हिमालयन लाइफ इन्स्योरेन्सको नाफा ८.४९ प्रतिशत बढ्यो

वि.सं.२०८२ वैशाख २१ आइतवार

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा खुद नाफा ८.४९ प्रतिशत बढेर ४७ करोड २४ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ४३ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
चालु आवको चैत मसान्तसम्ममा कम्पनीको खुद बीमा शुल्क १.३३ प्रतिशत बढेर १२ अर्ब १८ करोड ३० लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतमा कम्पनीले १२ अर्ब २ करोड ३० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
चैतसम्म कम्पनीले १२ अर्ब ४९ करोड ५५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १२ अर्ब ३३ करोड १३ लाख कुल बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन १.३३ प्रतिशतले बढेको हो ।यस अवधिमा कम्पनीको खुद दाबी भुक्तानी १४ अर्ब ९६ करोड ८६ लाख रुपैयाँ गरेको छ । गत वर्षको चैतमा कम्पनीले १३ अर्ब ९७ करोड ११ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीले पुनर्बीमा कमिसनमा ३१ करोड २४ लाख रुपैयाँ र अभिकर्ता कमिसनमा ९८ करोड ६४ लाख रुपैयाँ खर्च गरेको छ । गत वर्षको चैतमा कम्पनीले पुनर्बीमा कमिसनमा ३० करोड ८२ लाख रुपैयाँ र अभिकर्ता कमिसनमा ९९ करोड ८१ लाख खर्च गरेको थियो । चैतसम्म कम्पनीले १८ अर्ब ४८ करोड रुपैयाँ कुल आम्दानी गरेर १७ अर्ब १४ करोड ४९ लाख रुपैयाँ कुल खर्च गरेको छ ।
गत वर्ष सोही अवधिमा कम्पनीले १६ अर्ब ६९ करोड ६३ लाख रुपैयाँ कुल आम्दानी गरेर १६ अर्ब २६ करोड रुपैयाँ कुल खर्च गरेको थियो । समीक्षा अवधिसम्ममा कम्पनीको चुक्ता पुँजी १४ प्रतिशत बढेर ९ अर्ब १४ करोड ३२ लाख रुपैयाँ, महाविपत्ती कोष ८.२९ प्रतिशत बढेर ४७ करोड ८ लाख र जीवन बीमा कोषको आकार ७३ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ ।
यस अवधिमा कम्पनीको सञ्चित नाफा घटेर १ अर्ब ९ करोड ९० लाख रुपैयाँमा झरेको छ । गत वर्षको चैतमा कम्पनीको सञ्चित नाफा १ अर्ब ४२ करोड १३ लाख रुपैयाँ थियो । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ६.८९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११६.०७ रुपैयाँ र मूल्य आम्दानी अनुपात ६१.५१ गुणा रहेको छ ।

प्रकाशित समय : १२:०२ बजे