back

९ महिनामा कोकाकोलाले कमायो कमाइ ३२ करोड १२ लाख रुपैयाँ

nactional life

काठमाडौं । नेपालमा कोकाकोला उत्पादन गर्ने कम्पनी बोटलर्स नेपाल (तराई) र बोटलर्स नेपाल (बालाजु) ले ९ महिनाको अवधिमा ३२ करोड १२ लाख रूपैयाँ बढी खुद नाफा गरेका छन् ।

कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार सो नाफा गरेको हो ।

बोटलर्स नेपाल (तराई) लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्म २६ करोड १४ लाख रुपैयाँ खुद नाफा गरेको छ भने बोटलर्स नेपाल (बालाजु) ले ५ करोड ९८ लाख रूपैयाँ खुद नाफा गरेको छ ।

बोटलर्स नेपाल (तराई) ले अघिल्लो आर्थिक वर्ष सोही अवधिसम्म बोटलर्सले ३६ करोड १० लाख रुपैयाँ नाफा कमाएको थियो । यो अघिल्लो आर्थिक वर्ष सोही अवधिको दाँजोमा २७.५९ प्रतिशतले कम हो ।

कम्पनीले समीक्षा अवधिसम्म बिक्रीबाट ५ अर्ब ८१ करोड रुपैयाँ कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको दाँजोमा ३.०१ प्रतिशतले कम हो ।

कम्पनीको अन्य सञ्चालन आम्दानी १ करोड ५५ लाख रुपैयाँ र वित्त आम्दानी ८३ हजार छ । उक्त अवधिसम्म बोटलर्सको बिक्री तथा वितरण खर्च ९२ करोड २८ लाख रुपैयाँ ऋणात्मक र प्रशासनिक खर्च पनि २० करोड ५१ लाखले ऋणात्मक छ ।

कम्पनीको रिजर्भ कोषको आकार ११.१७ प्रतिशतले बढेर ३ अर्ब ९८ करोड पुगेको छ । त्यस्तै कुल चालु सम्पत्ति ५ अर्ब १५ करोड र कुल चालु दायित्व ५ अर्ब ९३ करोड छ ।

समीक्षा अवधिसम्म कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी २ सय ८८ रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ ३ हजार ३ सय ९७ र पीई अनुपात ४४ गुणा कायम भएको छ ।

यसैगरी बोटलर्स नेपाल (बालाजु) लिमिटेडले चालु आर्थिक वर्षकाे तेस्रो त्रैमाससम्म ५ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षकाे तेस्रो त्रैमासिक वित्तीय विवरणमार्फत उक्त परिमाण बराबर नाफा कमाएको जनाएको हो ।

कम्पनीले कमाएको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको दाँजोमा ८६.२४ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्ष तेस्रो त्रैमाससम्म कम्पनीले ४३ करोड ५४ लाख खुद नाफा कमाएको थियो ।

कम्पनीले समीक्षा अवधिसम्म बिक्रीमार्फत ७ अर्ब १८ करोड कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १२.५८ प्रतिशत कम हो । उसको अन्य आम्दानी २ करोड २३ लाख र वित्त आम्दानी १९ लाख ५७ हजार छ ।

यो अवधिसम्म कम्पनीको बिक्री तथा वितरण खर्च १ अर्ब १४ करोड ६२ लाख ऋणात्मक र प्रशासनिक खर्च पनि ४६ करोड ९८ लाखले ऋणात्मक अवस्थामा छ । कम्पनीको रिजर्भ कोषको आकार ६.४५ प्रतिशतले बढेर ५ अर्ब ७० करोड कायम भएको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) २४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ३ हजार २ सय ९९, रिटर्न अन इक्विटी १.३ प्रतिशत र पीई अनुपात ६९१ गुणा कायम भएको छ ।

नेपालमा कोकाकोला उत्पादक बोटलर्स नेपालको दोस्रो तथा सबैभन्दा ठूलो कारखाना भरतपुरको गोन्द्राङमा छ ।

कम्पनीले साउथवेस्ट एसिया होल्डिङ लिमिटेडसँग सहकार्य गरेर नेपालमा सन् १९७९ देखि बिक्री गर्दै आएको छ । कम्पनीमा ७६ प्रतिशत हिस्सा बोटलर्स नेपालको छ भने गोर्खा ब्रुअरी लिमिटेडको २२ प्रतिशत छ । बाँकी हिस्सा सर्वसाधारणको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

एलजीद्वारा नेपाली घरपरिवारका लागि नयाँ ‘डुअलकुल एयर कन्डिसनर’ सार्वजनिक

एलजीद्वारा नेपाली घरपरिवारका लागि नयाँ ‘डुअलकुल एयर कन्डिसनर’ सार्वजनिक

वि.सं.२०८३ जेठ १२ मंगलवार १८:१६

काठमाडौं । एलजी इलेक्ट्रोनिक्सले सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नेपाली बजारमा नयाँ...

नेपाललाई ‘ग्लोबल टेक हब’ बनाउन व्यापक नीतिगत सुधार आवश्यक : चिरञ्जीवी अधिकारी

नेपाललाई ‘ग्लोबल टेक हब’ बनाउन व्यापक नीतिगत सुधार आवश्यक : चिरञ्जीवी अधिकारी

वि.सं.२०८३ जेठ १२ मंगलवार १५:३१

काठमाडौं । कम्प्युटर एशोसिएशन नेपाल (क्यान महासंघ) को कार्यवाहक अध्यक्ष...

सेकेन्ड ह्यान्ड मोबाइलको कारोबारलाई बजेटमार्फत वैध बनाइयोस :रमेश घिमिरे

सेकेन्ड ह्यान्ड मोबाइलको कारोबारलाई बजेटमार्फत वैध बनाइयोस :रमेश घिमिरे

वि.सं.२०८३ जेठ १२ मंगलवार १५:२९

काठमाडौँ । नेपाल मोबाइल व्यवसायी महासंघका अध्यक्ष रमेश घिमिरेले सेकेन्ड...

नेपाली सेफहरूको विश्वव्यापी पहिचान विस्तार गर्दै अन्तरास्ट्रिय सेफ सोसाइटी

नेपाली सेफहरूको विश्वव्यापी पहिचान विस्तार गर्दै अन्तरास्ट्रिय सेफ सोसाइटी

वि.सं.२०८३ जेठ १२ मंगलवार १०:३५

पोखरा । नेपाली मौलिक खान संस्कृति, पाककला तथा पर्यटन प्रवद्र्धनलाई...

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि, डलर कमजोर हुँदा बढ्यो माग

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि, डलर कमजोर हुँदा बढ्यो माग

वि.सं.२०८३ जेठ ११ सोमवार १४:१९

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन र चाँदीको मूल्यमा उल्लेख्य...

भूमि व्यवस्थापन विभागको नयाँ परिपत्र: अब जग्गाको आंशिक फुकुवा र कित्ताकाट गर्न पाइने

भूमि व्यवस्थापन विभागको नयाँ परिपत्र: अब जग्गाको आंशिक फुकुवा र कित्ताकाट गर्न पाइने

वि.सं.२०८३ जेठ ११ सोमवार ००:१५

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले देशभरका मालपोत कार्यालयहरूको...