back

व्यापार, लगानी प्रवर्द्धनका लागि जीटुजी स्तरमा नियमित संवाद गर्न आवश्यकः भवानी राणा

nactional life

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष भवानी राणाले व्यापार, लगानी प्रवर्द्धनका लागि नीतिगत सुधारका लागि जीटुजी स्तरमा नियमित संवाद हुन आवश्यक रहेको बताएकी छिन् । 

सोमबार काठमाडौंमा भएको बिमस्टेक क्षेत्रको विकास र समृद्धिको लागि क्षेत्रीय तालमेल विषयमा बिमस्टेकका महासचिवसँग भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताएकी हुन् ।

उनले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास भएको भन्दै यसले नेपाल, भुटान, बंगलादेश, श्रीलंका, म्यानमार, थाइल्याण्ड र भारतलाई व्यापार, उद्योग र पारस्परिक हितका क्षेत्रमा सहकार्यका लागि ल्याउँने दाबी गरिन् ।

पूर्वअध्यक्ष राणाले विगत पाँच वर्षमा बिमस्टेक सदस्य राष्ट्रहरूले कोभिड–१९ महामारीले ल्याएको आर्थिक झट्कामा चुनौतीको सामना गरिरहेको बताइन् । उनले बिमस्टेक देशहरूमा भारत बलियो अर्थतन्त्रको रूपमा रहेको भन्दै बिमस्टेक सदस्यहरू सदस्य राष्ट्रहरूको व्यापार र आर्थिक अवसरहरूको दोहन गर्ने ’प्राकृतिक प्लेटफर्म’ मा परिणत भई सहजीकरण, समन्वय, लगानी र व्यापार अन्वेषण गर्ने सम्भावित देश हुन सक्ने बताइन् ।

उनले बिमस्टेक देशहरूबीचको क्षेत्रीय सहयोग र एकीकरणलाई गति दिन निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरिन् । बिमस्टेकलाई स्वतन्त्र व्यापार क्षेत्र बनाउन सबै सदस्य राष्ट्रले भने पनि यस सम्बन्धमा के प्रगति भयो निजी क्षेत्रले थाहा पाउन नसकेको बताइन् ।

उनले सदस्य राष्ट्रहरूको हितका लागि स्वतन्त्र व्यापार क्षेत्र बनाउनलाई तीव्रता दिनु पर्ने बताइन् । उनले सदस्य राष्ट्रहरूले बिमस्टेक क्षेत्रभित्र आफ्ना वस्तु तथा सेवाहरू सहज रूपमा निर्यात गर्न नसकेमा निजी क्षेत्रका लागि दीर्घकालीन फाइदा नहुने बताइन् ।

उनले नेपालको झण्डै दुई तिहाई व्यापार भारतबाट हुने र कोलकाता, हल्दिया, विशाखापट्टनम लगायत विभिन्न बन्दरगाहबाट नेपाललाई व्यापार सहजीकरणका लागि भारतले पनि सहयोग गर्दै आएकोले व्यापार तथा पारवहन सहजीकरणका लागि भारत अगाडि बढ्नुपर्ने बताइन् ।

उनले कार्गो आगमनमा शुल्क र ढिलाइ अझै अवस्थित रहेको भन्दै सही काम गर्न आवश्यक रहेको बताइन् । उनले बिमस्टेक क्षेत्रीय समूहमा भुटान र नेपाल बाहेक अन्य सबै देशहरू समुद्री मार्ग र लेनहरूबाट सीधा जोडिएकाले द्विपक्षीय वा त्रिपक्षीय सम्झौता गर्न आवश्यक रहेको बताइन् । नेपालले आफ्नो ऊर्जा उत्पादन बढाइरहेको छ ।

यो उदीयमान सम्भावित उत्पादन सदस्य राष्ट्रहरूलाई सौहार्दपूर्ण सम्झौतामा बेच्न सकियो भने यो क्षेत्रको आर्थिक समृद्धिको लागि सम्भावित गेम चेन्जर साबित हुने धारणा उनको छ ।

उप–क्षेत्र भित्र व्यापारको सहज प्रवाहको लागि यातायात जडान अर्को क्षेत्र भएको भन्दै सडक सञ्जालमार्फत नेपालको दक्षिणपूर्वी एसियासँगको सम्पर्क सदस्य राष्ट्रहरूबीच ठूलो सम्भावना रहेको उल्लेख गरिन् । उनले व्यापार, लगानी प्रवद्र्धनका लागि बिमस्टेक चेम्बर अफ कमर्सको स्थापना गर्न जरुरी रहेको बताइन् । उनले बिमस्टेक चेम्बर अफ कमर्सको स्थापनासँगै सदस्य देशहरुमा व्यापार र लगानी प्रवर्द्धनमा चेम्बरले सहजीकरण गर्ने उल्लेख गरिन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

एलजीद्वारा नेपाली घरपरिवारका लागि नयाँ ‘डुअलकुल एयर कन्डिसनर’ सार्वजनिक

एलजीद्वारा नेपाली घरपरिवारका लागि नयाँ ‘डुअलकुल एयर कन्डिसनर’ सार्वजनिक

वि.सं.२०८३ जेठ १२ मंगलवार १८:१६

काठमाडौं । एलजी इलेक्ट्रोनिक्सले सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नेपाली बजारमा नयाँ...

नेपाललाई ‘ग्लोबल टेक हब’ बनाउन व्यापक नीतिगत सुधार आवश्यक : चिरञ्जीवी अधिकारी

नेपाललाई ‘ग्लोबल टेक हब’ बनाउन व्यापक नीतिगत सुधार आवश्यक : चिरञ्जीवी अधिकारी

वि.सं.२०८३ जेठ १२ मंगलवार १५:३१

काठमाडौं । कम्प्युटर एशोसिएशन नेपाल (क्यान महासंघ) को कार्यवाहक अध्यक्ष...

सेकेन्ड ह्यान्ड मोबाइलको कारोबारलाई बजेटमार्फत वैध बनाइयोस :रमेश घिमिरे

सेकेन्ड ह्यान्ड मोबाइलको कारोबारलाई बजेटमार्फत वैध बनाइयोस :रमेश घिमिरे

वि.सं.२०८३ जेठ १२ मंगलवार १५:२९

काठमाडौँ । नेपाल मोबाइल व्यवसायी महासंघका अध्यक्ष रमेश घिमिरेले सेकेन्ड...

नेपाली सेफहरूको विश्वव्यापी पहिचान विस्तार गर्दै अन्तरास्ट्रिय सेफ सोसाइटी

नेपाली सेफहरूको विश्वव्यापी पहिचान विस्तार गर्दै अन्तरास्ट्रिय सेफ सोसाइटी

वि.सं.२०८३ जेठ १२ मंगलवार १०:३५

पोखरा । नेपाली मौलिक खान संस्कृति, पाककला तथा पर्यटन प्रवद्र्धनलाई...

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि, डलर कमजोर हुँदा बढ्यो माग

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि, डलर कमजोर हुँदा बढ्यो माग

वि.सं.२०८३ जेठ ११ सोमवार १४:१९

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन र चाँदीको मूल्यमा उल्लेख्य...

भूमि व्यवस्थापन विभागको नयाँ परिपत्र: अब जग्गाको आंशिक फुकुवा र कित्ताकाट गर्न पाइने

भूमि व्यवस्थापन विभागको नयाँ परिपत्र: अब जग्गाको आंशिक फुकुवा र कित्ताकाट गर्न पाइने

वि.सं.२०८३ जेठ ११ सोमवार ००:१५

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले देशभरका मालपोत कार्यालयहरूको...