सर्वाेत्तम स्टील र जगदम्बा सिमेन्टद्वारा प्राविधिक कार्यक्रम सम्पन्न
वि.सं.२०७९ वैशाख ९ शुक्रवार
काठमाडौं । नेपालकै प्रतिष्ठित कम्पनी सौरभ ग्रुप अन्तर्गतको गुणस्तरीय फलामे छड उत्पादक सर्वाेत्तम स्टीलले इन्जिनियर तथा ठेकेदारहरुलाई लक्षित गर्दै प्राविधिक कार्यक्रम सम्पन्न गरेको छ ।
जगदम्बा सिमेन्टसँगको सहकार्यमा आयोजना गरिएको उक्त कार्यक्रमको मूख्य उद्देश्य इन्जिनियर तथा ठेकेदारहरुलाई गुणस्तरीय घरनिर्माण सम्बन्धी जानकारी तथा प्राविधिक ज्ञान प्रदान गरेको हो ।
कार्यक्रममा सर्वाेत्तम स्टीलको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत आनन्द नेपालले इन्जिनियर तथा ठेकेदारहरुलाई सर्वाेत्तम स्टीलको गुणस्तरीयता तथा प्राविधिक विवरणबारे जानकारी दिएका थिए । त्यसैगरी जगदम्बा सिमेन्टको तर्फबाट कम्पनीका डिजिएम चिरञ्जीवी घिमिरेले जगदम्बा सिमेन्टको बारेमा जानकारी प्रदान गरेका हुन् ।
सो कार्यक्रम विर्तामोड, इटहरी र लहान गरी ३ स्थानहरुमा आयोजना गरिएको थियो । गत चैत्र २१ गते विर्तामोडमा भएको कार्यत्रममा १२० जनाको सहभागीता रहेको थियो भने चैत २३ गते इटहरीमा भएको कार्यक्रममा १२९ जना इन्जिनियर तथा ठेकेदारहरुको सहभागीता रहेको थियो ।
त्यसैगरी चैत्र २५ गते भएको कार्यक्रममा १३७ जनाको सहभागीता रहेको थियो । कार्यक्रम आयोजना भएको प्रत्येक स्थानमा कम्पनीले लक्की ड्र मार्फत एक जनालाई स्मार्ट टिभि उपहार समेत दिएको छ ।
सौरभ ग्रुप अन्तर्गतको सर्वाेत्तम स्टील Fe500फलामे डण्डी (सर्वोत्तम सुपर ग्रिप) नयाँ जमानाको यस्तो फलामे डण्डी हो जसले सर्वाेत्तम लचकता तथा मजबूतीलाई एकसमान रुपमा प्रस्तुत गरेको छ ।
यो फलामे डण्डी आफ्नो डायमण्ड रिबका कारण अन्य फलामे डण्डी भन्दा निकै फरक छ । यस किसिमको अतुलनीय विशेषता यस फलामे डण्डीले नेपालमै पहिलो पटक प्रस्तुत गरेको छ ।
आफ्नो यही अद्भुत डायमण्ड रिबका कारण यसले अन्य फलामे डण्डीको तुलनामा कंक्रिटसँग ६० प्रतिशत बढी पकड शक्ति प्रदान गर्छ । यस फलामे डण्डीले नेपालमा उपलब्ध Fe500 ग्रेडका फलामे डण्डीहरुको गुणस्तरलाई एक नयाँ आयाम दिने यात्रा प्रारम्भ गरेको छ ।
प्रकाशित समय : १७:३३ बजे





















