back

एनआईसी एशिया बैंकमा १ मिनेट १० सेकेन्डमै खाता खोल्नेलाई आईफोन-१२ उपहार

nactional life

काठमाडौँ । एनआईसी एशिया बैंकले घरमै बसेर अनलाईन खाता खोल्न प्रोत्साहन गर्ने उद्देश्यले अनलाइन अकाउन्ट ओपनिङ्ग च्यालेन्ज प्रतियोगिता योजना ल्याएको छ ।

यक्त योजना अन्तर्गत सबैभन्दा कम समयमा अनलाईन खाता खोल्ने सर्लाहीकी सुदीक्षा थापाले आईफोन–१२ जित्न सफल भएकी छिन् ।

गत जेष्ठ २३ देखि आषाढ १९ सम्म सञ्चालन भएको उक्त प्रतियोगितामा कुल १५८ जना योग्य सहभागी मध्ये सबैभन्दा कम अर्थात १ मिनेट १० सेकेन्डमै खाता खोली थापाले आईफोन–१२ जितेकी हुन् ।

उक्त योग्य सहभागीहरूले बैंकको वेबसाइटबाट खाता खोल्ने, अनलाईन खाताको स्टेप १ देखि सुमिटेड सम्मको प्रकृया देखिने गरी स्क्रीनसर्ट शेयर गर्ने, प्रतियोगिता अवधिभर बैंकको आधिकारिक फेसबुक पेजमा रहेको पिनेड पोष्टको कमेन्टमा च्यालेन्ज असेप्ट लेखि आफ्ना ५ जना साथीहरूलाई ट्याग गरी उक्त स्क्रीनसर्ट पोष्ट गर्ने, उक्त पिनेड पोष्टलाई आफ्नो टाइमलाइनमा ह्याजट्याग घरबाटै अनलाइन खाता तथा ह्याजट्याग एनआईसी बैंक उल्लेख गरी सार्वजनिक रुपमा शेयर गर्ने र यस बैंकको फेसबुक पेज र उक्त पिनेड पोष्टलाई लाइक गरेपश्चात् यस प्रतियोगितामा सहभागिता जनाएका थिए ।

साथै, प्रतियोगिता अवधिभर कम समयमा अनलाईन खाता खोल्ने शीर्ष–१० सहभागीहरूले स्मार्टवाच जित्न समेत जित्न सफल भएको बैंकले जनाएको छ ।

जसमध्ये रुपन्देहीकी मैना कँडेल, झापाका सौरभ दाहाल, काठमाडौंका दिनेश महर्जन, ललितपुरका युवराज तिवारी, बनेपाका राजु लामा, किर्तिपुरकी सिता श्रेष्ठ, डडेलधुराका सम्राट बम, दाङका कुल गिरी, गुल्मीका रविन श्रेष्ठ र पर्साका सरोज कार्की रहेका छन् ।

साथै, प्रतियोगिता अवधिभर साप्ताहिक रुपमा सबैभन्दा कम समयमा सफलपूर्वक अनलाईन खाता खोल्दै पहिलो साता काठमाडौंकी अस्मिता खतिवडा तथा कञ्चनपुरका सुरज चन्द, दोस्रो साता काठमाडौंकी कुसुम तिवारी तथा धरानकी दिपशिका योगी, तेस्रो साता विरगंजकी प्रमिला चौधरी तथा महेन्द्रनगरकी प्रतिक्षा चन्द र चौथो साता सर्लाहीकी सुदिक्षा थापा (आईफोन–१२ विजेता समेत) तथा अर्घाखाँचीका मोहम्मद अलीले स्मार्टवाच जित्न सफल भएका छन् ।

बैंकले सञ्चालनमा ल्याएको सहज अनलाईन खाता प्रक्रियाबाट यस प्रतियोगिता अवधिभर कुल ९ हजार भन्दा बढिले खाता खोलेकामा १५८ जना महानुभावहरू मात्रै यस प्रतियोगितामा सहभागी जनाउनुभएको थियो ।

जसमा विजेता बन्नुभएका १८ जनाले न्यूनतम १ मिनेट १० सेकेन्ड देखि अधिकतम ३ मिनेट ९ सेकेन्ड लगाएर सफलपूर्वक अनलाईन खाता खोलेका थिए ।

यस प्रतियोगिताका सम्पूर्ण विजेताहरूले ७ दिनभित्र बैंकको आधिकारिक फेसबुक पेजमा सम्पर्क गरी आफ्नो पुरस्कार दावी गर्नुपर्नेछ र आफ्नो खाताको हस्ताक्षर भेरिफिकेसनका लागि सक्कल नागरिकता सहित बैंकको नजिकैको शाखा कार्यालयमा सम्पर्क गर्नुपर्ने बैंकले जनाएको छ ।

२०७८ असार ५ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

एमालेले अध्यक्ष ओलीको पक्राउको विरोधमा थप विरोध कार्यक्रम गर्ने

एमालेले अध्यक्ष ओलीको पक्राउको विरोधमा थप विरोध कार्यक्रम गर्ने

वि.सं.२०८२ चैत १७ मंगलवार १७:२५

काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको...

कांग्रेसमा शेरबहादुर देउवा पक्षको अलग्गै बैठक

कांग्रेसमा शेरबहादुर देउवा पक्षको अलग्गै बैठक

वि.सं.२०८२ चैत १६ सोमवार ११:५६

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका कार्यवाहक...

मन्त्रिपरिषद् बैठक आज बस्दै

मन्त्रिपरिषद् बैठक आज बस्दै

वि.सं.२०८२ चैत १६ सोमवार ११:२४

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री...

ओली र लेखकको बन्दी प्रत्यक्षीकरण सुनुवाइ छुट्टाछुट्टै इजलासमा

ओली र लेखकको बन्दी प्रत्यक्षीकरण सुनुवाइ छुट्टाछुट्टै इजलासमा

वि.सं.२०८२ चैत १६ सोमवार ११:२१

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको...

पक्राउ परेकी लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मामाथि अनुसन्धान सुरु

पक्राउ परेकी लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मामाथि अनुसन्धान सुरु

वि.सं.२०८२ चैत १६ सोमवार ११:१७

काठमाडौं । लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मा बालश्रम शोषणको आरोपमा...

कार्की आयोग निष्पक्ष छानबिनका लागि नबनेको पुष्टि भयो : शंकर पोखरेल

कार्की आयोग निष्पक्ष छानबिनका लागि नबनेको पुष्टि भयो : शंकर पोखरेल

वि.सं.२०८२ चैत १२ बिहीवार १२:०४

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनको छानबिन...