back
skip this gaugauma singhadarbar

नेप्सेमा सामान्य अंकको गिरावट, १९ कम्पनीको सेयर मूल्इमा सकिट लाग्दा कारोबार रकममा नयाँ रेकर्ड

काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेप्से सामान्य घटेर बन्द भएको छ । यद्यपी कारोबार रकमले भने नयाँ इतिहास रचेको छ ।
बिहीबार नेप्से १.२० अंक घटेर २८१५.४० विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.२८ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.२६ अंक घटेको छ।

यो दिन काराबोरमा आएका २१५ कम्पनीको १ लाख ४७ हजार ४९३ पटकको कारोबारमा १४ अर्ब ७६ करोड ८८ लाख ८ हजार ४९२ रुपैयाँ बराबरको ४ करोड १८ लाख १३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिनको कारोबार रकम हालसम्मकै उच्च हो। यस अघि गत सोमबार १३ अर्बभन्दा बढीको शेयर खरिदबिक्री हुँदा कारोबार रकमले नयाँ रेकर्ड बनाएको थियो।

नेप्सेमा सामान्य करेक्सन देखिएपनि यस दिन १९ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सर्किट लेभलमा कारोबार हुनेमा सबै जलविद्युत कम्पनीहरु रहेका छन्। त्यसैगरी, यस दिन शेयरमूल्य ओरालो लाग्ने कम्पनीहरुको शीर्ष स्थानमा लघुवित्त कम्पनीहरु रहेका छन्। राष्ट्र बैंकले जारी गरेको नयाँ निर्देशनको प्रभाव यस दिन शेयर बजारमा देखिएको हो।

यस दिन कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक सर्वाधिक ६.७२ प्रतिशत बढेको छ भने जलविद्युतको ४.५७ प्रतिशत, विकास बैंकको ३.४३ प्रतिशत र वित्तको २.२८ प्रतिशत बढेको छ। यता लघुवित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक ३.४१ प्रतिशत घटेको छ। त्यसैगरी, अन्य उपसमूहको परिसूचक १.०८ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन अपि पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४३ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन अरुण काबेली र चिलिमेको ३७ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

२०७८ जेठ १३ गते प्रकाशित

gaugauma singhadarbar

प्राइम कमर्सियल बैंकका संस्थापक नारायणदास मानन्धरको निधन

प्राइम कमर्सियल बैंकका संस्थापक नारायणदास मानन्धरको निधन

वि.सं.२०८२ मंसिर २२ सोमवार १०:१३

काठमाडौं । प्राइम कमर्सियल बैंकका संस्थापक प्रमुख कार्यकारी अधिकृत नारायणदास...

विमान प्रविधिको द्रुत विकास, तर मानव–केन्द्रित सेवाको महत्व अपरिवर्तित : मन्त्री सिन्हा

विमान प्रविधिको द्रुत विकास, तर मानव–केन्द्रित सेवाको महत्व अपरिवर्तित : मन्त्री सिन्हा

वि.सं.२०८२ मंसिर २२ सोमवार १०:०९

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार...

रिलायन्स स्पिनिङ मिल्सको आईपीओ आजदेखि निष्कासनमा

रिलायन्स स्पिनिङ मिल्सको आईपीओ आजदेखि निष्कासनमा

वि.सं.२०८२ मंसिर २२ सोमवार १०:००

काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली...

२१.४८ अंक घट्यो नेप्से, कारोबार रकममा सामान्य सुधार

२१.४८ अंक घट्यो नेप्से, कारोबार रकममा सामान्य सुधार

वि.सं.२०८२ मंसिर २१ आइतवार १६:५१

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा २१.४८ अंकको...

रिलायन्स स्पिनिङ मिल्सको आईपीओ मंसिर २२ गतेदेखि निष्कासन हुँदै

रिलायन्स स्पिनिङ मिल्सको आईपीओ मंसिर २२ गतेदेखि निष्कासन हुँदै

वि.सं.२०८२ मंसिर २१ आइतवार ११:१०

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले मंसिर २२ गतेदेखि आफ्नो...

जेनजीका मागहरू सम्बोधन नहुँदा मुलुक अनिश्चितताको खाडलमा जाँदैछ : पद्यमा अर्याल

जेनजीका मागहरू सम्बोधन नहुँदा मुलुक अनिश्चितताको खाडलमा जाँदैछ : पद्यमा अर्याल

वि.सं.२०८२ मंसिर १९ शुक्रवार १०:३९

काठमाडौं । एमालेको आसन्न राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा पार्टी सचिव...