back

९ महिनामा कोकाकोलाले कमायो कमाइ ३२ करोड १२ लाख रुपैयाँ

काठमाडौं । नेपालमा कोकाकोला उत्पादन गर्ने कम्पनी बोटलर्स नेपाल (तराई) र बोटलर्स नेपाल (बालाजु) ले ९ महिनाको अवधिमा ३२ करोड १२ लाख रूपैयाँ बढी खुद नाफा गरेका छन् ।

कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार सो नाफा गरेको हो ।

बोटलर्स नेपाल (तराई) लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्म २६ करोड १४ लाख रुपैयाँ खुद नाफा गरेको छ भने बोटलर्स नेपाल (बालाजु) ले ५ करोड ९८ लाख रूपैयाँ खुद नाफा गरेको छ ।

बोटलर्स नेपाल (तराई) ले अघिल्लो आर्थिक वर्ष सोही अवधिसम्म बोटलर्सले ३६ करोड १० लाख रुपैयाँ नाफा कमाएको थियो । यो अघिल्लो आर्थिक वर्ष सोही अवधिको दाँजोमा २७.५९ प्रतिशतले कम हो ।

कम्पनीले समीक्षा अवधिसम्म बिक्रीबाट ५ अर्ब ८१ करोड रुपैयाँ कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको दाँजोमा ३.०१ प्रतिशतले कम हो ।

कम्पनीको अन्य सञ्चालन आम्दानी १ करोड ५५ लाख रुपैयाँ र वित्त आम्दानी ८३ हजार छ । उक्त अवधिसम्म बोटलर्सको बिक्री तथा वितरण खर्च ९२ करोड २८ लाख रुपैयाँ ऋणात्मक र प्रशासनिक खर्च पनि २० करोड ५१ लाखले ऋणात्मक छ ।

कम्पनीको रिजर्भ कोषको आकार ११.१७ प्रतिशतले बढेर ३ अर्ब ९८ करोड पुगेको छ । त्यस्तै कुल चालु सम्पत्ति ५ अर्ब १५ करोड र कुल चालु दायित्व ५ अर्ब ९३ करोड छ ।

समीक्षा अवधिसम्म कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी २ सय ८८ रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ ३ हजार ३ सय ९७ र पीई अनुपात ४४ गुणा कायम भएको छ ।

यसैगरी बोटलर्स नेपाल (बालाजु) लिमिटेडले चालु आर्थिक वर्षकाे तेस्रो त्रैमाससम्म ५ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षकाे तेस्रो त्रैमासिक वित्तीय विवरणमार्फत उक्त परिमाण बराबर नाफा कमाएको जनाएको हो ।

कम्पनीले कमाएको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको दाँजोमा ८६.२४ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्ष तेस्रो त्रैमाससम्म कम्पनीले ४३ करोड ५४ लाख खुद नाफा कमाएको थियो ।

कम्पनीले समीक्षा अवधिसम्म बिक्रीमार्फत ७ अर्ब १८ करोड कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १२.५८ प्रतिशत कम हो । उसको अन्य आम्दानी २ करोड २३ लाख र वित्त आम्दानी १९ लाख ५७ हजार छ ।

यो अवधिसम्म कम्पनीको बिक्री तथा वितरण खर्च १ अर्ब १४ करोड ६२ लाख ऋणात्मक र प्रशासनिक खर्च पनि ४६ करोड ९८ लाखले ऋणात्मक अवस्थामा छ । कम्पनीको रिजर्भ कोषको आकार ६.४५ प्रतिशतले बढेर ५ अर्ब ७० करोड कायम भएको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) २४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ३ हजार २ सय ९९, रिटर्न अन इक्विटी १.३ प्रतिशत र पीई अनुपात ६९१ गुणा कायम भएको छ ।

नेपालमा कोकाकोला उत्पादक बोटलर्स नेपालको दोस्रो तथा सबैभन्दा ठूलो कारखाना भरतपुरको गोन्द्राङमा छ ।

कम्पनीले साउथवेस्ट एसिया होल्डिङ लिमिटेडसँग सहकार्य गरेर नेपालमा सन् १९७९ देखि बिक्री गर्दै आएको छ । कम्पनीमा ७६ प्रतिशत हिस्सा बोटलर्स नेपालको छ भने गोर्खा ब्रुअरी लिमिटेडको २२ प्रतिशत छ । बाँकी हिस्सा सर्वसाधारणको छ ।


यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

वि.सं.२०८२ जेठ ७ बुधवार १०:१८

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर...

खानेपानी उपभोक्ता संस्थाहरुलाई कर छुट गरिदिन प्रधानमन्त्रीसँग महासंघको माग

खानेपानी उपभोक्ता संस्थाहरुलाई कर छुट गरिदिन प्रधानमन्त्रीसँग महासंघको माग

वि.सं.२०८२ जेठ ६ मंगलवार २२:५९

काठमाडौं । राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका...

नाफिज र साल्ट ट्रेडिङको संयुक्त आयोजनामा उपभोक्ता सुरक्षाबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न

नाफिज र साल्ट ट्रेडिङको संयुक्त आयोजनामा उपभोक्ता सुरक्षाबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न

वि.सं.२०८२ जेठ ६ मंगलवार ११:०९

काठमाडौँ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र साल्ट ट्रेडिङ...

सुनको मूल्य स्थिर चाँदीको घट्यो

सुनको मूल्य स्थिर चाँदीको घट्यो

वि.सं.२०८२ जेठ ६ मंगलवार ११:०३

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य स्थिर भएको छ । सोमबारको...

प्रतिनिधि सभाको बैठक बस्दै: प्रधानमन्त्री ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर गरिने

प्रतिनिधि सभाको बैठक बस्दै: प्रधानमन्त्री ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर गरिने

वि.सं.२०८२ जेठ ६ मंगलवार १०:४६

काठमाडौं । संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ...

यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

वि.सं.२०८२ जेठ ६ मंगलवार १०:३८

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर...