back

मौसमी तरकारीको मूल्य नै ४०० प्रतिशत सम्मले वृद्धि, थोकदेखि खुद्रा बजारमा पुग्दा अस्वभाविक मूल्य अन्तर कसरी ?

थोक बजारदेखि खुद्रासम्म पुग्दा अस्वभाविक मूल्य अन्तर

काठमाडौं । मौसमी समयअनुसार घट्नुपर्ने गोलभेँडा, काउली, मटरकोसा र हरियो सागपात लगायतका अधिकांश मौसमी तरकारीको मूल्य यस वर्ष भने अपेक्षाकृत उच्च नै रहेको छ । अघिल्लो वर्षको यही समयमा निकै सस्तोमा पाइने यी तरकारीहरुको मूल्य यतिबेला छोइनसक्नु तरिएकाले आकाशिएको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्य सुचीअनुसार आज बिहिवार भारतीय सानो गोलभेंडा औसत थोक मूल्य प्रतिकिलो ७९ रुपैयाँ छ । यो मूल्य गतवर्षको आजकै दिनको तुलनामा १६३.३३ प्रतिशतले धेरै हो । गतवर्षको माघ १ गते भारतीय सानो गोलभेंडा औसत थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ मात्र थियो ।

तराईको सानो गोलभेंडा मूल्य गतवर्ष आजकै दिन प्रतिकिलो ३० रुपैयाँ रहेकोमा यसवर्ष १८७.५० प्रतिशतले वृद्धि भएर ८६.२५ रुपैयाँ पुगेको छ । यस अवधिमा स्थानिय काउलीको मूल्य ३८१.२५ प्रतिशतले वृद्धि हुँदै प्रतिकिलो ९६.२५ रुपैयाँ पुगेको छ । गतवर्ष आजकै दिन स्थानीय काउलीको मूल्य प्रतिकिलो २० रुपैयाँ रहेको थियो ।

यस्तै, तराईको काउलीको मूल्य पनि करीब ४०० प्रतिशतले वृद्धि भएको छ । गतवर्षको माघ १ गते १७.६७ रुपैयाँ औसत थोक मूल्य रहेको तराईको काउली यतिखेर बढेर ८८ रुपैयाँ किलो पुगेको कालीमाटीको दैनिक मूल्य सुचिले देखाएको छ । यो एकवर्षमो रायोको सागको मूल्य दोब्बरले वृद्धि हुँदै १५ रुपैयाँ किलोबाट ३२ रुपैयाँ किलो पुगेको पाइएको छ ।

त्यसैगरी, यस अवधिमा स्कूसको मूल्य पनि करीब १४३ प्रतिशतले बढेको छ । गतवर्ष आजको दिन प्रतिकिलो ३५ रुपैयाँ रहेको स्कुसको मूल्य आज ८५ रुपैयाँ किलो छ । यसबिचमा अधिकांश जसो तरकारीको मूल्य बढेको पाइएको छ ।

समितीका सूचना अधिकारी विनय श्रेष्ठले यतिबेला तरकारीको आपुर्ति घटेकाले मूल्य आकाशिएको बताए । उनका अनुसार सामान्य अवस्थामा कालीमाटी बजारमा दैनिक ६०–७० मेट्रिक टन गोलभेँडा भित्रिने गरेकामा हाल ३५–४० मेट्रिक टन मात्रै आइरहेको छ । तर गोलभेँडा दैनिक उपभोगको प्रमुख तरकारी भएकाले माग भने यथावत् छ । माग उच्च र आपूर्ति कमजोर हुँदा मूल्य घट्न नसकेको उनले बताए ।

‘यस वर्ष वर्षातको प्रत्यक्ष असर तरकारी उत्पादनमा परेको छ । अहिले बजारमा आउने गोलभेँडा साउन–भदौमा रोपिएको हो,’ उनले भने । ‘उक्त समयमा अत्यधिक वर्षाहुँदा धेरै ठाउँमा बाली डुबानमा प¥यो र बिरुवाहरु नष्ट भए, जसको प्रभाव अहिले मूल्यमा देखिएको छ ।’

साथै, तराईका जिल्लाहरू—विशेषगरी सर्लाही लगायतबाट आउने उत्पादन पनि अपेक्षाकृत कम भएको र थप रूपमा शीतलहरका कारण गोलभेँडा र काउली समयमै पाक्न नसक्दा बजारमा पर्याप्त आपूर्ति हुन नसकेको उनले जानकारी गराए । गत वर्ष कम मूल्य पाएको अनुभवका कारण कतिपय किसानले यस वर्ष उत्पादन घटाएको हुन सक्ने पनि श्रेष्ठले बताए ।

यद्यपि, आलु लगायतका केही तरकारीको मूल्य भने घटिसकेको छ । सूचना अधिकारी श्रेष्ठले उपभोक्तालाई महँगो भएका तरकारीको सट्टा सस्ता विकल्पतर्फ उपभोग परिवर्तन गर्न सुझाव दिएका छन् । यसो गर्न सके बढेको मूल्यलाई केही हदसम्म न्यूनिकरण गर्न सकिने उनको भनाइ छ।

थोक बजारदेखि खुद्रासम्म पुग्दा अस्वभाविक मूल्य अन्तर
थोक बजार र खुद्रा बजारमा तरकारी तथा फलफूलको मूल्यमा अत्याधिक अन्तर देखिएको पाइएको छ । थोक बजारमा १०० रुपैयाँ किलोमा पाइने तरकारी खुद्रा बजारमा पुग्दासम्म दोब्बर तेब्बरले महंगीने गरेको यर्थाथ रहेको श्रेष्ठ बताएका छन् ।

तर थोकदेखि खुद्रासम्म पुग्दा अत्यधिक मूल्य अन्तर देखिनु भने अस्वाभाविक भएको श्रेष्ठले बताए । विभिन्न तहमा ढुवानी, छाँटाइ, प्याकेजिङ र क्षतिको लागत जोडिए पनि दोब्बरभन्दा बढी मूल्य वृद्धि हुनु जायज नभएको उनको भनाइ छ । काला बजारी तथा नाफाखोरी नियन्त्रण ऐनअनुसार अत्यधिक नाफा लिन नपाइने व्यवस्था भएपनि व्यवहारमा त्यसको प्रभावकारी कार्यान्वयन चुनौतीपूर्ण रहेको उनले स्वीकारे ।

समितिले आफ्ना करिब ६ सय व्यवसायीलाई खरिद–बिक्रीको अभिलेख राख्न, कानुनको पालना गर्न र अनुचित नाफाखोरी नगर्न सचेत गराउँदै आएको जनाएको छ । सम्बन्धित निकायबाट अनुगमन र कारबाही पनि हुँदै आएको भएपनि असामान्य अवस्थामा अझ सक्रिय निगरानी आवश्यक रहेको श्रेष्ठको भनाइ छ ।

समग्रमा, वर्षात् र शीतलहरका कारण उत्पादन घट्नु, आपूर्ति कमजोर हुनु र केही हदसम्म बजार प्रवृत्तिका कारण गोलभेँडा र काउलीजस्ता मौसमी तरकारीको मूल्य यस वर्ष घट्न नसकेको यथार्थ देखिएको उनको भनाई छ ।

मूल्य निर्धारण समितिले गर्दैन, व्यवसायीले नै गर्छन
कालीमाटीमा भित्रिने तरकारीको मूल्य निर्धारणमा समितीको भुमिका हुन्छ भन्ने उपभोक्ताको आंकलन हुने भएपनि समितिले मूल्य निर्धारण नगरी बजारमा भएको वास्तविक कारोबारको तथ्यांक मात्रै संकलन र सार्वजनिक गर्ने श्रष्ेठले बताए ।

उनका अनुसार कालीमाटी बजारमा बिहान ३ बजेदेखि ८–९ बजेसम्म मुख्य कारोबार हुने भएकाले सोही समयको न्यूनतम, अधिकतम र औसत थोक मूल्य संकलन गरी दैनिक बुलेटिनमार्फत सार्वजनिक गरिन्छ । यी मूल्यहरू प्रायः बोरा वा क्रेटजस्ता थोक परिमाणका आधारमा हुने भएकाले खुद्रा बजारमा फरक देखिनु पनि एक हद सम्म स्वाभाविक छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बचत फिर्ता नपाएपछि सहकारी पीडितहरु सडकमा ; ‘जीवनभरको कमाइ डुब्यो, घर न घाटको बनाए’ 

बचत फिर्ता नपाएपछि सहकारी पीडितहरु सडकमा ; ‘जीवनभरको कमाइ डुब्यो, घर न घाटको बनाए’ 

वि.सं.२०८३ साउन ११ सोमवार १४:५७

काठमाडौं । लामो समयदेखि बचत गरेको रकम फिर्ता नपाएपछि सहकारी...

कलकत्तामा ३० हजार मेट्रिक टन युरिया बोकेको तेस्रो जहाज आइपुग्यो

कलकत्तामा ३० हजार मेट्रिक टन युरिया बोकेको तेस्रो जहाज आइपुग्यो

वि.सं.२०८३ साउन ६ बुधवार १०:१७

काठमाडौं । भारतको कलकत्ता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया...

समस्याग्रस्त पाँच सहकारीका बचतकर्ताको बचत फिर्ता सुरु, पहिलो चरणमा ४२ जनाले पाए रकम

समस्याग्रस्त पाँच सहकारीका बचतकर्ताको बचत फिर्ता सुरु, पहिलो चरणमा ४२ जनाले पाए रकम

वि.सं.२०८३ असार ३० मंगलवार १७:३२

काठमाडौं । बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषणा भएका पाँच वटा...

कृषि आधुनिकीकरण कार्यक्रमबाट १६ लाख ७८ हजार घरधुरी लाभान्वित : निर्देशक श्रेष्ठ

कृषि आधुनिकीकरण कार्यक्रमबाट १६ लाख ७८ हजार घरधुरी लाभान्वित : निर्देशक श्रेष्ठ

वि.सं.२०८३ असार २५ बिहीवार १२:३७

काठमाडौं । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट १० वर्षको अवधिमा १६...

कामधेनु सहकारीको नयाँ नीति : किसानलाई पशु कार्ड, बोनसदेखि सहुलियत कर्जासम्म

कामधेनु सहकारीको नयाँ नीति : किसानलाई पशु कार्ड, बोनसदेखि सहुलियत कर्जासम्म

वि.सं.२०८३ असार २२ सोमवार १०:३४

विराटनगर । दुग्ध उत्पादन वृद्धि, किसानको उत्पादन लागत घटाउने र...

देशभर २४.९ प्रतिशत धान रोपाइँ, पर्याप्त वर्षा नहुँदा समस्या

देशभर २४.९ प्रतिशत धान रोपाइँ, पर्याप्त वर्षा नहुँदा समस्या

वि.सं.२०८३ असार २१ आइतवार १५:०५

काठमाडौं । देशभर चालु आर्थिक वर्ष २०८३/८४ को धान रोपाइँ...