back

हिमालयन लाइफ इन्स्योरेन्सको नाफा ८.४९ प्रतिशत बढ्यो

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा खुद नाफा ८.४९ प्रतिशत बढेर ४७ करोड २४ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ४३ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आवको चैत मसान्तसम्ममा कम्पनीको खुद बीमा शुल्क १.३३ प्रतिशत बढेर १२ अर्ब १८ करोड ३० लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतमा कम्पनीले १२ अर्ब २ करोड ३० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

चैतसम्म कम्पनीले १२ अर्ब ४९ करोड ५५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १२ अर्ब ३३ करोड १३ लाख कुल बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन १.३३ प्रतिशतले बढेको हो ।यस अवधिमा कम्पनीको खुद दाबी भुक्तानी १४ अर्ब ९६ करोड ८६ लाख रुपैयाँ गरेको छ । गत वर्षको चैतमा कम्पनीले १३ अर्ब ९७ करोड ११ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीले पुनर्बीमा कमिसनमा ३१ करोड २४ लाख रुपैयाँ र अभिकर्ता कमिसनमा ९८ करोड ६४ लाख रुपैयाँ खर्च गरेको छ । गत वर्षको चैतमा कम्पनीले पुनर्बीमा कमिसनमा ३० करोड ८२ लाख रुपैयाँ र अभिकर्ता कमिसनमा ९९ करोड ८१ लाख खर्च गरेको थियो । चैतसम्म कम्पनीले १८ अर्ब ४८ करोड रुपैयाँ कुल आम्दानी गरेर १७ अर्ब १४ करोड ४९ लाख रुपैयाँ कुल खर्च गरेको छ ।

गत वर्ष सोही अवधिमा कम्पनीले १६ अर्ब ६९ करोड ६३ लाख रुपैयाँ कुल आम्दानी गरेर १६ अर्ब २६ करोड रुपैयाँ कुल खर्च गरेको थियो । समीक्षा अवधिसम्ममा कम्पनीको चुक्ता पुँजी १४ प्रतिशत बढेर ९ अर्ब १४ करोड ३२ लाख रुपैयाँ, महाविपत्ती कोष ८.२९ प्रतिशत बढेर ४७ करोड ८ लाख र जीवन बीमा कोषको आकार ७३ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ ।

यस अवधिमा कम्पनीको सञ्चित नाफा घटेर १ अर्ब ९ करोड ९० लाख रुपैयाँमा झरेको छ । गत वर्षको चैतमा कम्पनीको सञ्चित नाफा १ अर्ब ४२ करोड १३ लाख रुपैयाँ थियो । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ६.८९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११६.०७ रुपैयाँ र मूल्य आम्दानी अनुपात ६१.५१ गुणा रहेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सानिमा बैंकको वितरणयोग्य नाफा ३४.६६ प्रतिशतले बढ्यो, खुद नाफा ३ अर्ब ५५ करोड

सानिमा बैंकको वितरणयोग्य नाफा ३४.६६ प्रतिशतले बढ्यो, खुद नाफा ३ अर्ब ५५ करोड

वि.सं.२०८३ साउन ११ सोमवार १४:३८

काठमाडौं । सानिमा बैंक लिमिटेडको वितरणयोग्य नाफा उल्लेख्य रूपमा बढेको...

नबिल बैंकका ग्राहकले ओरल एन्ड डेन्टल क्लिनिकमा विशेष छुट पाउने

नबिल बैंकका ग्राहकले ओरल एन्ड डेन्टल क्लिनिकमा विशेष छुट पाउने

वि.सं.२०८३ साउन ११ सोमवार १३:०५

काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि स्वास्थ्य सेवामा...

महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित

महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित

वि.सं.२०८३ साउन १० आइतवार १७:०१

काठमाडौं । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध...

८३ दिनका लागि एक खर्ब निक्षेप उठाउँदै नेपाल राष्ट्र बैंक

८३ दिनका लागि एक खर्ब निक्षेप उठाउँदै नेपाल राष्ट्र बैंक

वि.सं.२०८३ साउन ६ बुधवार ११:१८

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन...

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ’प्रदेश बचत खाता’ सुरु

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ’प्रदेश बचत खाता’ सुरु

वि.सं.२०८३ साउन ६ बुधवार ११:१५

काठमाडौं । एनएमबि बैंक लिमिटेडले नेपालका सातवटै प्रदेशका लागि ’प्रदेश...

एनएमबि बैंकद्वारा नागरिक एप इन्टीग्रेसनका लागि सूचना प्रविधि विभागसँग सहकार्य

एनएमबि बैंकद्वारा नागरिक एप इन्टीग्रेसनका लागि सूचना प्रविधि विभागसँग सहकार्य

वि.सं.२०८३ साउन ४ सोमवार १५:४१

काठमाडौँ । डिजिटल बैंकिङ्गलाई अझ सहज र छिटो बनाउनका लागि...