back

फोटन पिकअपका लागि एमएडब्लू वृद्धिले ल्यायो : ‘एस्योर्ड बाईब्याक’ स्किम

nactional life

काठमाडौं  – नेपालका लागि फोटन मोटरको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले पिकअप सेग्मेन्टमै पहिलो पटक आफ्नो फोटन टुनल्यान्ड ईका लागि ‘एस्योर्ड बाईब्याक’ स्किम ल्याएको छ ।

नेपालमा टुनल्यान्ड पिकअपको अत्यधिक सफलतापछि ग्राहकको विश्वास अझ बढाउनका लागि ल्याइएको योजनाअन्तर्गत टुनल्यान्ड ई पिकअप बिक्री भएको ५ वर्षपछि एमएडब्लू वृद्धि आफैंले निश्चित मूल्यमा किन्ने भएको छ । नेपालमा फोटनका उत्पादनको विश्वसनीयताको परीक्षण सन् २०१९ देखि हुँदै आएको छ । ती उत्पादनको प्रदर्शन सन्तोषजनक भएपछि एमएडब्लु वृद्धिले विशेष योजना ल्याएको छ ।

फोटन पिकअपको उच्च विश्वसनीयताले रिसेल बजारमा पनि यसको भ्यालु दमदार रहने कम्पनीले जनाएको छ । ‘हाम्रा उत्पादनमाथि हाम्रो विश्वासकै कारण हामीले हाम्रो ब्रान्डलाई अँगाल्न यो अभूतपूर्व योजना ल्याएका हौं । हामीलाई विश्वास छ, आउँदा वर्षहरूमा हाम्रो पिकअपको भ्यालु उच्च रहने छ । यसलाई विश्वस्त तुल्याउन हामीले बाई ब्याग स्किम ल्याएका हौं,’ एमएडब्लु वृद्धिका सेल्स हेड नविन आचार्यले भने ।

यससँग एमएडब्लु वृद्धिले एक्सचेन्ज बोनसका रूपमा ३ लाख रुपैयाँ, अनलिमिटेड फ्री रोडसाइड असिस्ट्यान्स र ५ वर्षसम्म विस्तार गर्न सकिने निःशुल्क सर्भिसिङको समेत घोषणा गरेको छ ।

‘२.८ लिटरको इनलाइन ४ सिलिन्डर, इलेक्ट्रिकल्ली कन्ट्रोल्ड हाई प्रेसर कम रेल सहितको टर्बोचार्ज र इन्टरकुल फोरवाइड र ५ स्पिड म्यानुअल ट्रान्समिसन इन्जिन भएको टुनल्यान्ड ईले ३६०० आरपीएममा ८५ किलोवाट र २४०० आरपीएममा २८० एनएम टर्क उत्पन्न गर्छ,’ कम्पनीले भनेको छ, ‘एक टन पेलोड क्यापासिटी भएको टुनल्यान्ड ईको कार्गो बक्सको आकार १.५२ मिटर बाई १.५८ मिटर बाई ०.४४ मिटर रहेको छ, जुन क्लासमै सर्वोत्कृष्ट हो ।’

फोटन चीनको नम्बर १ कमर्शियल भेहिकल ब्रान्ड हो, जसले सन् २०२० मा विश्वभर ६ लाख ८० हजार युनिट सेल्स हासिल गरेको थियो । जुन अघिल्लो वर्षको तुलनामा २६ प्रतिशत बढी हो । फोटनका उत्पादन विश्वका २७ वटा एसेम्बली प्लान्टमा उत्पादन भई ११० देशमा उपलब्ध छन् । हाल एमएडब्लु वृद्धिले नेपालमा फोटनका पिकअप र भ्यान बिक्रीवितरण गर्दै आएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

हुन्डाईले ल्यायो वल्ड कप टु वल्ड कप अफर, ४ लाखसम्म छुट र बोनस

हुन्डाईले ल्यायो वल्ड कप टु वल्ड कप अफर, ४ लाखसम्म छुट र बोनस

वि.सं.२०८३ जेठ २५ सोमवार १४:४१

काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल...

इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव

इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव

वि.सं.२०८३ जेठ २४ आइतवार १७:००

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले गरेको एक अध्ययनअनुसार देशभर विद्युतीय...

सुजुकी समर सर्भिस क्याम्प सुरु हुँदै, विशेष छुटसहित नगरकोटमा लक्जरी स्टेकेसन जित्ने अवसर

सुजुकी समर सर्भिस क्याम्प सुरु हुँदै, विशेष छुटसहित नगरकोटमा लक्जरी स्टेकेसन जित्ने अवसर

वि.सं.२०८३ जेठ २२ शुक्रवार १८:२१

काठमाडौं । नेपालमा सुजुकी अटोमोबाइल्सको आधिकारिक वितरक सीजी मोटोकर्प प्रालिले...

बजेटप्रति नाडाको प्रतिक्रिया : कर नीतिले सवारीसाधन महँगिने चिन्ता

बजेटप्रति नाडाको प्रतिक्रिया : कर नीतिले सवारीसाधन महँगिने चिन्ता

वि.सं.२०८३ जेठ २२ शुक्रवार १८:१७

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले आर्थिक...

नाडाद्वारा ‘नाडा ग्रीन ड्राइभ २०२६’ र्याली सम्पन्न

नाडाद्वारा ‘नाडा ग्रीन ड्राइभ २०२६’ र्याली सम्पन्न

वि.सं.२०८३ जेठ २२ शुक्रवार १८:०१

काठमाडौं । विश्व वातावरण दिवस २०२६ को अवसरमा नाडा अटोमोबाइल्स...

नयाँ ‘ओमोडा ई फाइभ प्रो’ इलेक्ट्रिक एसयूभी सार्वजनिक

नयाँ ‘ओमोडा ई फाइभ प्रो’ इलेक्ट्रिक एसयूभी सार्वजनिक

वि.सं.२०८३ जेठ १७ आइतवार २०:५३

काठमाडौं । एसपीजी अटोमोबाइल्सले नेपालमा नयाँ ओमोडा ई फाइभ प्रो...