back
himalayan life

सहकारी ठगी प्रकरणमा रवि लामिछाने निर्दोष छन् ,मैले क्लीन चिट दिएको छैन : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछाने निर्दोष नै रहेको दाबी गरेका छन्। आइतबार चितवनको भरतपुर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले सहकारी छानविन प्रतिवेदनले नै लामिछानेलाई दोषी नदेखाएको दाबी गरेका हुन्।

लामिछाने जोडिएको गोरखा मिडिया नेटवर्कसम्बन्धी केही विषयमा भने सरकारले अनुसन्धान गर्न सक्ने उनको भनाई छ। प्रचण्डले आफूले भनेर लामिछानेलाई पक्राउ गर्ने वा नगर्ने भन्ने नहुने जिकिर गरे।

उनले सहकारी ठगी प्रकरणमा दोषीलाई कारबाही गर्न कसैले नरोकेको धारणा राखे। आफू प्रधानमन्त्री हुँदा लामिछानेलाई गलत ढंगले क्लीन चिट दिने काम नगरेको र प्रहरीबाट पाएको आधिकारिक जानकारीपछि सदनबाट लामिछाने निर्दोष रहेको धारणा राखेको उनको भनाई छ।

त्यस्तै प्रचण्डले अहिले जनताको बीचमा जाने राम्रो आधार बनेकाले अब एक्लै चुनाव लडेर जित्ने दाबी गरे। उनले सरकारको तयारी राम्रो नभएकाले प्राकृतिक प्रकोपबाट धेरै धनजनको क्षति भएको उल्लेख गरे। आफूहरू बाढीपहिरो पीडितको समस्या बुझ्न जाँदा सरकार नै नभएको अनुभूति जनताले गरेको उनको भनाइ छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

कृषि उत्पादन गर्ने कोशी प्रदेश कर्जा विहीन, सहर केन्द्रित बागमतीमा कर्जाको बाढी

कृषि उत्पादन गर्ने कोशी प्रदेश कर्जा विहीन, सहर केन्द्रित बागमतीमा कर्जाको बाढी

वि.सं.२०८३ असार ५ शुक्रवार १०:५५

काठमाडौं । कृषिप्रधान मुलुकको रुपमा रहेको नेपालमा वास्तविक उत्पादन क्षेत्र...

तराईमा धान उत्पादन बढाउन नेपाललाई करिब २ अर्ब रुपैयाँ अनुदान

तराईमा धान उत्पादन बढाउन नेपाललाई करिब २ अर्ब रुपैयाँ अनुदान

वि.सं.२०८३ असार ५ शुक्रवार १०:५०

काठमाडौं । नेपालको तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन तथा...

नियमविपरीत चल्ने कोशी प्रदेशका १० सहकारी खारेज हुँदै, १५ दिने स्पष्टीकरण माग

नियमविपरीत चल्ने कोशी प्रदेशका १० सहकारी खारेज हुँदै, १५ दिने स्पष्टीकरण माग

वि.सं.२०८३ असार ३ बुधवार १०:०१

काठमाडौं । कोशी प्रदेश सरकार, उद्योग, कृषि तथा सहकारी मन्त्रालय...

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

वि.सं.२०८३ असार १ सोमवार १८:०५

जनकपुरधाम । मधेश प्रदेश सरकारले सहकारी क्षेत्रमा बढ्दै गएका विकृति,...

सहकारी क्षेत्रको प्रवद्र्धनमा सरकार सहयोगी, हस्तक्षेपकारी होइन : सचिव भुजेल

सहकारी क्षेत्रको प्रवद्र्धनमा सरकार सहयोगी, हस्तक्षेपकारी होइन : सचिव भुजेल

वि.सं.२०८३ जेठ २७ बुधवार १६:१४

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव...

समस्याग्रस्त सहकारीका सञ्चालकहरूको नामावली सार्वजनिक

समस्याग्रस्त सहकारीका सञ्चालकहरूको नामावली सार्वजनिक

वि.सं.२०८३ जेठ २० बुधवार १०:२९

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषणा गरिएका...