back

माइक्रोसफ्ट र एप्पललाई पछि पार्दै एनभिडिया बन्यो विश्वकै मूल्यवान कम्पनी

काठमाडौं । अमेरिकाको सेमीकन्डक्टर चिप निर्माता कम्पनी एनभिडिया विश्वको सबैभन्दा मूल्यवान कम्पनी बनेको छ । यसले बजार पुँजीकरणका आधारमा माइक्रोसफ्टलाई पछि पार्दै शीर्ष स्थान हासिल गरेको हो ।

एनभिडिया माइक्रोसफ्टलाई उछिनेर विश्वको सबैभन्दा मूल्यवान पब्लिक ट्रेडेड कम्पनी पनि बनेको छ । यसपछि अमेरिकाकै प्रविधि कम्पनीका रूपमा परिचित बहुराष्ट्रिय कम्पनी माइक्रोसफ्ट र एप्पलको भने स्तर खस्किएको छ। यी तीन कम्पनीबीच विश्वबजारमा कडा प्रतिस्पर्धा छ।मंगलबार एनभिडिया कर्पको बजार पूँजीकरण ३.३४ ट्रिलियन अमेरिकी डलर पुगेको छ । उता माईक्रोसफ्टको बजार पूँजीकरण ३.३२ ट्रिलियन डलर छ । केहि दिन अघिसम्म शीर्ष स्थानमा माईक्रोसफ्ट नै थियो । यी दुई कम्पनीको बजार पूँजीकरण ०.०२ ट्रिलियन डलर फरक छ ।

रोयटर्सका अनुसार एआई कम्पनीको सेयर ३.२ प्रतिशतले बढेर १३५.२१ डलर पुगेको छ । मंगलबार एनभिडिया कर्पको सेयरमूल्य ३.५१ प्रतिशत बढेर प्रतिकित्ता १३५.५८ डलरमा अन्तिम कारोबार भएको थियो । यस वृद्धिसँगै कम्पनीको बजार पूँजीरकण ३.३३ ट्रिलियन डलर पुगेको छ । सोही दिन माइक्रोसफ्टको सेयरमूल्य ०.४५ प्रतिशत घटेर प्रतिकित्ता ४४६.३४ डलरमा अन्तिम कारोबार भएको थियो ।

एनभिडिया कर्पले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सफ्टवेयरका लागि आवश्यक पर्ने कम्प्युटर चिपहरू बनाउने गरेको छ । उसका उत्पादनहरूको माग बढेपछि पछिल्ला केही वर्षयता यसको बिक्री र नाफा पनि उकालो लागेको छ ।

त्यस्तै, तेस्रोमा आईफोन निर्माता कम्पनी एप्पलको बजार पूँजीकरण ३.२९ डलर छ । उक्त कम्पनीको सेयर पनि १.१० प्रतिशत घटेर २१४२९ डलर कायम भएको थियो । यसअघि गत जुन ५ मा एनभिडिया एप्पललाई पछि पार्दै विश्वको दोस्रो ठूलो मूल्यवान कम्पनी बनेको थियो ।

१० मूल्यवान कम्पनीको शीर्ष स्थानमा ८ वटा अमेरिकी कम्पनीको आधिपत्य छ । जसमा अधिकांश प्रविधिमा आधारित कम्पनी छन् । १० शीर्ष स्थानमा साउदी अराम्को पनि छ । उक्त कम्पनी भने छैटौं स्थानमा १.७८ ट्रिलियन डलरका बजार पुँजीकरणका साथ कायम छ । एजेन्सी

nactional life
Corporatebazar 11 Anniversary

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

वि.सं.२०८३ वैशाख २० आइतवार ०९:१७

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर...

सानादेखि ठूला व्यवसायीको भावना समेट्ने ज्योत्सना श्रेष्ठको दाबी,प्यानलबाट १९ जना मैदानमा

सानादेखि ठूला व्यवसायीको भावना समेट्ने ज्योत्सना श्रेष्ठको दाबी,प्यानलबाट १९ जना मैदानमा

वि.सं.२०८३ वैशाख १९ शनिवार २२:३१

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आगामी निर्वाचनका...

महासंघ निर्वाचन: वित्तीय क्षेत्रको मुद्दा बोकेर मैदानमा उत्रिए राजकुमार तिमिल्सिना

महासंघ निर्वाचन: वित्तीय क्षेत्रको मुद्दा बोकेर मैदानमा उत्रिए राजकुमार तिमिल्सिना

वि.सं.२०८३ वैशाख १९ शनिवार २१:१६

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आगामी निर्वाचनको...

श्रमिकलाई घडेरी किन्न १ करोड ५० लाखसम्म ऋण, ब्याजदर ६ प्रतिशत मात्रै

श्रमिकलाई घडेरी किन्न १ करोड ५० लाखसम्म ऋण, ब्याजदर ६ प्रतिशत मात्रै

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १७:२२

काठमाडौं । सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकहरूका लागि खुसीको खबर...

खाना पकाउने ग्यास १५० रूपैयाँले बढ्दा पेट्रोल र डिजेलको मूल्य कति?

खाना पकाउने ग्यास १५० रूपैयाँले बढ्दा पेट्रोल र डिजेलको मूल्य कति?

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:५९

काठमाडौं । नेपाल आयल निगमले इन्धनको नयाँ मूल्य समायोजन गरेको...

बढ्यो सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२४

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज (शुक्रबार) ३ हजार...