एभरेष्ट बैंकको ३०औं वार्षिक साधारणसभा सम्पन्न
वि.सं.२०८१ असोज २१ सोमवार
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ३० औं वार्षिक साधारण सभा यहि असोज २० गते सम्पन्न भएको छ । सभाले लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गरेको हो ।
यस सभाले शेयरधनीहरुलाई आ.व २०८०/८१ का लागि १० प्रतिशत बोनस शेयर र ५.५३ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको बैंकले जनाएको छ।
साथै यस सभाले बैंकको सञ्चालक समितिमा सर्वसाधारण शेयरधनीहरुका तर्फबाट नबिन भक्त श्रेष्ठ र उर्मीला श्रेष्ठलाइ आगामी ४ बर्षकालागि पुन निर्बिरोध निर्वाचित गरेको छ । आ.ब २०८१/८२ को लागि एन. अमात्य एंड कम्पनीलाइ लेखापरीक्षकमा पुन नियुक्त गर्ने प्रस्ताव समेत सभाले सर्वसम्मतबाट पारित गरेको बैंकले जनाएको छ ।
प्रकाशित समय : १२:०० बजे






















