back

इजेड वर्ल्डवाइड रेमिट र इसेवा मनी ट्रान्सफरबीच सम्झौता,सम्झौतामा के के छ ?

nactional life

काठमाडौं । नेपालको रेमिट्यान्स बजारमा बलियो उपस्थिति जनाउँदै आइरहेको इसेवा मनि ट्रान्सफर र विश्वव्यापी मनी ट्रान्सफरको काम गर्दै आएको प्रतिष्ठित बैंक बीएफसी बेंक अन्तरगत रहेको इसेड रेमिटबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ।

यो सम्झौतासँगै अब इजेड रेमिटको सेवा उपयोग गर्दै बीएफसी बैंकका शाखाहरु तथा संसारका ४० भन्दा बढी मुलुकमा रहेका ५५ हजारभन्दा बढी नेटवर्कका माध्यमबाट इसेवा मनी ट्रान्सफरमार्फत नेपालमा पैसा पठाउन सकिनेछ।

सम्झौतामा इसेवा मनी ट्रान्सफरका तर्फबाट सीईओ, अजेस कोइराला र इजेड रेमिटका तर्फबाट चिफ फाइनान्स अफिसरसमेत रहेका कार्यवाहक सीईओ मुजाहिद मलिकले हस्ताक्षर गरेका छन्।

सम्झौताबारे बोल्दै इसेवा मनी ट्रान्सफरका सीईओ अजेस कोइरालाले भने, ‘इजेडसँग रेमिट्यान्स साझेदारी गर्न पाउँदा हामी अत्यन्त खुसी छौँ। यस रेमिट्यान्स सम्झौतामार्फत इसेवा मनी ट्रान्सफरले नेपालीहरुलाई आफ्नो परिवारसँग जोड्नेमा हामी विश्वस्त छौँ र यसैगरी सकेसम्म धेरै विदेश गएका नेपालीहरुलाई डिजिटल रेमिट्यान्सको माध्यमबाट सस्तो, छिटो र भरपर्दो सेवा प्रदान गर्दै आफ्नो घर–परिवारसम्म जोड्न हामी निरन्तर लागि रहने छौँ।’

इसेडसँगको यो सहकार्यसँगै इजेड रेमिटको सेवा उपलब्ध रहेका मुलुकमा बसोवास तथा काम गर्दै आएका नेपालीहरुले नेपालमा आफ्ना आफन्तजन तथा इष्टमित्रलाई पैसा पठाउँदा, सोझै पाउने व्यक्तिको बैंकको खातामै डिपोजिट गर्न मिल्नुका साथै इसेवा वालेटमा तुरुन्तै पैसा लोड गर्न सकिनेछ।

त्यस्तै इजेड रेमिटको शाखाहरुबाट पठाएको रेमिट्यान्स नेपालभरी रहेका इसेवा मनी ट्रान्सफरका १२ हजार बढी भुक्तानी केन्द्र र इसेवाका मुलुकभरी रहेका १ लाख ३० हजार बढी एजेन्ट नेटवर्कबाट पनि तुरुन्तै रकम प्राप्त गर्न सकिने छ। यसका साथै पाउने व्यक्तिले पठाएको रेमिट्यान्स भुक्तानी केन्द्रमा नगई सोझै इसेवा वालेटमा प्राप्त गरेर अतिरिक्त रु. ७७ बोनस रकमसमेत प्राप्त गर्न सकिनेछ। साथै इसेवा मनीमार्फत आएको रकम प्रभु म्यानेजमेन्टअन्तर्गत रहेका सहकारी संस्थाहरुबाट समेत भुक्तानी लिन सकिनेछ।

सन् २००३ मा स्थापना भएको इजेड रेमिट लन्डनमा रहेर विश्वव्यापी मनी ट्रान्सफरको काम गर्दै आएको सस्तो, छिटो र भरपर्दो रेमिट कम्पनी हो। यो बहराइनमा रहेको बीएफसी गु्रप होल्डिङस् (बीएफसी) गु्रपको मातहतमा रहेर रहेर संचालन हुँदै आएको छ।

यो रेमिट कम्पनी हाल संसारका ४० भन्दा बढी मुलुकमा विस्तार भएका ५५ हजार बढी नेटवर्कका माध्यम हुँदै संसारका अधिकांस मुलुकमा रेमिट्यान्स सेवा प्रदान गरिरहेको छ।

इसेवा मनी ट्रान्सफरले परम्परागत शैली तथा डिजिटल माध्यममार्फत २०० भन्दा बढी देशहरुबाट इसेवा वालेट प्रयोगकर्ताहरुको र ६० भन्दा बढी बैक खातामा विपे्रषण रकम भित्र्याउँदै आएको छ। इसेवा मनी ट्रान्सफरले आफ्ना सेवाग्राहीलाई १० हजारभन्दा बढी भुक्तानी केन्द्र तथा इसेवा वालेटका १ लाखा ३० हजारभन्दा बढी एजेन्ट तथा क्यास प्वाइन्टमार्फत पनि विपे्रषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ।

सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त इसेवा मनी ट्रान्सफर देशभरका १ करोड १० लाखभन्दा बढी जनसंख्या र १ लाख बढी संस्थालाई फिनटेकमा आधारित भक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८३ असार १ सोमवार १२:४३

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल...

खराब कर्जा र गैर-बैंकिङ सम्पत्ति चुलिँदा बैंकहरूमा पूँजीगत दबाब, राष्ट्र बैंकद्वारा ‘एभरग्रिनिङ’ र कमजोर सुशासनको खुलासा

खराब कर्जा र गैर-बैंकिङ सम्पत्ति चुलिँदा बैंकहरूमा पूँजीगत दबाब, राष्ट्र बैंकद्वारा ‘एभरग्रिनिङ’ र कमजोर सुशासनको खुलासा

वि.सं.२०८३ जेठ ३१ आइतवार १५:४३

काठमाडौँ। भू–राजनीतिक अस्थिरता, सूचना प्रविधि क्षेत्रका सुरक्षा चुनौती र खस्कँदो...

असारका लागि वाणिज्य बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको ब्याजदर कति?

असारका लागि वाणिज्य बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको ब्याजदर कति?

वि.सं.२०८३ जेठ ३१ आइतवार १५:२६

काठमाडौं । नेपालका २० वटा वाणिज्य बैंकहरूले असार महिनाका लागि...

बालाजु औद्योगिक क्षेत्र उद्योग महासंघद्वारा सरकार र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको निर्णयप्रति आपत्ति

बालाजु औद्योगिक क्षेत्र उद्योग महासंघद्वारा सरकार र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको निर्णयप्रति आपत्ति

वि.सं.२०८३ जेठ २९ शुक्रवार १८:०२

काठमाडौं । नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले सरकार र औद्योगिक...

मोबाइल नष्ट गरिएको घटनाप्रति व्यवसायीको आपत्ति, कारबाहीको माग

मोबाइल नष्ट गरिएको घटनाप्रति व्यवसायीको आपत्ति, कारबाहीको माग

वि.सं.२०८३ जेठ २९ शुक्रवार १७:५९

काठमाडौं । सिरहामा परीक्षाका क्रममा जफत गरिएका करिब ५०० थान...

मन्त्री श्रेष्ठलाई ऊर्जाको क्षेत्रमा इतिहासमा नाम लेखाउने अवसर छ : अध्यक्ष कार्की

मन्त्री श्रेष्ठलाई ऊर्जाको क्षेत्रमा इतिहासमा नाम लेखाउने अवसर छ : अध्यक्ष कार्की

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०३

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल(इप्पान)का अध्यक्ष गणेश कार्की...