back
skip this Samagra

नाडाले गर्यो कर, भन्सार तथा भिसिटिएस सम्बन्धी प्रशिक्षण

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल र मोरङ अटोमोवाइल्स डिलर्स एशोसिएसन प्रदेश नं. १, विराटनगरको संयुक्त कर, भन्सार तथा भिसिटिएस सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रबार विराटनगरमा एक दिने कर, भन्सार तथा भेइकल कन्साइनमेन्ट एन्ड ट्राकिङ सिस्टम (भिसिटिएस) सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रमको नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालका अध्यक्ष ध्रुव बहादुर थापाले उद्घाटन गरेका थिए । सो अवसरमा अध्यक्ष थापाले हाल सवारी साधन आयात गर्न बन्देजले व्यवसाय धारासायी अवस्थामा रहेको बताए । विगतका वर्षदेखी गर्दै आएको नाडा अटो सो यस वर्ष ईभी नाडा अटो एक्स्पो असोज ६ गतेदेखि आयोजना हुने समेत जानकारी गराए ।

कार्यक्रममा एशोसिएशनका अध्यक्ष संजय कुमार श्रेष्ठले व्यवसायीक एकताले नै हरेक संस्था बलियो हुने र व्यवसायीक एकता विना कुनेै क्षेत्र सम्भव नहुने साथै अटोमोवाइल व्यवसायीहरुले भोग्नु परिरहेका विविध समस्यालाई दृष्टिगतगरी यस किसिमको प्रशिक्षण कार्यक्रम आयोजना गरिएको बताए ।

साथै, अध्यक्ष श्रेष्ठले एशोसिएशनले यस किसिमका विभिन्न व्यवसायिक क्षेत्रलाई टेवा पु¥याउने किसिमका तालिम गर्दै आइरहेको र भविष्यमा पनि यस किसिमका कार्यलाई निरन्तरता दिदै जाने बताए ।

यसैगरी कर, भन्सार तथा भेइकल कन्साइनमेन्ट एन्ड ट्राकिङ सिस्टम (भिसिटिएस) सम्बन्धी विषयमा जानेर वा नजानेर कति व्यवसायीहरुले करमा देखिने समस्या, भन्सार क्षेत्रको विद्यमान व्यवस्था र व्यवसायीहरुले भन्सारमा अपनाउनु पर्ने विषयवस्तु र भिसिटिएसले व्यवसायमा कसरी सहयोग पु¥याउने छ भन्ने प्रशिक्षण कार्यक्रमबाट सम्पूर्ण सदस्य प्रतिष्ठानहरु लाभान्वित हुने बताए ।

उक्त प्रशिक्षण कार्यक्रममा मोरङ अटोमोवाइल्स डिलर्स एशोसिएशनमा आवद्ध विभिन्न फर्म कम्पनीका तर्फबाट सहभागि ८० जना प्रशिक्षार्थीहरुलाई इटहरी राजस्व अनुसन्धान कार्यालयका प्रमुख तिर्थराज खनाल, आन्तरिक राजस्व कार्यालयका अधिकृत वनोद पोखरेल र अधिकृत रमेश ओझा त्यसैगरी भन्सार कार्यालय रानीका अधिकृत अरुण पौडेल र अधिकृत अमित तिवारी तथा चाटर्ड एकाउन्टेन्ट साहिल अग्रवालले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा नाडाका उपाध्यक्ष तथा एशोसिएशनका निवर्तमान अध्यक्ष सुभाष आचार्य महासचिव सुरेन्द्र उप्रेती, एशोसिएशनका पूर्व अध्यक्ष तोया खनाल र संचारकमीहरुको उपस्थिति रहेको थियो ।


जेसीबी इन्डियाले एक्साभेटरमा ५ वर्ष वारेन्टी दिने, ल्यायो नयाँ योजना

जेसीबी इन्डियाले एक्साभेटरमा ५ वर्ष वारेन्टी दिने, ल्यायो नयाँ योजना

वि.सं.२०८१ वैशाख ५ बुधवार ०९:५५

काठमाडौं । निर्माण उपकरण उत्पादनमा विश्वबजारको ब्राण्ड जेसीबी इन्डियाले एक्साभेटरहरूको...

सेगवेको नयाँ वर्ष विशेष अफर : नगद छुट र लक्जरी गेटवे

सेगवेको नयाँ वर्ष विशेष अफर : नगद छुट र लक्जरी गेटवे

वि.सं.२०८० चैत १९ सोमवार १०:१७

काठमाडौं । सेगवे–नाइनबोटकोे नेपालका लागि आधिकारिक वितरक आईहब प्रा.लि.ले आउँदो...

चांगनको डीपल एस०७ नेपाली बजारमा सार्वजनिक, के-के छन् फिचर्स ?

चांगनको डीपल एस०७ नेपाली बजारमा सार्वजनिक, के-के छन् फिचर्स ?

वि.सं.२०८० चैत १९ सोमवार ०९:४७

काठमाडौं । नेपालका लागि चांगानको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि अटोकर्प...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १६ शुक्रवार १०:०७

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

सुजुकीले ल्यायो ‘नयाँ बर्ष २०८१ क्यास पाउँ एक्कासी’ योजना, के-के छन् सुविधा ?

सुजुकीले ल्यायो ‘नयाँ बर्ष २०८१ क्यास पाउँ एक्कासी’ योजना, के-के छन् सुविधा ?

वि.सं.२०८० चैत १५ बिहीवार ११:२०

काठमाडौं । सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालको लागि आधिकारिक आयतकर्ता...

आधुनिक फिचर सहित नेपाली बजारमा यारिस क्रस हाइब्रिड सार्वजनिक

आधुनिक फिचर सहित नेपाली बजारमा यारिस क्रस हाइब्रिड सार्वजनिक

वि.सं.२०८० माघ २७ शनिवार ०८:४३

काठमाडौं । नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स...