back

फोटन पिकअपका लागि एमएडब्लू वृद्धिले ल्यायो : ‘एस्योर्ड बाईब्याक’ स्किम

काठमाडौं  – नेपालका लागि फोटन मोटरको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले पिकअप सेग्मेन्टमै पहिलो पटक आफ्नो फोटन टुनल्यान्ड ईका लागि ‘एस्योर्ड बाईब्याक’ स्किम ल्याएको छ ।

नेपालमा टुनल्यान्ड पिकअपको अत्यधिक सफलतापछि ग्राहकको विश्वास अझ बढाउनका लागि ल्याइएको योजनाअन्तर्गत टुनल्यान्ड ई पिकअप बिक्री भएको ५ वर्षपछि एमएडब्लू वृद्धि आफैंले निश्चित मूल्यमा किन्ने भएको छ । नेपालमा फोटनका उत्पादनको विश्वसनीयताको परीक्षण सन् २०१९ देखि हुँदै आएको छ । ती उत्पादनको प्रदर्शन सन्तोषजनक भएपछि एमएडब्लु वृद्धिले विशेष योजना ल्याएको छ ।

फोटन पिकअपको उच्च विश्वसनीयताले रिसेल बजारमा पनि यसको भ्यालु दमदार रहने कम्पनीले जनाएको छ । ‘हाम्रा उत्पादनमाथि हाम्रो विश्वासकै कारण हामीले हाम्रो ब्रान्डलाई अँगाल्न यो अभूतपूर्व योजना ल्याएका हौं । हामीलाई विश्वास छ, आउँदा वर्षहरूमा हाम्रो पिकअपको भ्यालु उच्च रहने छ । यसलाई विश्वस्त तुल्याउन हामीले बाई ब्याग स्किम ल्याएका हौं,’ एमएडब्लु वृद्धिका सेल्स हेड नविन आचार्यले भने ।

यससँग एमएडब्लु वृद्धिले एक्सचेन्ज बोनसका रूपमा ३ लाख रुपैयाँ, अनलिमिटेड फ्री रोडसाइड असिस्ट्यान्स र ५ वर्षसम्म विस्तार गर्न सकिने निःशुल्क सर्भिसिङको समेत घोषणा गरेको छ ।

‘२.८ लिटरको इनलाइन ४ सिलिन्डर, इलेक्ट्रिकल्ली कन्ट्रोल्ड हाई प्रेसर कम रेल सहितको टर्बोचार्ज र इन्टरकुल फोरवाइड र ५ स्पिड म्यानुअल ट्रान्समिसन इन्जिन भएको टुनल्यान्ड ईले ३६०० आरपीएममा ८५ किलोवाट र २४०० आरपीएममा २८० एनएम टर्क उत्पन्न गर्छ,’ कम्पनीले भनेको छ, ‘एक टन पेलोड क्यापासिटी भएको टुनल्यान्ड ईको कार्गो बक्सको आकार १.५२ मिटर बाई १.५८ मिटर बाई ०.४४ मिटर रहेको छ, जुन क्लासमै सर्वोत्कृष्ट हो ।’

फोटन चीनको नम्बर १ कमर्शियल भेहिकल ब्रान्ड हो, जसले सन् २०२० मा विश्वभर ६ लाख ८० हजार युनिट सेल्स हासिल गरेको थियो । जुन अघिल्लो वर्षको तुलनामा २६ प्रतिशत बढी हो । फोटनका उत्पादन विश्वका २७ वटा एसेम्बली प्लान्टमा उत्पादन भई ११० देशमा उपलब्ध छन् । हाल एमएडब्लु वृद्धिले नेपालमा फोटनका पिकअप र भ्यान बिक्रीवितरण गर्दै आएको छ ।


जगदम्बा मोटर्सले सार्वजनिक गर्यो ‘एनटर्क रेस एक्सपी ब्ल्याक’, नेपालमा पहिलोपटक १० पीएस पावर भएको १२५ सीसी स्कुटर

जगदम्बा मोटर्सले सार्वजनिक गर्यो ‘एनटर्क रेस एक्सपी ब्ल्याक’, नेपालमा पहिलोपटक १० पीएस पावर भएको १२५ सीसी स्कुटर

वि.सं.२०८१ चैत ५ मंगलवार १७:१३

काठमाडौं । जगदम्बा मोटर्स प्रा. लिले नेपाली बजारमा टीभीएस एनटर्क...

नाडा अटो शो २०२५ को रजिष्ट्रेशन खुला

नाडा अटो शो २०२५ को रजिष्ट्रेशन खुला

वि.सं.२०८१ फागुन २७ मंगलवार १२:२८

काठमाडौँ । नेपालका अटोमोवाइल उद्योगका प्रमुख मेला, नाडा अटो शो...

जनकपुरमा टाटाको ३ नयाँ गाडीहरु लन्च

जनकपुरमा टाटाको ३ नयाँ गाडीहरु लन्च

वि.सं.२०८१ फागुन २६ सोमवार १७:५४

जनकपुर । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बितरक सिप्रदी...

नेपाली बजारमा लन्च भयो विद्युतीय एमजी एस ५

नेपाली बजारमा लन्च भयो विद्युतीय एमजी एस ५

वि.सं.२०८१ फागुन २३ शुक्रवार ११:४१

काठमाडौं । एमजीको बहुप्रतिक्षित विद्युतीय एसयूभी एस ५ नेपाली बजारमा...

लहानमा बजाज ग्राण्ड एक्सचेन्ज मेला हुँदै

लहानमा बजाज ग्राण्ड एक्सचेन्ज मेला हुँदै

वि.सं.२०८१ फागुन २१ बुधवार १३:०८

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द...

एलएस अटोको “एलईभी ०१” क्रसओभर इलेक्ट्रिक एसयूभी सार्वजनिक

एलएस अटोको “एलईभी ०१” क्रसओभर इलेक्ट्रिक एसयूभी सार्वजनिक

वि.सं.२०८१ फागुन २० मंगलवार ११:५२

एलएस अटोको (एलईभी ०१)  क्रसओभर इलेक्ट्रिक एसयूभी सार्वजनिक