back

गरिमा विकास बैंकद्वारा अन्तर्राष्ट्रिय क्यूआर पेमेन्ट सुविधाको सुरू

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले अन्तर्राष्ट्रिय क्यूआर पेमेन्ट सुविधा को सुरूवात गरेको छ । यस विकास बैंकले फोनपेसँगको सहकार्यमा नेपाल आएका भारतीय पर्यटक/ग्राहकलाई लक्षित गरी क्यूआर मर्चेन्ट मार्फत भुक्तानी सेवा प्रदान गर्न अन्तरदेशीय क्यूआर पेमेन्ट प्रणालीको २०८१/०४/०१ देखि लागू हुने गरी शुभारम्भ गरेको हो ।

यस सेवा अन्तर्गत, भारतीय ग्राहकहरुले BHIM र PhonePay फोनपे लगायतका भारतीय भुक्तानी सेवा प्रदायकहरुबाट गरिमा विकास बैंकको क्यूआर कोड स्क्यान गरी नेपालका विभिन्न व्यापारिक स्थलहरुमा सुरक्षित र सुविधाजनक रुपमा रकम भुक्तानी गर्न सक्नेछन् । विकास बैंकले यो सेवा छिटो, छरितो र भरपर्दो रुपमा उपलब्ध गराउन आफ्ना व्यवसायिक ग्राहकसँग सहकार्य गरेको हो । यस प्रकारका सेवाहरूले नेपाल र भारतबीचको आर्थिक तथा पारस्परिक सम्बन्धलाई अझ सुदृढ बनाउँदै नेपालको आर्थिक र पर्यटन क्षेत्रको विकासमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा विकास बैंकले राखेको छ ।

काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाडौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटिएम एवं विभिन्न डिजिटल बैकिङ माध्यम बाट सरल, सुरक्षित एवं गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

वाणिज्य बैंकतर्फ नबिल र विकास बैंकतर्फ रेसुङ्गाले जित्यो अवार्ड

वाणिज्य बैंकतर्फ नबिल र विकास बैंकतर्फ रेसुङ्गाले जित्यो अवार्ड

वि.सं.२०८३ साउन १९ मंगलवार १८:२५

काठमाडौँ । चौँथो आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डबाट नेपालको वाणिज्य...

सर्वसाधारणले किन्न मिल्ने गरी सांग्रिला डेभलपमेन्ट बैंकको १५ हजार कित्ता शेयर बिक्रीमा

सर्वसाधारणले किन्न मिल्ने गरी सांग्रिला डेभलपमेन्ट बैंकको १५ हजार कित्ता शेयर बिक्रीमा

वि.सं.२०८३ साउन १९ मंगलवार १३:२४

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको...

सप्तकोशी डेभलपमेन्ट बैंकको नाफा ८६% ले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

सप्तकोशी डेभलपमेन्ट बैंकको नाफा ८६% ले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

वि.सं.२०८३ साउन १९ मंगलवार १२:१६

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को...

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफामा उछाल: झण्डै ३ अर्ब उठायो ब्याज, ईपीएस कति ?

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफामा उछाल: झण्डै ३ अर्ब उठायो ब्याज, ईपीएस कति ?

वि.सं.२०८३ साउन १९ मंगलवार १२:११

काठमाडौँ । गत आर्थिक वर्ष २०८२/८३ मा शाइन रेसुङ्गा डेभलपमेन्ट...

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

वि.सं.२०८३ साउन १९ मंगलवार १२:०९

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

कर्मचारी सरुवा र धितो लिलामी नियमित प्रक्रिया हो, भ्रामक प्रचार नगरियोस्: प्रभु बैंक

कर्मचारी सरुवा र धितो लिलामी नियमित प्रक्रिया हो, भ्रामक प्रचार नगरियोस्: प्रभु बैंक

वि.सं.२०८३ साउन १९ मंगलवार १२:०४

काठमाडौं । प्रभु बैंक लिमिटेडले केही सञ्चारमाध्यममा बैंक, यसको सञ्चालक,...