back
himalayan life

इकोविट विद्युतीय स्कुटर खरिद गर्न माछापुच्छ्रे बैंकले कर्जा दिने,एक्स्चेन्जको पनि सुविधा

काठमाडौं । ग्लोबल सेभेन प्रा. लि उत्तरढोकाले इटालियन ब्राण्ड इकोविट का विद्युतीय स्कुटरहरु नेपाली बजारमा ल्याएको छ ।

पहिलो पटक करिब ८ महिना अघि नेपाल भित्र्याईएका यी स्कुटरहरु निक्कै बलिया र आकर्षण छन् । सामान्यतयाः बजारमा विद्युतीय स्कुटर भन्नेवित्तिकै कमजोर पो छ कि भन्ने आम बुझाइलाई स्कुटरको गुणस्तरले परिवर्तन गर्नेमा विश्वस्त रहेकोछ ।

गुणस्तर र डिजाइनमा उत्कृष्ट हुँदाहुदै पनि ग्राहकहरुको चाहनालाई मध्येनजर गर्दै इकोविट ब्राण्डका विद्युतीय स्कुटर खरिद गर्दा माछापुछे« बैंक लिमिटेड द्वारा क्रेडिट कार्ड मार्फत कर्जा सुविधा उपलब्ध गराउृने सम्बन्धि सम्झौता गरिएको छ । सो सम्बन्धि सम्झौतामा माछापुच्छ्रे बैंकको केन्द्रिय कार्यालयमा बैंकका डिजिटल बैंकिङ्गका डेपुटी चीफ उज्ज्वल पाण्डे र इकोविट नेपालका प्रबन्ध निर्देशक हारुन खानका बीच सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

कर्जा सुविधा अनुसार इकोविट ब्राण्डका विद्युतीय स्कुटर खरिद गर्दा ग्राहकले आफ्नो आम्दानी खुल्ने कागजात उपलब्ध गराएको बढीमा ५ दिनभित्रमा स्कुटर लैजान पाउनेछन् ।

कर्जा सुविधा अनुसार ६ महिना देखि १८ महिनासम्मको सुविधा उपलब्ध गराइनेछ । जस अन्तर्गत ग्राहकले सो वापत व्याज तिर्नु पर्दैन । शुन्य प्रतिशतको व्याजदरमा उक्त कर्जा उपलब्ध गराइनेछ ।

हाल इकोविट विद्युतीय स्कुटर खरिदमा मनसुन अफर समेत सँचालनमा रहेको छ । साथै एक्स्चेन्जको सुविधा समेत उपलब्ध रहेको छ ।

स्कुटरको बारेमा,
पहिलो चरणमा इकोविट ब्राण्डका विभिन्न ४ मोडेलका स्कुटरहरु हामिले बजारमा उपलब्ध गराएका छौं ।

R3

३००० वाट क्षमताको हब मोटर जडित यो मोडेलमा ६० भोल्ट २६ एएचका डबल लिथिएम बेट्री प्याक उपलब्ध रहेको छ । जसलाई एकपटकको फुल चार्जमा करिब १३० किलोमिटरसम्म चलाउन सकिन्छ । यो स्कुटरको मुल्य डबल बेट्रीमा रु. ३,८०,००० राखिएको छ । जसलाई मनसुन अफर अन्तर्गत छुट गर्दा रु. ३,५९,००० मा उपलब्ध हुनेछ ।

R3 PRO

४००० वाट क्षमताको साइड मोटर जडित यो मोडेलमा ७२ भोल्ट ३२ एएचका डबल लिथिएम बेट्री प्याक उपलब्ध हुनेछ । जसलाई एकपटकको फुल चार्जमा करिब १८० किलोमिटरसम्म चलाउन सकिन्छ । यो स्कुटरको मुल्य डबल बेट्रीमा रु. ५,३०,००० तथा सिंगल बेट्रीमा रु. ४,३०,००० मुल्य राखिएको छ । जसलाई मनसुन अफर अन्तर्गत छुट गर्दा क्रमशः रु. ५,०९,००० र ४,०९,००० मा उपलब्ध हुनेछ ।

Vax

३००० वाट क्षमताको मोटर जडित यो मोडेलमा ७२ भोल्ट २० एएचका लिड एसिड बेट्री प्याक उपलब्ध हुनेछ । जसलाई एकपटकको फुल चार्जमा करिब ६० किलोमिटरसम्म चलाउन सकिन्छ । यो स्कुटरको मुल्य रु. २,०१,००० राखिएको छ । जसलाई मनसुन अफर अन्तर्गत छुट गर्दा रु. १,८०,००० मा उपलब्ध हुनेछ

E-retro star

२००० वाट क्षमताको मोटर जडित यो मोडेलमा ४८ भोल्ट २६ एएचका लिथिएम बेट्री प्याक उपलब्ध हुनेछ । जसलाई एकपटकको फुल चार्जमा करिब १०० किलोमिटरसम्म चलाउन सकिन्छ । यो स्कुटरको मुल्य डबल बेट्रीमा रु. ३,३४,००० र सिंगल बेट्रीमा रु. २,३५,००० मुल्य राखिएको छ । जसलाई मनसुन अफर अन्तर्गत छुट गर्दा क्रमशः रु. ३,१३,००० र २,१४,००० मा उपलब्ध हुनेछ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

ईभी आयात १८५ प्रतिशतले बढ्यो, डिजेल–पेट्रोलबाट चल्ने सवारी आयातमा भारी गिरावट

ईभी आयात १८५ प्रतिशतले बढ्यो, डिजेल–पेट्रोलबाट चल्ने सवारी आयातमा भारी गिरावट

वि.सं.२०८३ असार १० बुधवार १६:५८

वीरगन्ज । नेपाली बजारमा पछिल्लो समय विद्युतीय सवारीसाधन (इलेक्ट्रिक भेहिकल–ईभी)...

याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

वि.सं.२०८३ असार ८ सोमवार १९:१५

काठमाडौं । विश्वकै नम्बर १ इलेक्ट्रिक दुईपांग्रे ब्रान्ड याडेआले आफ्नो...

आईसीएयूआरको विद्युतीय एसयूभी ‘सुपर भी २३’ ले जित्यो रेड डट डिजाइन कन्सेप्ट २०२६ अवार्ड

आईसीएयूआरको विद्युतीय एसयूभी ‘सुपर भी २३’ ले जित्यो रेड डट डिजाइन कन्सेप्ट २०२६ अवार्ड

वि.सं.२०८३ असार ५ शुक्रवार १६:०६

काठमाडौं । आईसीएयूआरको विद्युतीय एसयूभी सुपर भी २३ ले विश्वप्रसिद्ध...

ईभी आयात प्रकरण : वैशाख–जेठमा उच्च आयात हुने पुरानै ट्रेन्ड, किन गरिँदैछ राजनीतिकरण ?

ईभी आयात प्रकरण : वैशाख–जेठमा उच्च आयात हुने पुरानै ट्रेन्ड, किन गरिँदैछ राजनीतिकरण ?

वि.सं.२०८३ असार ५ शुक्रवार १०:४६

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामि आर्थिक वर्ष (आव) २०८३/८४...

नेपालको नम्बर १ प्रिमियम इलेक्ट्रिक स्कुटर एथर अब वीरगञ्जमा, यस्ता छन् विशेष उद्घाटन अफर

नेपालको नम्बर १ प्रिमियम इलेक्ट्रिक स्कुटर एथर अब वीरगञ्जमा, यस्ता छन् विशेष उद्घाटन अफर

वि.सं.२०८३ असार ४ बिहीवार १७:०२

वीरगञ्ज । नेपालको अग्रणी प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड Ather Nepal...

हुन्डाईले ल्यायो वल्ड कप टु वल्ड कप अफर, ४ लाखसम्म छुट र बोनस

हुन्डाईले ल्यायो वल्ड कप टु वल्ड कप अफर, ४ लाखसम्म छुट र बोनस

वि.सं.२०८३ जेठ २५ सोमवार १४:४१

काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल...