मेला तथा चौथो चन्द्रपुर महोत्सव सुरु भएको छ । ‘कृषि पर्यटन उद्योग व्यापार, संमृद्धिको मुख्य आधार’ भन्ने मूल नाराका साथ सुरु भएको महोत्सवको मधेश प्रदेशका सभा सद्स्य तथा पूर्वमन्त्री युवराज भट्टराईले उद्घाटन गरेका हुन् ।
सो कार्यक्रममा बोल्दै उनले यस्ता किसिमको महोत्सवले नगर भित्र रहेका जातिय विविधतालाई झल्काउने र नगर विकासमा समेत टेवा पुग्ने बताए । ‘घुमौ मधेश बुझौ मधेश’ भन्ने मुल नारालाई पनि यस महोत्सवले सार्थकता दिने उनको भनाइ छ ।

महोत्सवलाई सफल बनाउन सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने उनले आग्रह समेत गरे । महोत्सवको उद्घाटन अघि सामाजिक, धार्मिक, खेलकुद, विभिन्न जात जाती, धर्म संस्कृति, कला संस्कृतिसंग सम्बन्धित संघ संस्थाहरुको अगुवाइमा र्याली निकालिएको थियो ।

जनज्योति माध्यमिक विद्यालय प्रागंणबाट निस्केको र्याली महोत्सव स्थल तुलसीलाल अमात्य स्मृती रंगशालामा पुगेर समापन भएको हो । चन्द्रपुर उद्योग बाणिज्य संघका अध्यक्ष उदय नारायण सापकोटाले मेलामा करिब एक करोड बराबरको कारोबार गर्ने लक्ष्य रहेको बताए ।

मेलामा बिक्री भएको टिकटबाट पाँच प्रतिशत रकम रौतहटका बिरामी पत्रकार फणि महतलाई सहयोग गर्ने निर्णय समेत भएको उनले जानकारी दिए ।

महोत्सव अवधिभर ख्याति प्राप्त र स्थानीय कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सुनको मूल्य सामान्य बढ्यो 

सुनको मूल्य सामान्य बढ्यो 

वि.सं.२०८३ असार २ मंगलवार १२:०८

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुन मूल्य सामान्य बढेको...

नेपाल–भारत आर्थिक साझेदारी र साझा समृद्धिलाई अघि बढाउनुपर्नेमा जोड

नेपाल–भारत आर्थिक साझेदारी र साझा समृद्धिलाई अघि बढाउनुपर्नेमा जोड

वि.सं.२०८३ असार २ मंगलवार १०:५८

सिलिगुडी । नेपाल–भारत आर्थिक सहकार्यलाई थप सुदृढ बनाउँदै क्षेत्रीय साझा समृद्धिलाई...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ असार २ मंगलवार ०८:४१

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...

पेट्रोलियम पदार्थको मूल्य स्थिर

पेट्रोलियम पदार्थको मूल्य स्थिर

वि.सं.२०८३ असार २ मंगलवार ०८:३९

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको साविकको खुद्रा बिक्री...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर 

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर 

वि.सं.२०८३ असार २ मंगलवार ०८:३०

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राको...

पहिलो वर्षमै ४० प्रतिशत आईपीओ निष्कासनको व्यवस्था स्वागतयोग्य : इप्पान

पहिलो वर्षमै ४० प्रतिशत आईपीओ निष्कासनको व्यवस्था स्वागतयोग्य : इप्पान

वि.सं.२०८३ असार १ सोमवार १८:०९

काठमाडौं । निजी क्षेत्रका ऊर्जा व्यवसायीहरूले जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका...