एनएमबि बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख हस्तान्तरण

वि.सं.२०८१ असोज २१ सोमवार

काठमाडौं । एनएमबि बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख बराबरको रकम सहयोग प्रदान गरेको छ ।
बैंकका उच्च पदाधिकारीहरूले प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगी उक्त सहयोग रकमको चेक प्रधानमन्त्री केपी शर्मा ओली समक्ष हस्तान्तरण गरेका हुन् ।
उक्त सहयोगले बाढी पहिरोबाट प्रभावित समुदायलाई राहत तथा पुनस्र्थापना गराउन र बिग्रीएका, भत्किएका संरचनाहरुको पुनर्निमाण गर्न महत्त्वपूर्ण योगदान पुग्ने बिश्वास बैंकले लिएको छ ।
साथै, यस चुनौतीपूर्ण समयमा दैवी प्रकोपबाट प्रभाभित नेपाली नागरिकहरूलाई चाहिने साथ र सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

प्रकाशित समय : १२:०० बजे