back

भिभोका चारवटा स्मार्टफोनः भी२३ई, वाई५३एस, वाई २० एस र वाई१५सी को मुल्य घट्यो: मूल्यसूची सहित

काठमाडौं । भिभो, एक अग्रणी ग्लोबल टेक्नोलोजी ब्रान्डले आफ्नो भी र वाई सिरिजका चारवटा स्मार्टफोनहरु – भी२३ई (१२८जीवी र २५६ जीवी), वाई५३एस, वाई२०एस, र वाई१५सी को मूल्य भारी मात्राले घटाएको छ । यो नयाँ मूल्य १ फेब्रुअरी २०२३ देखि २८ फेब्रुअरी २०२३ सम्म नेपालका सबै रिटेल स्टोर र इ–कमर्स वेबसाइटहरूमा लागू हुनेछ ।

 नयाँ मूल्य सूची यस प्रकार छन् ।

भिभो नेपालका सीईओ माइकलले, “भिभोमा, हामी हाम्रा उपभोक्ताहरूको जीवन सुधार गर्न र हाम्रा उत्पादनहरूमा उनीहरूको पहुँच बढाउन निरन्तर लागि परेका छौं । हामी भिभो स्मार्टफोनको मुल्य घटाएर हाम्रा उपभोक्ताहरूप्रतिको यो प्रतिबद्धता कायम राख्न चाहन्छौं । दुबै भी र वाई सिरिजका स्मार्टफोनहरू किफायती र धेरै विशेषता भएका स्मार्टफोनहरू रोज्ने प्रयोगकर्ताहरुको बढ्दो आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएको हो ।”

भिभो भी२३ई मा ५०एमपी अटोफोकस पोट्र्रेट सेल्फी विशेषता छ जसमा एआई एक्स्ट्रिम नाइट पोट्र्रेट र मल्टी–स्टाइल पोट्र्रेट जस्ता विभिन्न पोट्र्रेट मोडहरू छन् । यसमा ८जीवी र्याम छ र रोममा दुई विकल्पहरू– १२८जीवी र २५६जीवी छन् । यसको रोमलाई विस्तार गर्न पनि सकिन्छ । यसबाहेक, भी२३ई मा ४०५०एमएएच ब्याट्री र ४४ वाट फ्ल्यासचार्ज छ । यसमा फेनटच ओएस१२ छ ।

वाई५३एस ६४एमपी रियर क्यामेरा, २एमपी बोकेह पोट्र्रेट क्यामेरा, र २एमपी सुपर म्याक्रो क्यामेराले सुसज्जित छ, जसले यसलाई कुनै पनि सेटिङमा र विभिन्न प्रकाश अवस्थाहरूमा उच्च रिजोल्युसन फोटो खिच्नका लागि उपयुक्त बनाउँछ । यसमा ५०००एमएएच ब्याट्री, ३३वाट फ्ल्यास चार्ज क्षमता र १ टिवी सम्म विस्तार गर्न सकिने इनबिल्ट ८जीवी र्याम र एक्सटेन्डेवल र्याम छ ।

निर्बाध मनोरञ्जन अनुभव सुनिश्चित गर्दै, वाई१५सी मा ६.५१ इन्चको हलो फूलभ्यू डिस्प्ले छ र यसमा आई प्रोटेक्शन, विशाल ५०००एमएएच ब्याट्री, साइड माउन्टेड फिंगरप्रिन्ट स्क्यानर र शक्तिशाली एआई डुअल क्यामेरा लगायत उल्लेखनीय विशेषताहरु समावेश छन् । वाई२० एस मा ४जीवी र्याम र १२८ जीवी रोम रहेको छ जुन वाई२० को प्रतिकृति हो । यसमा ८एमपी फ्रन्ट–फेसिङ क्यामेरा र १३एमपी ब्याक क्यामेरा रहेको छ र पर्फमेन्शका लागि स्न्यापड्रेगन ४६० प्रोसेसर र एड्रिनो ६१० जीपीयू मा आधारित छ । यसमा ५००० एमएएच ब्याट्री छ र १८ वाट चार्जिंग रहेको छ ।

 


नेक्सजेन म्यानेजमेन्ट र लगानी हबबीच व्यवसाय साझेदारी सम्त्रन्धी सम्झौता

नेक्सजेन म्यानेजमेन्ट र लगानी हबबीच व्यवसाय साझेदारी सम्त्रन्धी सम्झौता

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:३६

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट र लगानी हब बीच व्यवसाय साझेदारी...

गाउँ–गाउँमा रहेका लघु उद्यमीलाई महासङ्घमा समेट्न मन्त्री भण्डारीको आग्रह

गाउँ–गाउँमा रहेका लघु उद्यमीलाई महासङ्घमा समेट्न मन्त्री भण्डारीको आग्रह

वि.सं.२०८१ वैशाख १२ बुधवार १९:१५

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ग्रमीण भेगमा...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी, के हो इडुरोम ?, के हो नेअशिस ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी, के हो इडुरोम ?, के हो नेअशिस ?

वि.सं.२०८१ वैशाख ११ मंगलवार २२:२४

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे...

विभिन्न स्वादमा तत्व फार्मस्का ‘सक्खर’ बजारमा, यस्ता छन् सक्खर (गुंड)का फाइदा

विभिन्न स्वादमा तत्व फार्मस्का ‘सक्खर’ बजारमा, यस्ता छन् सक्खर (गुंड)का फाइदा

वि.सं.२०८१ वैशाख ११ मंगलवार १७:४०

काठमाडौँ । केही दशक अगाडिसम्म परम्परागत रुपमा हरेक नेपाली भान्सामा...

फोनपे पेमेन्ट सर्भिस लिमिटेडद्वारा नेपालको पहिलो डोमेस्टिक क्रेडिट कार्ड सञ्जालको सुरुवात

फोनपे पेमेन्ट सर्भिस लिमिटेडद्वारा नेपालको पहिलो डोमेस्टिक क्रेडिट कार्ड सञ्जालको सुरुवात

वि.सं.२०८१ वैशाख ११ मंगलवार ०९:३४

काठमाडौं । फोनपे पेमेन्ट सर्भिस लिमिटेडले नेपालको पहिलो डोमेस्टिक क्रेडिट...

कनेक्ट आईपीएसको अफर : अब स्कुलको शुल्क भुक्तानी गर्दा छात्रवृत्ती पाइने

कनेक्ट आईपीएसको अफर : अब स्कुलको शुल्क भुक्तानी गर्दा छात्रवृत्ती पाइने

वि.सं.२०८१ वैशाख ११ मंगलवार ०९:००

काठमाडौं । कनेक्ट आईपीएसले स्कुलको शुल्क भुक्तानी गर्दा छात्रवृत्ती पाउन...