back
himalayan life

लघुवित्त बैंकर्स संघद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघले विभिन्न लघुवित्त संस्थाहरुको सहयोगमा देशका ७७ वटै जिल्लामा वित्तीय सारक्षता कार्यक्रम गर्ने योजना अनुरुप नेपाल लघुवित्त बैंकर्स संघको आयोजनामा धादिङको धादिङवेशीमा विभिन्न लघुवित्त संस्थाहरुमा आवद्ध करिव ३०० जना दिदी बहिनीहरुको उपस्थितिमा धादिङमा रहेको क्रिक रिसोर्टमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रम लघुवित्त बैंकर्ससंघका महासचिव रामबहादुर यादवको सभापतित्व तथा धादिङ क्षेत्र नं. २ का संघीय सासंद रामनाथ अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि रामनाथ अधिकारीले लघुवित्त संस्थाहरुले महिला दिदी बहिनीहरुलाई परनिर्भरताबाट छुटकारा दिएको र गाउँगाउँमा गई महिला दिदी बहिनीहरुलाई समुहमा आवद्ध गराई कार्यक्रम सञ्चालन गर्ने भएकाले यसको उदेश्य राम्रो भएको कुरा बताउनुभयो । साथै उहाँले कर्जा लिई सकेपछि तिर्नै पर्ने र कुनै पनि सरकार वा निकायले मिनाहा गर्न नसक्ने व्यहोरा स्पष्ट पार्नु भएको थियो ।

यसैगरी उक्त कार्यक्रममा आफनो विचार राख्दै नेपाल लघुवित्त वैकर्स संघकातर्फबाट महासचिव रामबहादुर यादवले लघुवित्तको उदेश्य पवित्र रहेको र कहिकतै सुधार गर्नुपर्ने भए छलफल गरी सुधार गर्न तयार रहेको कुरा बताउनुभयो ।

साथै देशको अर्थतन्त्रमा ठूलो योगदान दिएको लघुवित्त क्षेत्रलाई सबै मिलेर अगाडि बढाउनुपर्ने आवश्यकता रहेको र लघुवित्तका माध्यमले उद्यमशिलता विकाश गरी विदेशमा रहेका दाजुभाईलाई पनि नेपालमै रोजगारीको अवसर प्रदानगरि भित्राउनुपर्ने भन्ने विषयमा जोड दिनुभयो ।

उक्त कार्यक्रममा सघर्ष समितीका महासचिव पे्रम वि.क.ले लघुवित्तमा केहि समस्या रहेको र त्यही सुधार गर्नका लागि हामीले १२ वुदे सम्झौता गरेको कुरा वताउनु भयो । साथै उहाँले १२ बुँदे सहमति पनि महिला दिदी बहिनीहरुको हकहितमा रहेकोले त्यसलाई अक्षरस पालना गर्नुपर्ने भन्ने कुरामा जोड दिनुभयो । हाल देखिएको समस्याको समाधान सडकबाट नभई सम्वाद र छलफलबाट समाधान गर्नुपर्ने विषयमा जोड दिनुभयो ।

उक्त कार्यक्रममा केहि दिदी बहिनीहरुले आफ्ना सफलताका कथा सुनाउनु भई लघुवित्तले हामी महिलालाई विश्वास गर्नाले नै आजहामीले व्यापार व्यवसाय तथा उद्यम गर्न सफल भई जीवनमा परिवर्तन ल्याएको भनि अनुभव सुनाउनु भएको थियो ।

उक्त कार्यक्रममा वित्तीय साक्षरताअन्तर्गत कर्जाको सहि सदुपयोगीता तथा व्यवस्थापन, बहु बैंकिङबाट परेको असर र सोको उपाय, लघु उद्यम विकास तालिम, ग्राहकको जेहेन्दार बालबच्चालाई छात्रवृति प्रदान, उत्पादन वृद्धिका लागि प्राविधिक सहयोग तथा बजार व्यवस्थापन, समुहलाई सुदृढ बनाउनुपर्ने, कर्जा अनुशासन, सामाजिक कृयाकलाप, ग्राहकको हकहितका लागि थप सेवा सुविधाका लागि सुझाव सल्लाह र समग्र रुपमालघुवित्त क्षेत्रलाई आर्थिक तथा सामाजिक रुपान्तरणका लागी सुदृढ बनाउनुपर्ने विषयमा छलफल भएको थियो ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

असार १५ मा ७५ लाख लिटर दही खपत हुने अनुमान, एक अर्बको कारोबार गर्ने लक्ष्य

असार १५ मा ७५ लाख लिटर दही खपत हुने अनुमान, एक अर्बको कारोबार गर्ने लक्ष्य

वि.सं.२०८३ असार ११ बिहीवार १७:०४

काठमाडौं । नेपाल डेरी एसोसिएसनले राष्ट्रिय धान दिवस तथा असार...

नागरिक लगानी कोष र तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन सम्झौता

नागरिक लगानी कोष र तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन सम्झौता

वि.सं.२०८३ असार ११ बिहीवार १६:४७

काठमाडौं । नागरिक लगानी कोष र दोलखाको तामाकोशी गाउँपालिकाबीच नागरिक...

बौद्धस्थित भाटभटेनी सुपरस्टोर पुनः सञ्चालनमा

बौद्धस्थित भाटभटेनी सुपरस्टोर पुनः सञ्चालनमा

वि.सं.२०८३ असार १० बुधवार १३:४८

काठमाडौं । काठमाडौंको बौद्धस्थित भाटभटेनी सुपरस्टोर आज(वुधबार) देखि पुनः सञ्चालनमा...

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

वि.सं.२०८३ असार १० बुधवार १२:१९

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य घटेको छ...

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

वि.सं.२०८३ असार ९ मंगलवार ११:२०

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य घटेको छ...

दक्षिणढोकामा स्वागत ट्रेडिङ ग्रुपको नयाँ बहु–ब्रान्ड शोरूम संचालनमा

दक्षिणढोकामा स्वागत ट्रेडिङ ग्रुपको नयाँ बहु–ब्रान्ड शोरूम संचालनमा

वि.सं.२०८३ असार ८ सोमवार १९:१७

काठमाडौं । स्वागत ट्रेडिङ ग्रुपले काठमाडौंको गोकर्णेश्वर नगरपालिका–७, दक्षिणढोकामा आफ्नो...