back

एरोमा इलेक्ट्रिक स्कुटर बिक्री शुभारम्भ हुँदै, यस्तो छ विशेषता

काठमाडौं । विगत ५ बर्ष देखि विद्युतीय तीन पाँग्रे सवारीसाधन आयात गरी त्यसको बिक्री तथा बिक्री पछिको सेवा दिँदै आइरहेको आरोग्य मोटर्सले विद्युतीय दुइ पाँग्रे सवारीसाधनको बिक्री शुभारम्भ गर्न लागेको बताएको छ ।

वातावरणीय प्रभावको सँगसँगै प्रविधिमा भएको आमुल विकासले विश्व बजार नै विद्युतीय सवारीसाधनको उत्पादन तथा प्रयोगमा अघि बढिरहेको परिप्रेक्षमा यो कदम चालिएको कम्पनीको भनाइ छ ।

चीनबाट पार्ट्स ल्याई नेपालमा नै एसेम्बल गरेर नेपाली ब्राण्ड (एरोमा) को नाममा तीन पाँग्रे सवारीसाधन बिक्री गर्दै आइरहेकोमा हाल दुई पाँग्रे सवारीसाधन पनि एरोमा नै ब्राण्ड नेम राखेर आयात तथा बिक्री वितरणको व्यवस्था मिलाइएको कम्पनीको भनाइ छ ।

हालसम्म काठमाडौं, दाङ्ग, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न शहर तथा बजारमा डिलर तथा शाखा कार्यालयहरु रहेका छन् भने अन्य शहरमा नयाँ डिलर नियुक्तिको प्रकृया अघि बढाइएको छ । आगामी महिना भरीमा काठमाण्डौं उपत्यका लगायत नेपालका सातैवटा प्रदेशमा डिलरहरु विस्तारको तयारी भइरहेको कम्पनीको भनाइ छ ।

पहिलो चरणमा एरोमा स्कुटरका विभिन्न ३ मोडेल र ५ रङ्गहरुमा बजारमा उपलब्ध हुनेछन् । ३००० वाट क्षमताको मोटर जडित ती स्कुटरहरुमा ७२ भोल्टका ५० तथा ६० एएच लिथियम ब्याट्री प्याक उपलब्ध हुनेछन् । ५० एएच ब्याट्री प्याक भएका स्कुटरको मुल्य २ लाख ५८ हजार र ६० एएच ब्याट्री प्याक भएको स्कुटरको मुल्य २ लाख ७२ हजार रुपैयाँ राखिएको छ । यसै महिनाको १२ गते देखि ती स्कुटरहरु ग्राहकलाई क्रमशः वितरण गर्ने गरी तयारी गरिएको कम्पनीको भनाइ छ ।

२ घण्टा भन्दा कम समयमा फुल चार्ज गर्न सकिने डेडिकेटेड चार्जर यसमा उपलब्ध हुनेछ । एक पटकको फुल चार्जमा करिब १५० किलोमिटर सम्मको रेन्ज दिने भएकाले पनि धेरैको रोजाईमा एरोमा स्कुटर पर्नेमा कम्पनी विश्वस्त भएको बताइएको छ ।

१६० एमएम ग्राउण्ड क्लियरेन्स भएकाले कच्ची तथा पक्की दुबै खालको बाटोमा एरोमा स्कुटर चलाउन सहज हुनेछ । यसमा अगाडि र पछाडिका दुबै पाँग्रामा डिस्क ब्रेक प्रयोग गरिएको हुनेछ । हाम्रो आफ्नै ब्राण्ड भएकाले पनि भविष्यमा नेपाली माटो र आवश्यकता सुहाँउदा अन्य मोडेलहरु ल्याई नेपाली बजारमा विक्री वितरण गर्ने प्रयास हुने बताइएको छ ।

दशैतिहार तथा छठ पर्वको अवसरमा लक्की ड्र मार्फत १० जना ग्राहकलाई गोसाईकुण्डको हेलि टुरको फेस्टिवल स्किम राखिएको समेत राखिएको बताइएको छ ।

देशका प्रमुख शहरहरुमा डिलर लिन इच्छुक व्यवसायीहरुलाई समेत कम्पनीसँग जोडिन आह्वान गरिएको छ ।

 

nactional life
Corporatebazar 11 Anniversary

यातायात व्यवसायीद्वारा ६० प्रतिशत कर छुट निरन्तरताको माग

यातायात व्यवसायीद्वारा ६० प्रतिशत कर छुट निरन्तरताको माग

वि.सं.२०८३ वैशाख १० बिहीवार ०९:१७

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यातायात क्षेत्रलाई दिइँदै...

ईभी ब्याट्री व्यवस्थापन: नेपालका लागि वातावरणीय चुनौती कि आर्थिक अवसर?

ईभी ब्याट्री व्यवस्थापन: नेपालका लागि वातावरणीय चुनौती कि आर्थिक अवसर?

वि.सं.२०८३ वैशाख ९ बुधवार १६:१८

काठमाडौँ । विश्व इतिहासमा स्टिम इन्जिन र कम्बस्चन इन्जिनले शक्ति...

डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड, सुरक्षित र व्यवस्थित राइड–सेवा सुनिश्चित गर्ने लक्ष्य

डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड, सुरक्षित र व्यवस्थित राइड–सेवा सुनिश्चित गर्ने लक्ष्य

वि.सं.२०८३ वैशाख ८ मंगलवार २२:०८

काठमाडौं । सरकारले डिजिटल प्लेटफर्ममार्फत सञ्चालन हुने राइड सेयरिङ र...

साझा यातायातले काठमाडौं उपत्यकामा आजदेखि रात्रिकालीन बससेवा सञ्चालन गर्दै

साझा यातायातले काठमाडौं उपत्यकामा आजदेखि रात्रिकालीन बससेवा सञ्चालन गर्दै

वि.सं.२०८३ वैशाख १ मंगलवार २१:४६

काठमाडौं । साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन बससेवा सञ्चालन गर्ने...

आगामी अप्रिलदेखि टाटा मोटर्सका कार र एसयूभीको मूल्य बढ्ने

आगामी अप्रिलदेखि टाटा मोटर्सका कार र एसयूभीको मूल्य बढ्ने

वि.सं.२०८२ चैत ७ शनिवार १९:४९

काठमाडौं । भारतको अग्रणी सवारी साधन निर्माता कम्पनी टाटा मोटर्स...

१९औँ टोयोटा ड्रिम कार आर्ट कन्टेष्टका विजेताहरूको घोषणा

१९औँ टोयोटा ड्रिम कार आर्ट कन्टेष्टका विजेताहरूको घोषणा

वि.सं.२०८२ चैत ६ शुक्रवार १६:०७

काठमाडौं – युनाईटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि. (अधिकृत वितरक, टोयोटा) ले...