back
nactional

सिटिजन्स बैंकले बोलायो साधारण सभा, सभाले लाभांश प्रस्ताव पारित गर्ने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले साधारण बोलाएको छ । सभा कात्तिक १२ गते अमृतभोग कालिकास्थान काठमाडौंमा बिहान ९ बजे सुरु हुनेछ ।

सभामा बैंकले ४ प्रतिशत बोनस सेयर र ०.२१ प्रतिशत नगद गरी कुल ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्नेछ ।

साथै, बैंकले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज हुन तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखेमा सो सम्बन्धी सम्पूर्ण कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि पारित गर्नेछ । बोनस सेयर बितरण पश्चात बैंकको चुक्ता पुँजी बृद्धि हुने भएकोले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव गरिने छ ।

गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्नेछ । चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ती गर्ने एजेन्डा पनि छ।

लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज २९ गते बुक क्लोज गर्ने भएको छ । तर, लगानीकर्ताले लाभांश हात पार्न दसै अघिनै सेयर खरिद गर्नु पर्ने हुन्छ । किनकि, असोज २४ देखि असोज २८ गतेसम्म सार्वजनिक विदा परेको छ । यसर्थ, असोज २३ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सिद्धार्थ बैंकले ४ लाख ६९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राख्यो

सिद्धार्थ बैंकले ४ लाख ६९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राख्यो

वि.सं.२०८३ भदौ २ मंगलवार ०८:३३

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ४...

नेपाल एसबिआई बैंकको सञ्चालक समिति अध्यक्षमा मनिष कुमार चान्दना चयन

नेपाल एसबिआई बैंकको सञ्चालक समिति अध्यक्षमा मनिष कुमार चान्दना चयन

वि.सं.२०८३ भदौ १ सोमवार २२:१५

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको सञ्चालक समिति अध्यक्षमा मनिष...

पाल्पाको तानसेनमा एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा

पाल्पाको तानसेनमा एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा

वि.सं.२०८३ भदौ १ सोमवार २०:५३

पाल्पा । एभरेस्ट बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा...

महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट

महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट

वि.सं.२०८३ भदौ १ सोमवार २०:४३

काठमाडौं । नेपाली जनताको घरदैलोमा विगत ३२ वर्ष देखि अनवरत...

कल्याण विक्रम पाँडे माछापुच्छ्रे बैंकको नायब सीईओ नियुक्त

कल्याण विक्रम पाँडे माछापुच्छ्रे बैंकको नायब सीईओ नियुक्त

वि.सं.२०८३ भदौ १ सोमवार २०:३७

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले कल्याण विक्रम पाँडेलाई नायब प्रमुख...

कुमारी बैंकको मोबाइल बैंकिङ्ग एपमा आईआरडी प्रोत्साहन कार्यक्रम सुविधा उपलब्ध

कुमारी बैंकको मोबाइल बैंकिङ्ग एपमा आईआरडी प्रोत्साहन कार्यक्रम सुविधा उपलब्ध

वि.सं.२०८३ भदौ १ सोमवार १५:४९

काठमाडौं । कुमारी बैंक लिमिटेडले नेपाल सरकार तथा आन्तरिक राजस्व...