back
nactional

सार्फीको अध्यक्षमा गभर्नर महाप्रसाद अधिकारी चयन

काठमाडौं । साउथ एसियन रिजनल फाइनान्सियल इन्क्लुसन इनिसिएटिभ (सार्फी)को नेतृत्व नेपाल राष्ट्र बैंकमा हस्तान्तरण भएको छ ।

नेतृत्व हस्तान्तरणसँगै बैंकका तर्फबाट गभर्नर महाप्रसाद अधिकारी सार्फीको अध्यक्ष चयन भएका छन् । मध्य अमेरिकी मलुक एल्साल्भाडोरको राजधानी सान्साल्भाडोरमा २ सेप्टेम्बर, २०२४ देखि जारी ‘एलाइन्स फर फाइनान्सियल इन्क्लुसन एफआई ग्लोबल पोलिसी फोरम’ को बैठक चलिरहेको छ ।

सो बैठकअन्तर्गत बुधबार आयोजित १५ औं सार्फी लिडर्स राउण्डटेबल’ का क्रममा सार्फीको अध्यक्षता नेपाल राष्ट्र बैंकमा हस्तान्तण भएको हो । सो अवसरमा गभर्नर अधिकारी भर्चुअल माध्यमबाट सहभागी भई बैठकको अध्यक्षता ग्रहण गरेका थिए।

बैठकले स्टेट बैंक अफ अफ पाकिस्तान (एसबीपी)लाई सार्फीको उपाध्यक्ष चयन गरेको छ । यसअघि सार्फीको नेतृत्व माल्दीभ्स मनिटरी अथोरिटीमा थियो भने राष्ट्र बैंकका तर्फबाट गभर्नर अधिकारी उक्त सञ्जालको उपाध्यक्ष थिए ।

सन् २०२२ सेप्टेम्बरमा जोर्डनको डेड सीमा सम्पन्न ‘ग्लोबल पोलिसी फोरम’ को बाह्रौं बैठकका क्रममा सार्फी स्थापना भएको थियो । नेपाल राष्ट्र बैंकसहित बङ्गलादेश, भुटान, माल्दीभ्स, पाकिस्तान र श्रीलङ्काका केन्द्रीय बैंकहरू उक्त सञ्जालमा आबद्ध छन् ।

क्षेत्रीयस्तरमा ज्ञान आदानप्रदान, क्षमता अभिवृद्धि र संयुक्त सिकाइ अभ्यास, प्राविधिक सहायताको कार्यान्वयन, विश्वव्यापी र क्षेत्रीयस्तरका असल अभ्यासको अनुसरण गर्दै सबै वित्तीय समावेशीकरणलाई प्रवर्द्धन गर्नेलगायतका उद्देश्यसहित सार्फी स्थापना गरिएको थियो ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

डा.सरिशा श्रेष्ठ बेनेभिस आइसक्रिमको ब्रान्ड एम्बेसडर नियुक्त

डा.सरिशा श्रेष्ठ बेनेभिस आइसक्रिमको ब्रान्ड एम्बेसडर नियुक्त

वि.सं.२०८३ भदौ ४ बिहीवार १८:००

काठमाडौं । प्रिमियम आइसक्रिम ब्रान्ड बेनेभिस आइसक्रिमले मिस नेपाल अर्थ...

भृकुटीमण्डपमा विद्युत्, ऊर्जा र इलेक्ट्रोनिक्सको अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै

भृकुटीमण्डपमा विद्युत्, ऊर्जा र इलेक्ट्रोनिक्सको अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै

वि.सं.२०८३ भदौ ४ बिहीवार १६:०३

काठमाडौं । नेपाल इलेक्ट्रिक, पावर, लाइट तथा नेपाल कन्ज्युमर इलेक्ट्रोनिक्स...

बर्जर पेन्ट्सको ‘रंग बहार’ अभियान, यामाहा RayZR 125 हाइब्रिडसहित ३६२ उपहार

बर्जर पेन्ट्सको ‘रंग बहार’ अभियान, यामाहा RayZR 125 हाइब्रिडसहित ३६२ उपहार

वि.सं.२०८३ भदौ ४ बिहीवार १६:००

काठमाडौं । बर्जर पेन्ट्स नेपालले चाडपर्वलाई लक्षित गर्दै लोकप्रिय उपभोक्ता...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

वि.सं.२०८३ भदौ ४ बिहीवार ०८:३६

काठमाडौँ । नेपाल राष्ट्र बैंकले अर्का डेपुटी गभर्नर पाएकाे छ...

एनसेलले बुझायो करिब ५ अर्ब नवीकरण दस्तुर

एनसेलले बुझायो करिब ५ अर्ब नवीकरण दस्तुर

वि.सं.२०८३ भदौ ४ बिहीवार ०८:२९

काठमाडौँ । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल आजियटा प्रालिले...

बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८३ भदौ ४ बिहीवार ०८:२०

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर...